हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन
१० मंसिर २०८३
•
४ मिनेट पाठ
हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन
जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका लागि चरन क्षेत्रको अध्ययन तथा घाँसको नमूना सङ्कलन थालिएको छ।




दुर्लभ हिउँ चितुवाको बासस्थान रहेका मुस्ताङका उच्चलेकमा चरन क्षेत्रको अवस्था र घाँसको गुणस्तर मापन गर्न चरन क्षेत्रको अध्ययन तथा घाँसको नमूना सङ्कलन थालिएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोम र लोमान्थाङ कार्यालयले हिउँ चितुवाको आहारा प्रजाति नाउरको संरक्षण तथा सङ्ख्या वृद्धि गर्ने उद्देश्यले छुट्टाछुट्टै सर्वेक्षण गरिरहेका एक्यापका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीले जानकारी दिए।

मस्ताङको तल्लो क्षेत्रमा हिउँ चितुवाको अध्ययनका लागि क्यामेरा जडान गरिएका एक र उपल्लो मुस्ताङमा तीन गरी चार वटा क्षेत्रमा चरन तथा घाँसको अध्ययन भइरहेको छ। ती क्षेत्रमा घाँसका नमूना सङ्कलन गरी चरनको विद्यमान अवस्था, घाँसका प्रजाति र विविधता, जैविक पदार्थको परिमाण तथा पोषण तत्वको अवस्था मापन गरिने छ।

वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा १० वर्गमिटरका खण्ड बनाई प्रत्येक खण्डभित्र एक वर्गमिटरका उपखण्ड निर्धारण गरेर घाँसको नमूना सङ्कलन भइरहेको छ। तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा १५ र घरपझोङ गाउँपालिकामा नौ गरी २४ वटा खण्ड तथा तिनका ४८ वटा उपखण्डबाट हिउँ चितुवाको आहारा प्रजातिले खाने घाँसको नमूना सङ्कलन भइरहेको उनले बताए।

वारागुङ मुक्तिक्षेत्रका साङ्ता, फल्याक, लुप्रा, मुक्तिनाथ, कागबेनी र झोङलगायत उच्चलेकका चरन क्षेत्रमा नमूना सङ्कलन भइरहेको छ। क्यामेरा जडान गरिएका क्षेत्रमा एक खण्डदेखि अर्को खण्डसम्मको दूरी कम्तीमा ५०० मिटर कायम गरेर नमूना लिइएको थकालीले जानकारी दिए।

यसैगरी, उपल्लो मुस्ताङमा एक्याप लोमान्थाङले हिउँ चितुवाको अध्ययनका लागि यसअघि क्यामेरा जडान गरिएका तीन क्षेत्रमा चरन तथा घाँसको गुणस्तर मापन सुरु गरेको छ। हिउँ चितुवाको सङ्ख्या वृद्धि गर्न यसको आहारा प्रजातिको सङ्ख्या बढाउनुपर्ने र त्यसका लागि चरन क्षेत्र सुधार तथा घाँसको गुणस्तर वृद्धि आवश्यक रहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताए।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १५० वटा खण्डबाट घाँसको नमूना सङ्कलन भइरहेको छ। हिउँ चितुवाको अध्ययनका लागि निर्धारण गरिएका तीन क्षेत्रमा पाँच वर्गकिलोमिटरको जाली संरचनाभित्र पर्ने चरन क्षेत्र समेटेर नमूना सङ्कलन भइरहेको उनले जानकारी दिए। घाँसले ओगटेको क्षेत्रका आधारमा प्रतिखण्ड बढीमा ४० देखि ५० वटासम्म नमूना सङ्कलन गरिनेछ।

सर्वेक्षणका क्रममा हरियो घाँस र सुकेको घाँसको तौलसमेत मापन गरिने प्रमुख पौडेलले बताए। सङ्कलित नमूना प्रयोगशालामा पठाएर घाँसको पोषण तत्त्व र गुणस्तर परीक्षण गरिनेछ। यसबाट नाउरको आहारा उपलब्धता र गुणस्तर सुधारका उपाय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हिउँ चितुवाको प्रमुख आहारा नाउर भएकाले यसको आहाराको गुणस्तर र उपलब्धताले नाउरको शारीरिक अवस्था, मोटोपन तथा प्रजनन क्षमतामा पार्ने प्रभावसमेत अध्ययन गरिने उनले बताए। चरन क्षेत्रको अवस्था र घाँसका प्रजातिबारे वैज्ञानिक अध्ययन गरी आहारा प्रजातिको संरक्षण तथा सङ्ख्या वृद्धि गर्ने लक्ष्य छ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा पानीका स्रोत सुक्दै जानु, चरन क्षेत्र साँघुरिँदै जानु र मिचाहा प्रजातिका घाँस फैलिनुजस्ता समस्याले नाउरको आहारा तथा बासस्थानमा असर पारेको विश्लेषण गरिएको छ। गुणस्तरीय घाँसको अभावमा नाउर आहाराको खोजीमा बस्तीनजिक झर्न थालेपछि स्थानीय किसानका पशुचौपाया हिउँ चितुवाको आक्रमणको जोखिममा पर्ने गरेका छन्।

चरन क्षेत्रमा गुणस्तरीय घाँसको उपलब्धता घट्दै जानु र मिचाहा प्रजातिका घाँस फैलिनुले हिउँ चितुवाको आहारा प्रजाति संरक्षणमा चुनौती थपेको छ। चरन क्षेत्रको गुणस्तर सुधार र चरिचरनलाई व्यवस्थित तथा सन्तुलित बनाउन सके नाउरको संरक्षणसँगै हिउँ चितुवा र यसको आहारा प्रजातिबीचको पारिस्थितिक सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अध्ययनका क्रममा चरन क्षेत्रमा पाइने घाँसको हरियो र सुकेको अवस्थाको तौल मापन गरिएको प्रमुख पौडेलले जानकारी दिए। सङ्कलित नमूना गुणस्तर परीक्षणका लागि प्रयोगशालामा पठाइने र त्यसबाट घाँसको पोषण गुणस्तर मापन गरिने उनले बताए।  

पछिल्लो समय जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा नाउरले खाने घाँसको अभाव हुन थालेपछि मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेको प्रमुख पौडेलको कथन छ।

चरन क्षेत्रमा मिचाहा प्रजातिका घाँस फैलिने र गुणस्तरीय घाँसको उपलब्धता घट्ने गर्दा नाउर आहाराको खोजीमा बस्तीनजिक झर्न थालेका छन्। यसले स्थानीय किसानले पालेका पशुचौपाया हिउँ चितुवाको आक्रमणमा पर्ने जोखिम बढाएको छ।

पछिल्ला केही वर्षयता उच्चलेकका चरन क्षेत्रमा पानीका स्रोत सुक्दै जानु, चरन क्षेत्र साँघुरिँदै जानु र मिचाहा प्रजातिका घाँस फैलिनुजस्ता समस्याले नाउरको बासस्थान र आहारामा असर पारेको छ। गुणस्तरीय घाँसको उपलब्धता घट्दै जाँदा हिउँ चितुवा र यसको आहारा प्रजाति संरक्षणमा चुनौती थपिएको छ।

हिउँ चितुवाको बासस्थान क्षेत्रमा घाँसको गुणस्तर सुधार गर्नुका साथै चरिचरनलाई व्यवस्थित र सन्तुलित बनाउन सके नाउरको संरक्षण तथा हिउँ चितुवा र त्यसको आहारा प्रजातिबीचको पारिस्थितिक सन्तुलन कायम गर्न सहयोग पुग्ने प्राकृतिक स्रोतसाधनको संरक्षणमा सक्रिय व्यक्तिहरूले बताएका छन्। रासस
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस