उखु किसानहरूले अनुदानको रकम माग गरेका छन् । गत आर्थिक वर्षमा सरकारले दिने भनेको अनुदानको रकम अहिलेसम्म निकासा नदिएको भन्दै साउन महिनाभित्र भुक्तानी नदिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
उखु उत्पादक संघ रौतहटले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत आइतबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै उखु किसानहरूले पाउनुपर्ने रकम तत्काल भुक्तानी दिन माग गरेका छन् । संघका पदाधिकारी तथा अगुवा किसानहरूको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै भदौ ८ देखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको हो ।
आर्थिक वर्ष २०८१।८२ मा देशभरका किसानले १ अर्ब ६० करोड रुपैयाँ अनुदानबापत भुक्तानी पाउनुपर्ने बाँकी रहेको किसानहरूको भनाइ छ । सरकारले गत आवमा तोकेको प्रति क्विन्टल ७० रुपैयाँको दरले पाउनुपर्ने करिब १ अर्ब ७० करोड रुपैयाँ अहिलेसम्म किसानले पाउन नसकेको गुनासो किसानहरूको रहेको छ ।
सरकारले उखु किसानलाई दिँदै आएको अनुदानबापतको रकम चालु आर्थिक वर्षदेखि नदिने निर्णय गरिसकेको छ । गत आर्थिक वर्षमा दिने भनिएको रकम पनि निकासा दिन सकेको छैन । सरकारले उखु किसानलाई निराश बनाएको भन्दै किसानहरू आक्रोशित बनेका छन् ।
उखु किसानहरूले प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा साउन २० गते चिनी मिलको गेटमा टायर बालेर विरोध प्रदर्शन गर्ने र भदौ ८ गतेदेखि काठमाडौँको माइतीघर मन्डलामा धर्ना दिने कार्यक्रम रहेको जनाएको छ।
उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवको नेतृत्वमा गएको टोलीको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाइने बताएका छन् । सरकारले गत वर्षको रकम निकासा नदिएको र चालु आवमा अनुदान नै नदिने गरेको निर्णयले उखु उत्पादक किसानहरूमा निराशा छाएको अध्यक्ष यादवको भनाइ छ ।
सरकारको नीतिले उखु उत्पादनमा कमी आउने र विदेशबाट अझ बढी चिनी मगाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुने टोलीमा रहेका अगुवा किसान बृजकिशोर यादवले जानकारी गराएका छन् ।