सरकार चोभारको गल्छीमा नपस्ने
२६ असार २०८२
•
३ मिनेट पाठ
सरकार चोभारको गल्छीमा नपस्ने
वर्षा याममा बागमती नदीमा पानीको प्रवाहमा अवरोध आउन नदिन भन्दै चोभारको गल्छीको ग्रेगान हटाउने तथा गल्छीमा रहेका ५ वटा ठूला ढुँगा हटाउने निर्णयबाट सरकार पछि हटेको छ। अब सरकारले चोभारको गल्छी नछुने भएको छ।  




गल्छीमा ग्रेगान हटाउने र ढुँगा सफा गर्ने नाममा त्यहाँ रहेका पुरातात्विक संरचना तथा ऐतिहासिक संरचना बिग्रने भन्दै स्थानीयवासीको विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो। सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका सूचना अधिकारी उद्धबप्रसाद नेपालले अब चोभारको गल्छी नचलाउने बताए।  

२०८२ जेठ १४ गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको ३२औं बैठकले ‘अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरका क्षेत्रमा डुबान हुने गरेकाले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकता अनुसार नेपाली सेनासँग समन्वय गरी विपद् जोखिम न्यूनीकरण गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने’ भनी निर्णय गरेको थियो। मन्त्रालय मातहतको बागमती विकास समितिलार्य उक्त निर्णय कार्यान्वयन गर्न जम्मा दिइएको थियो। मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार चोभारको गल्छी अब नचलाउने भनी प्राधिकरणकै कर्मचारीहरूले भनेका छन। ‘स्थानीयवासीबाट नै विरोध भए पछि चोभारको गल्छी नचलाऔ भनी प्रधिकरणको भनाइ रह्यो। त्यसैले हामी उक्त निर्णयबाट पछि हटेका हौ,’ मन्त्रालयका एक उच्च कर्मचारीले भने।  

सरकारले चोभारको गल्छी काट्न लागेको र त्यहाँ रहेका प्राकृतिक ढुंगा हटाउन लागेको भनी प्रचार भएपछि स्थानीय आक्रोशित भएका छन्।  उनीहरूले सरकारी कर्मचारीलाई गल्छीमा केही काम गर्न दिएका छैनन्।  

मन्त्रालयले असारको दोश्रो साता विज्ञप्ति प्रकाशित गरी चोभार गल्छी  चौडाइ नगरी गल्छीभन्दा माथि विगतमा बगाएर ल्याएको फोहोर हटाउने तथा पहिरो जान सक्ने सम्भावित क्षेत्र पहिचान गरी रोकथाम गर्ने सरकारको उद्देश्य रहेको जनाएको थियो। गल्छीको  धार्मिक, सांस्कृतिक तथा प्राचीन पहिचानलाई अक्षुण्ण राख्दै गल्छी  वरपरका क्षेत्रमा हुन सक्ने डुबान न्यूनीकरणका लागि गल्छी भन्दा माथि विगतमा बगाएर ल्याएको फोहोर हटाउने, पहिरो जानसक्ने सम्भावित क्षेत्र पहिचान गरी रोकथामका कार्य गर्ने उद्देश्य रहेको मन्त्रालयले प्रष्ट्र पारेको थियो। मन्त्रालयको विज्ञप्तिपछि पनि स्थानीयवासीको विरोध  कायमै रह्यो।  

चोभार गल्छीमा पाँचवटा ठूला–ठूला ढुँगा रहेका छन्। ती ढुँगा प्राकृतिक रूपमा पहिले देखि नै रहेको स्थानीयको भनाइ छ। अधिकारसम्पन्न बागमती सभ्यता विकास समितिका अधिकारीहरू भने प्राकृतिक रूपमै गल्छीमा ढुंगा रहेको पुष्टि भएमा नहटाउने तर नदीले बगाउँदै ल्याएको पाइएमा ढुंगा हटाउने बताइरहेका छन्।  यही विषयमा स्थानीय र सरकारी प्रतिनिधिबिच सहमति हुन सकेन।  स्थानीयबासी भने गल्छीमा रहेका पाँच वटा ठूला ठूला ढुगाँ प्राकृतिक रूपमै पहिलेदेखि नै रहेको भन्दै ढुँगा नहटाउन अडान राख्दै आएका छन्।  

गल्छीमा अड्किएका ग्रेगान नहटाएमा यस वर्ष बर्खायाममा बागमतीमा पानी प्रवाहमा अवरोध आउने र त्यसले त्यहाँ वरिपरि डुबान समस्या ल्याउने विकास समितिका प्रतिनिधिहरूको भनाइ थियो। यसअघि बागमती विकास समितिका प्राविधिक कर्मचारीले चोभार गल्छीमा  पुगी ग्रेगान तथा ढुँगाका बारेमा अनुगमन तथा निरीक्षण गरेका थिए।

निरक्षणपछि प्राविधिकहरूले चोभार गल्छीभन्दा माथि ठूला–ठूला ढुँगा खसेको र थप खस्न सक्ने अवस्था रहेको भनी प्रतिवेदन तयार गरेका थिए। प्रतिवेदनमा ‘ललितपुर– १८ र कीर्तिपुर– ६ बीचको चोभार क्षेत्रअन्तर्गत चोभार गल्छीमा दुवै किनारातर्फबाट पहिरो गई खोलाको सतह करिब दुई मिटर माथि उठेको र गल्छीमा  झरेका ठूलाठूला ढुँगा र थुप्रिएका माटोका कारण बहाब अवरुद्ध हुनुका साथै बर्खायामअगावै नहटाएमा उक्त खण्डअन्तर्गत सक्षम बस्तीलगायत आसपासका क्षेत्रमा खतराको सम्भावना रहेको’ भन्ने व्यहोरा उल्लेख गरिएको छ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस