चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक एवं धर्मिक दृष्टिकोणले महत्त्वपूर्ण सम्पदाको उत्खनन एवं संरक्षण गर्ने भएको छ।
नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर साउन महिनामा एक महिने शिव पुराण ज्ञान महायज्ञ एवं विष्णु पुराण ज्ञान महायज्ञको अवसरमा बुधबार वडा नं ७ स्थित प्रसिद्ध बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले सम्पदा उत्खनन एवं संरक्षण गरिने बताएका हुन्।
उनले भने, 'चाँगुनारायण नगरपालिका–१ देखि ९ सम्म नै अथाह सम्पदा, धार्मिक मठ मन्दिर, एतिहासिक एवं पुरातात्विक महत्त्वका स्थल छन्। तीमध्ये कयौँ आझेलमा छन्, कयौँ खोज तथा अनुसन्धान र उत्खनन गर्नुपर्ने अवस्थामा छन्। त्यस्ता सम्पदाको नगरपालिकाले खोज तथा अनुसन्धान गर्ने छ र त्यसको संरक्षणमा लाग्ने छ।'
नगर प्रमुख खत्रीले नगरकोट भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले नौ वटै वडाका सम्पदाको संरक्षण, खोज अनुसन्धान गर्न स्थानीयलाई पनि साथ दिन आग्रह गरे।
भेटिएको सम्पदाको उत्खननका लागि पुरातत्व विभागको समन्वयमा विज्ञ परिचालन गरेर त्यसको संरक्षण गर्ने नगरको योजना छ। नगरपालिका क्षेत्रको आर्थिक विकास, सगरमाथाको अवलोकन एवं सर्योदय र सूर्यास्त मात्रै नभई नगर क्षेत्रका सम्पदाको विकास गर्ने गरी योजना बनाइएको नगर प्रमख खत्रीको भनाइ छ। रासस