सात वर्षीय तेगबीरले राखे कान्छो पदयात्रीको कीर्तिमान
१४ वैशाख २०८३
•
६ मिनेट पाठ
सात वर्षीय तेगबीरले राखे कान्छो पदयात्रीको कीर्तिमान
‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति खोज्छ’ यही उक्तिलाई सात वर्षीय भारतीय बालक तेगबीर सिंहले चरितार्थ गरिदिएका छन्।




विश्वकै चुनौतीपूर्ण र सुन्दर पदमार्गमध्येको एक मानिने अन्नपूर्ण सर्किटअन्तर्गत पाँच हजार ४१६ मिटर उचाइको थोरङ्लापास सफलतापूर्वक पार गर्दै उनले विश्वकै सबैभन्दा कान्छो पदयात्रीको कीर्तिमान कायम राखेका हुन्।

भारतको पञ्जाबस्थित रोपडका तेगबीरले सात वर्ष छ महिनाको उमेरमा यो ऐतिहासिक उपलब्धि हासिल गरे। यसअघि यो कीर्तिमान दुबईका इभान क्रुस्कोभका नाममा थियो, जसले सात वर्ष १० महिनाको उमेरमा यो उचाइ पार गरेका थिए।  

आफ्नो बुबाका साथ अप्रिल ११ मा सुरु भएको तेगबीरको यात्रा अप्रिल १८ को बिहान ९ः२५ बजे थोरङ्ला पासको चुचुरोमा पुगेर टुङ्गियो। करिब २३० किलोमिटर लामो यो पदयात्रा सहज थिएन। माइनस १३ डिग्री सेल्सियससम्मको कठ्याङ्ग्रिदो चिसो, अपर्याप्त अक्सिजन र चुनौतीपूर्ण भौगोलिक अवस्थालाई उनको इच्छाशक्ति र साहसले सजिलै छिचोल्न सफल भयो।  

यति सानो उमेरका तेगबीरलाई न त हाइअल्टिच्युड (लेक लाग्ने) समस्या भयो, न त उनी कतै थाके। पदयात्रा सकेर पोखरा फर्किएका उनी लेकसाइडको एक होटलमा भेटिँदा  निकै प्रफुल्ल मुद्रामा देखिए। टेबुलमा बसेर कागजको जहाज बनाउँदै खेलिरहेका उनी आफ्नो उचाइप्रतिको मोहलाई निर्दोष ढङ्गले व्यक्त गरिरहेका थिए। ‘मलाई नेपालमा यात्रा गर्दा निकै रमाइलो लाग्यो, मलाई हिमाल पहाड निकै मन पर्छ,’ उनले उत्साहित हुँदै भने, ‘मलाई यहाँको दालभात र गार्लिक सुप धेरै मनपर्यो।’ यो यात्राले मेरो आत्मविश्वास अझ बढाएको छ, तेगबीरले आफ्नो अनुभव सुनाए।  

पदयात्राका ‘ट्रेकिङ गाइड’ दलबहादुर गुरुङ (दुले) ले यात्राका क्रममा बालक तेगबीरको जिज्ञासु स्वभाव र थकान महसुस नगरी निरन्तर हिँडिरहने क्षमताको खुलेर प्रशंसा गरे। ‘मेरो दशक लामो ट्रेकिङ अनुभवमा तेगबीर जस्तो सानो उमेरको बालकलाई पहिलोपटक गाइड गर्दै थिएँ। सुरुमा यति सानो बालक कसरी हिँड्ला भन्ने लागेको थियो तर यात्रा सुरु भएपछि ऊ निकै साहसी, जिज्ञासु र रमाइलो स्वभावको देखियो,’ गुरुङले भने।

उनका अनुसार, यात्राभर तेगबीरले देखेको प्रत्येक पहाड र हिमालतर्फ औँल्याउँदै त्यहाँ पुग्न कति दिन लाग्छ ? त्यो ठाउँ कस्तो छ ? भनेर जिज्ञासा राख्ने गर्दथे।  थकाइ लाग्यो कि भनेर सोध्दा ऊर्जाका साथ लागेको छैन भन्दै जवाफ दिन्थे। गुरुङले उनमा देखिएको उत्साह, सहनशीलता, प्रकृतिप्रतिको प्रेम र अनुशासन आफूलाई अत्यन्त मन परेको बताए।  

यात्रामा सँगै रहेका भरिया यम गुरुङले पनि तेगबीरको चञ्चल स्वभाव, प्रकृतिप्रेम र निरन्तर हिँड्न सक्ने क्षमताको प्रशंसा गर्दै भने,‘उसको ऊर्जा र सकारात्मक सोचले यात्रालाई अझ सहज र रमाइलो बनायो। हामीलाई सात वर्षको बालकसँग यात्रा गरेका छौँ भन्ने आभास उसले दिएनन्, कत्ति थाकेनन्, रमाइलो कुराकानी गर्दै अघि बढ्यौँ।’

उनका बुबा सुखिन्दरदिप सिंहका अनुसार छोराको यो सफलताको पछाडि कडा अनुशासन, नियमित शारीरिक व्यायाम र सन्तुलित आहारको ठूलो भूमिका छ। सुखिन्दर दिप हाल मेडिकल एडमिनिस्ट्रेटिभ क्षेत्रमा कार्यरत छन् भने आमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्।  

तेगबीरको यो पहिलो साहसिक यात्रा भने होइन। यसअघि नै उनले अफ्रिकाको माउन्ट किलिमन्जारो र युरोपको माउन्ट एल्ब्रसको सफल आरोहण गरिसकेका छन्। सानै उमेरदेखि विश्वका चर्चित हिमाली गन्तव्यहरूमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएका उनले सन् २०२४ मा पाँच वर्षको उमेरमा उनले करिब १० दिनको ट्रेक पूरा गर्दै पाँच हजार ३६४ मिटर उचाइमा रहेको ‘एभरेष्ट बेस क्याम्प’ पुगेका थिए।  

सोही वर्ष उनले अफ्रिकाको सबैभन्दा अग्लो शिखर ‘माउन्ट किलिमन्जारो’ पनि आरोहण गर्दै एसियाकै कान्छो आरोहीमध्ये एक बन्न सफल भए।  त्यसपछि छ वर्ष सात महिनाको उमेरमा उनले युरोपको ‘माउन्ट एल्ब्रस’ चढे भने सात वर्ष छ महिनामा नेपालकै चर्चित अन्नपूर्ण राउन्डअन्तर्गत पर्ने पाँच हजार ४१६ मिटर उचाइको थोरङलापास पार गर्दै संसारकै सबैभन्दा कान्छोमध्ये एकको कीर्तिमान कायम गरे।  

सन् २०१८ सेप्टेम्बर २४ मा जन्मिएका तेगबीरले सानो उमेरमै अन्तर्राष्ट्रिय स्तरको उदीयमान पर्वतारोही, पदयात्रीका रूपमा स्थापित गर्न सफल भए। ‘हामीले उसलाई कहिल्यै रेकर्डका लागि दबाब दिएनौँ,’ पिता सिंह भन्छन्, ‘केही कुरा रेकर्डभन्दा पहिला आफ्नो रुचि र आत्मविश्वाससँग जोडिन्छ। उसले आफ्नो रुचिलाई साहस र सफलतामा बदल्यो, यसैमा हामी खुसी छौँ,’ उनी भन्छन्, ‘आत्मविश्वास भए असम्भव भन्ने केही रहेनछ भन्ने पुष्टि तेगबीरले गरेको छ।’

नेपालको प्राकृतिक सुन्दरता र यहाँको आतिथ्यताले पनि निकै प्रभावित पारेको उनको भनाइ छ। ‘नेपाल थोरै खर्चमा अद्भुत आनन्द लिन सकिने ठाउँ रहेछ,’ तेगबीरका बुबाले अनुभव सुनाए।  

‘समुद्र सतहदेखि विश्वको अग्लो हिमालसम्मको दृश्यलाई छोटो समयमै कैद गर्न सकिने सुन्दरता विश्वमा सायदै पाइन्छ।’ उनले यात्राका क्रममा  नेपालीको सहयोगी भावनाको पनि खुलेर प्रशंसा गरे, ‘मेरो छोराले निकै ढिलो खाना खान्छ तर होटलका मानिसहरूले पटक–पटक खाना तताएर मुस्कुराउँदै ल्याएर दिन्थे। हामीले तिरेको पैसाभन्दा उनीहरूको सेवा र व्यवहार धेरै माथि पायौँ।’

कक्षा ३ मा अध्ययनरत तेगबीरको हिमाल पदयात्रामा देखाएको उत्साह र क्षमता हेर्दा भविष्यमा अझ ठूला साहसिक यात्रातर्फ अघि बढ्ने बुबा बताउछन्। नेपालमा नेपाल सरकारले १६ वर्षमुनिका बालबालिकालाई पर्वतारोहण अनुमति नदिने व्यवस्था भएका कारण उसले १६ वर्ष नपुग्दासम्म सगरमाथा जस्ता हिमाल मात्र होइन, कुनै पनि शिखर आरोहण गर्नबाट उनी वञ्चित हुने भन्दै अरू देशमा विकल्प खोज्न बाध्य बनाएको बताए।

उमेर सीमामा केही लचकता अपनाउनुपर्ने सुझाव उनको छ।  ‘यदि कुनै बालबालिकासँग राम्रो ट्र्याक रेकर्ड र अनुभव छ भने अभिभावकको जिम्मेवारीमा जोखिम स्वीकृतिसहित आरोहण अनुमति दिनुपर्छ,’ सिंहले भने, ‘कम्तीमा छ हजार मिटरसम्मका गैरप्राविधिक हिमालहरूमा यस्तो व्यवस्था लागू भए, बालबालिकाले सानै उमेरदेखि आफ्नो सपना पछ्याउने अवसर पाउने थिए।’

तेगबीरको यो साहासिक यात्रालाई ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य प्रशंसनीय रहेको बताए। ‘उनको यो यात्रासँगै  नेपाल सुरक्षित र व्यवस्थित साहसिक गन्तव्य हो भन्ने एउटा सन्देश पनि दिएको छ,’ आचार्यले भने, ‘एउटा सात वर्षको बालकले अन्नपूर्ण सर्किट पार गर्नुले हाम्रो पदमार्गको गुणस्तर र सुरक्षालाई पनि पुष्टि गर्छ।’  

अन्नपूर्ण सर्किटले नेपाललाई अन्तरराष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको जनाउँदै यी पदयात्राहरुमा पर्यटकले प्रकृति मात्र होइन, संस्कृति र आतिथ्यता पनि अनुभव गर्ने उनको भनाइ छ।  

त्यस्तै, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यो कीर्तिमानले विश्व पर्यटन मानचित्रमा नेपालको विशिष्ट पहिचान थपेको बताए। ‘हरियाली जङ्गलदेखि हिमाली मरुभूमिसम्मको यात्रा गराइने अन्नपूर्ण सर्किट केवल पदमार्ग मात्र नभई सांस्कृतिक र प्राकृतिक सङ्गम पनि हो,  सानो बालकको साहसिक यात्राले यो सुरक्षित र साहसिक गन्तव्यका रुपमा थप परिचित हुनेछ,’ लामिछानेले भने। उनका अनुसार तेगबीरको यो यात्रा केवल एउटा बालकको सफलता मात्र नभई नेपालका हिमालहरूको सम्भावना र विश्वव्यापी आकर्षणको नयाँ मानक पनि हो। 
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस