सत्ताको बुल्डोजर ‘बुट पालिस र सडक कविता’
११ वैशाख २०८३
•
७ मिनेट पाठ
सत्ताको बुल्डोजर ‘बुट पालिस र सडक कविता’
शासनसत्ताले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएपछि विरोधका अनेकन् शैलीहरू हुन्छन्। 




जतिबेला एउटा पक्षको मात्र वकालत गर्नुपर्ने थियो, त्यतिबेला बहुसंख्यक मानिसहरूले आफ्नो विचार बन्धक भएको महसुस गरिरहेका थिए। तर उनीहरू संगठित भएर एकै पटक सडकमा आउने अवस्था थिएन, सत्ताको बुल्डोजरले उनीहरूको मतलाई क्षतविक्षत बनाइदिन्थ्यो। यस्तो अवस्थामा साहित्यकारहरूले चेतानमूलक सिर्जनामत्क कला देखाइरहेका थिए।

बुटपालिस अभियान २०३१ सालमा कविताराम श्रेष्ठ, मोहन घिमिरे, ध्रुव सापकोटा, भाउपन्थी, शैलेन्द्र साकार, सन्तोष भट्टराई, नारायण ढकाल, तेज खरेल, काशीनाथ तमोट, आनन्द जंगली, हरि न्यौपाने, विनोद रिमाल, बद्री घिमिरे, विश्वनाथ न्यौपाने, भवानी घिमिरे, प्रेम कैदीले सुरु गरेका थिए। यसको उद्देश्य तत्कालीन सत्ताले जनताको विचारमाथि लगाएको प्रतिबन्धलाई खुला गर्नु थियो।

बुट पालिस आन्दोलनबारे ‘जक्सन पिपलबोट’मा साहित्यकार, लेखक प्रकाश गुरागाईले राम्रोसँग उधिनेको र खोजेर लेखेको पाइन्छ। नयाँ सडकलाई जुत्ताको माध्यमबाट चर्चित बनाउनेहरू भने साहित्यकार भए पनि त्यसका राजनीतिकर्मीहरूको पनि सहभागिता थियो। जसले गर्दा साहित्यकारहरूको ‘बुट पालिस आन्दोलन’ले तत्कालीन सरकारसमेत झस्किएको थियो। त्यस आन्दोलनले भारतीय पत्रिकाहरूमा पनि राम्रो स्थान पाएकाले अझ यो आन्दोलनको उचाइ बढेको महसुस गरेका थिए।

जानकारहरूका अनुसार ३१ सालमा साहित्यकारहरूले गरेको बुट पालिस आन्दोलन नयाँ र सिर्जनात्मक भने थिएन। ठुलो संख्यामा लेखक, साहित्यकारहरू सहभागी हुनु यसको सफलता मानिएको र उचाइमा ल्याएको मानिएको थियो । जक्सन पिपलबोटमा उल्लेख भएअनुसार त्यसअघि २०१२/१३ सालतिर कम्युनिस्ट पार्टीमा संलग्न सदानन्द शर्माले पहिलोपटक सडकमा बसी जुत्तामा पोलिस लगाएर ‘विद्रोह’ गरेका थिए। सार्वजनिक ठाउँमा जुत्ता पोलिस गर्ने उनी पहिलो बाहुन थिए।

पिपलबोटमा जमघट भएका कृष्णभक्त, द्वारिका, पुरुषोत्तमलगायत साहित्यकारले पञ्चायत चुनावको खिल्ली उडाउन नयाँ सडकमा जुत्तामा पालिस गर्नेलाई उम्मेदवार बनाउने सल्लाह गरे। त्यसका लागि उनीहरूले काले सार्कीलाई उक्साएको शैलेन्द्र साकारले जानकारी दिएका छन्।

सदानन्द तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सदस्य थिए। तर, कम्युनिस्ट पार्टीका गतिविधिसँग असन्तुष्ट थिए। पार्टी आन्तरिक विवादमा फस्दै गएको थियो। तल्लो वर्गका मान्छेको मुद्दामा केन्द्रित हुन सकेको थिएन। कार्यकर्ता भोकै पर्ने अवस्था थियो। नेता विवादमा व्यस्त थिए। त्यसैको विरोधमा उनी नयाँ सडकमा जुत्ता पालिस लगाउन बसेका थिए। उनले लामै समय जुत्तामा पालिस लगाएर गुजारा गरे। त्यति बेला धेरैले उनलाई सार्की ठानेर अछुतकै व्यवहार गर्थे। पछि रक्सी पनि खान थाले। उनको राजनीति दिगो हुन सकेन।  

साहित्यकारहरूको बुट पालिस आन्दोलनको प्रभाव शक्तिशाली थियो। त्यही प्रभावले २०३२ सालतिर शाहीकालीन मन्त्री दुर्गा पोखरेलले पनि पीपलबोटमा यस्तै आन्दोलन गरेकी थिइन्। सरकारले प्राध्यापकबाट निष्काशन गरेको विरोधमा उनले दुई हप्तासम्म बुट पालिस गरेकी थिइन्।

सरकारले विभिन्न राजनीतिक अभियोग लगाएर २०३२ साउनमा एकैपटक सत्र जनालाई प्राध्यापकबाट बर्खास्त गरेको थियो। यसरी निकालिनेमा दुई जना मात्र महिला थिए, दुर्गा पोखरेल र सहाना प्रधान। दुर्गा कांग्रेसको राजनीतिमा थिइन् भने सहानाका श्रीमान् पुष्पलाल कम्युनिस्ट पार्टीको एउटा समूहको महासचिव थिए। डा. दुर्गा पोखरेल तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा २०६२ मंसिर २२ देखि २०६३ वैशाख १९ गतेसम्म पाँच महिना महिला तथा बालबालिका राज्यमन्त्रीसमेत भएकी थिइन्। यो विषयलाई पुस्तकमा राम्रोसँग चर्चा गरिएको छ। लेखक गुरागाईंले दिएको जानकारीअनुसार कांग्रेस नेता शाह पनि यो आन्दोलनमा सहभागी भएका थिए।

बुटपालिसपछि अर्को आन्दोलन भएको थियो सडक कविता क्रान्ति।  २०३६ सालको विद्यार्थी आन्दोलन नेपालको राजनीतिक इतिहासमा एक महत्वपूर्ण घटना भयो। खासमा पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइएको विरोधमा पाकिस्तानी दूतावासमा नेपाली विद्यार्थीहरूले विरोधपत्र बुझाउन जाने क्रममा भएको झडपको बहानामा सुरु भएको विद्यार्थी आन्दोलन विस्फोटक भएपछि त्यसबेलाको सत्ता जनमत संग्रहतर्फ उन्मुख भयो।

साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’का अनुसार  भवानी घिमिरेको आह्वानमा सडक कविता क्रान्ति सुरु भएको थियो। ‘२०३६ जेठ २६ केही युवा तथा अग्रज साहित्यकारहरू पिपलबोट मुनिको गफगाफ सकेर अर्को चरणको गफगाफ र चियाको लागि मोतीमहल रेष्टुराँमा पसेका थियौं। चिया पिउने उपक्रम चल्दै थियो, अचानक त्यहाँ आएर भानु पत्रिकाका सम्पादक तथा साहित्यकार भवानी घिमिरेले घोषणा गरे– ‘भोलिदेखि बहुदलका लागि सडकमा कविता क्रान्ति हुँदै छ, इच्छुकहरू आउनुहोला। भोलि साँझ ५ बजे, पिपलबोटमुनि’ साहित्यकार प्रेरणाले आफ्नो एउटा आलेखका उल्लेख गरेका छन्।

२०३६ जेठ २७ मा पिपलबोटमुनिको उत्तरपूर्वी कुनामा भवानी घिमिरेको उद्घोषका साथ सडकमा कविता क्रान्ति सुरु भएको थियो। अशेष मल्ल, मोहन कोइराला, हरिभक्त कटुवाल, गगन विरही, किशोर पहाडी, लव गाउँले, गोविन्द गिरी प्रेरणा, भवानी घिमिरेसहित करिब १० जना थिए। त्यसपछि सुरु भएको त्यो कविता क्रान्ति २०३६ असार २७ गते न्युरोड पिपलबोटमै आएर टुंगिएको थियो। त्यसबिच कविता क्रान्ति रत्नपार्क ढोका, डिल्लीबजार पिपल बोट चौतारो, बानेश्वर देवकोटा चोक, बानेश्वर बत्तिस पुतली, गौशाला, पशुपति देवपाटन, चावहिल, कोपुन्डोल, पाटन मंगलबजार, पाटन ढोका, जावलाखेल चौर, लगनखेल, कालिमाटी, भक्तपुर न्यातपोल खुमा टोल, बानेश्वर, कमलाक्षी इनबहाल, कीर्तिपुर सोह्रखुट्टे पाटी, क्षेत्रपाटी, सिंहदरबार ढोका, बागबजार, कमलपोखरी, असन डबली, अमृत साइन्स क्याम्पसको ढोका, बालाजु, महाराजगन्ज, जैसीदेवल, भाटभटेनी, ठहिटी, बनेपा, पकनाजोल, लगन, काठमाडौं गणेशस्थान, कुसुमबयँलाक्षीमा भएका थिए। 

कुल ३२ दिनमा ३६ ठाउँमा काठमाडौं उपत्यकामा सम्पन्न भएपछि सडक कविता क्रान्तिको टोली काठमाडौंबाहिर असार २९ गते तनहुँदेखि १ साउनसम्म पोखरामा सम्पन्न गरेर २ साउनमा पोखरा काठमाडौं बस यात्रामा समेत कविता क्रान्तिका कविता पढिएको थियो।  त्यतिबेला सडक कविता क्रान्तिको विषयमा तत्कालीन समयमा नेताहरूले विभिन्न धारणा राखेका थिए। टंकप्रसाद आचार्य, बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, केशरजंग रायमाझी, विष्णुबहादुर मानन्धर, प्रा. डोरबहादुर विष्ट, डा. वासुदेव त्रिपाठी, डा. जयराज आचार्यलगायतले आफ्नो तर्क र टिप्पणी गरेका थिए।

यसप्रकारको आन्दोलन २०४६ सालको सरस्वती सदनमा गएर टुंगिएको थियो। त्यतिबेला  वयोवृद्ध कवि युद्धप्रसाद मिश्र  खम्बाजस्तै उभिएका थिए,  पारिजातले सत्ताविरुद्ध हुंकार छेडेकी थिइन्। त्यतिबेला युद्धप्रसाद मिश्र, पारिजात, डायमन्ड शमशेर, भुवनलाल प्रधान, सत्यमोहन जोशी, वाशु शशी, कमलमणि दीक्षित, कृष्णचन्द्रसिंह प्रधान, उत्तम नेपाली, मोहन कोइराला, शक्ति लम्साल, रुद्र खरेल, आनन्ददेव भट्ट, दुर्गालाल श्रेष्ठ, निनु चापागाईं, ध्रुवचन्द्र गौतम, खगेन्द्र संग्रौला, रामेश, रायन, महजोडी, गोविन्द वर्तमान, शारदा शर्मा, मोहन खड्कालगायत सय बढी साहित्यकारहरू सहभागी भएका थिए। त्यतिखेर पनि सत्ताको ललीपपमा रमाउनेहरू प्रशस्तै थिए।

नेपाली शान्तिका लागि साहित्य क्रान्ति
–मोतीमण्डली (१९३८) : मोतीराम भट्ट
–रसिक समाज (१९६२) : देवीदत्त पराजुली, दधिराम मरासिनी, सोमनाथ सिग्द्याल, चक्रपाणि चालिसे, दुर्गाप्रसाद घिमिरे, दामोदर प्याकुरेल, अग्निधर अधिकारी, कालिदास पराजुली, शिखरनाथ सुवेदी 
–जोग मण्डली (१९६७) : जोगविरसिंह उदास 
–हलो क्रान्ति (२००६) : शेषकान्त अधिकारी, पं. तोयनाथ अधिकारी 
–लेकाली सांस्कृतिक अभियान (२०२४) : हिरण्य भोजपुरे, गणेश रसिक, उर्मिला श्रेष्ठ, निरा श्रेष्ठ, निर्मला श्रेष्ठ, शशी भण्डारी, तीर्थ शेरचन, न्हुछेमान डंगोल, नवलकिशोर राई 
–अस्वीकृत जमात (२०२६) : कविताराम श्रेष्ठ, शैलेन्द्र साकार, पुष्कर लोहनी, भाउपन्थी, अन्जिर प्रधान, प्रकाश प्रेमी, प्रेम नारायन प्रेमी, इन्द्र राजभण्डारी, नेपाल भूषण न्यौपाने 
–बुटपालिस अभियान (२०३१) : कविताराम श्रेष्ठ, मोहन घिमिरे, ध्रुव सापकोटा, भाउपन्थी, शैलेन्द्र साकार, सन्तोष भट्टराई, नारायण ढकाल, तेज खरेल, काशीनाथ तमोट, आनन्द जंगली, हरि न्यौपाने, विनोद रिमाल, बद्री घिमिरे, विश्वनाथ न्यौपाने, भवानी घिमिरे, प्रेम कैदी 
–सडक कविता क्रान्ति अभियान (२०३६) भवानी घिमिरे, मोहन कोइराला, हरिभक्त कटुवाल 
–आरोहण : रंगमञ्चीय अभियान (२०३८) : बद्री अधिकारी, सुनिल पोखरेल, निशा शर्मा, सूर्यमाला शर्मा, अनिल पाण्डे, सुरेन्द्र नकर्मी, सोमनाथ भट्टराई, नवराज श्रेष्ठ, नवराज खनाल, विधान आचार्य, राजेन्द्र सलभ 
–सर्वनाम सडकनाटक अभियान (२०३८) : अशेष मल्ल, किशोर पहाडी, रमण घिमिरे, दीपक पौडेल आदि 
–सिर्जना चैत्र–३ अभियान (२०५४) : खगेन्द्र संग्रौला, रामेश, राजकुमार केसी, नारायण ढकाल, विमल निभा, खगेन्द्र अधिकारी, राजेन्द्र महर्जन, सुरेश किरण, स्नेह सायमी, हरिगोविन्द लुइँटेल 
–विशेष रंगवाद अभियान (२०६१) : धर्मेन्द्रविक्रम नेम्वाङ
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
९ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस