तरकारीमा नगरपालिकाले लगाइएको निकासी कर खारेजीको माग गर्दै सर्लाहीका तरकारी किसानहरू आन्दोलनमा उत्रेका छन् ।
आइतबार तरकारी किसानहरूले बिहान सर्लाहीको लालबन्दी स्थित पूर्व पश्चिम राजमार्ग ठप्प पारेका हुन्।
लालबन्दी स्थित कृषि उपज संकलन केन्द्रमा किसानहरूले ल्याएको तरकारीलाई व्यापारीहरू खरिद गर्न नसक्दा सबै तरकारी खेर गएपछि उनीहरुले आन्दोलन गरेका छन्।
किसानहरूले गरेको अवरोधका कारण पूर्व पश्चिम राजमार्गमा चल्ने लामो तथा छोटो दुरीमा चल्ने सवारीसाधनको जाम लागेको छ। महँगो बिउँ र अथक मेहनत पछि उत्पादन भएका तरकारीलाई व्यापारीले खरिद नगर्दा किसानहरू अप्ठ्यारो अवस्थामा परेर बाध्यात्मक कदम उठाएको पीडित किसानहरूले बताए ।
कृषि उपज संकलन केन्द्रका अध्यक्ष प्रमोद थपलियाका अनुसार नगरपालिकाबाट तरकारीमा निकासी कर लगाएपछि थोक व्यापारीहरूले तरकारी किन्न छाडेका छन्। साउन १ गते देखि लागु हुने गरी थोक व्यापारीहरूले खरिद गर्ने तरकारीमा निकासी कर लगाउने निर्णयको सम्बन्धमा पटक पटक नगर प्रमुख, राजनीतिक दल र व्यापारी बिच भएको छलफलमा नगर सभाबाट निर्णय गर्ने सहमति भएपनि कार्यान्वयन नहुँदा तरकारी खरिद गर्न नसकिएको अध्यक्ष थपलियाले बताए ।
बोडी, गोलभेँडा, परबल, भेन्टा लगायतका तरकारीका लागि लालबन्दी बजार प्रख्यात रहेको छ । लालबन्दी क्षेत्रका किसानहरूद्वारा उत्पादन गरिएका तरकारी सङ्घीय राजधानी देखि लिएर पोखरा लगायतका अन्य ठूला सहरहरूमा निर्यात गर्ने गरिन्छ।
यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईका अनुसार किसानहरूले केही समय राजमार्ग अवरुद्ध पारेका थिए। लालबन्दी नगरपालिका तरकारीमा लगाएको कर हालका लागि नलिने भएपछि किसानहरू आन्दोलन स्थगित गरेसँगै राजमार्ग सुचारु भएको उनले बताए ।