सम्बन्ध विच्छेदका मुद्दा बढ्दै
०२ साउन २०८२
•
२ मिनेट पाठ
सम्बन्ध विच्छेदका मुद्दा बढ्दै
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन्।




घरायसी कलह, खान तथा लगाउन नदिएको, मानसिक तनाव दिएको लगायतका कारण पति वा पत्नीले अदालत समक्ष सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको उच्च अदालत नेपालगञ्ज इजलासका अधिकृत बलबहादुर विष्टले जानकारी दिए।

उनले छिटफुट रुपमा पतिले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्ने गरेको उल्लेख गर्दै त्यस्ता कम मुद्दामा मात्रै सम्बन्ध विच्छेदको फैसला हुने गरेको बताए। ‘श्रीमान (पुरुष)ले पनि म पीडित भए भनेर मुद्दा दर्ता गरेका हुन्छन्, तर सम्बन्ध विच्छेद कम भएको हुन्छ,’ उनले भने।

आर्थिक वर्ष २०८१/८२ मा सम्बन्ध विच्छेदका ६१ मुद्दा दर्ता भएकामा ५० मुद्दा फर्स्योट भएका छन् भने ११ मुद्दा बाँकी छन्। आर्थिक वर्ष २०८०/८१ मा सम्बन्ध विच्छेद सम्बन्धी ५९ मुद्दा दर्ता भएकामा ४० मुद्दा फर्स्योट भएको र १९ मुद्दा बाँकी रहेको उच्च अदालतले जनाएको छ। दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दा बाँके जिल्लाका हुन्।

यसबाहेक जबरजस्ती करणी १८८ मुद्दा दर्ता भएकामा १४८ मुद्दा फर्स्योट भएका छन् र ४० मुद्दा बाँकी छन्। लागु औषधतर्फ १८८ मुद्दा दर्ता भएकामा १५१ फर्स्योट भएका र ३७ मुद्दा बाँकी छन्।

मानव बेचबिखन तथा ओसारपसारका २९ मुद्दा दर्ता भएकामा २८ फर्स्योट भएको छ भने एक मुद्दा बाँकी छ। ज्यान सम्बन्धी कसुरका १९२ मुद्दामा १५५ फर्स्योट भएका छन् भने ३७ बाँकी छन्।

अन्यतर्फ एक हजार ४७८ मुद्दा दर्ता भएकामा एक हजार ६३ मुद्दा फर्स्योट भएका छन्। रिट र निषेधाज्ञाका ५१० मुद्दा दर्ता भएकामा ४०९ फर्स्योट भएको र १०१ बाँकी छन्। यी सबै कुल मिलाएर दुई हजार ६४६ मुद्दा दर्ता भएकामा दुई हजार चार मुद्दा फर्स्योट भएका छन् भने ६४२ मुद्दा बाँकी रहेको अदालतले जनाएको छ।

वार्षिक मुद्दा फर्स्योट लक्ष्य एक हजार ६३७ थान रहेकामा कुल दुई हजार चार मुद्दा अर्थात् ३६७ थान मुद्दा बढी फर्स्योट भएको उच्च अदालत इजलासका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले जानकारी दिए। ‘सीमित स्रोत र साधनको परिचालनबाट गुणस्तरीय र छिटोछरितो न्याय सम्पादन हाम्रो मुख्य लक्ष्य हो,’ उनले भने।

कतिपय मुद्दा २० दिनमा पनि फर्स्योट भएको जानकारी दिँदै उनले मुद्दा सुनुवाइ प्रक्रियालाई गोलाप्रथाबाट गरिएको बताए। एक वर्ष नाघेका मुद्दा शून्यमा झार्न सफल भएको मुख्य न्यायाधीश सारुको भनाइ छ। रासस
अर्को समाचार
कपिलवस्तुमा बढे सम्बन्ध विच्छेदका मुद्दा , ५ वर्षमा १ हजार ५९२ मुद्दा दर्ता
११ साउन २०८१
•
३ मिनेट पाठ
कपिलवस्तुमा बढे सम्बन्ध विच्छेदका मुद्दा , ५ वर्षमा १ हजार ५९२ मुद्दा दर्ता
कपिलवस्तुमा सबन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । नयाँ मुलुकी संहिता  लागु भए यता सम्बन्ध विच्छेदका घटनामा  बृद्धि भएको हो । नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भए पछि मुद्दाको संख्या बढ्दै गएको हो ।




अदालतको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध विच्छेदका घटना वृद्धि हुँदै गएका छन् । विगत पाँच वर्ष यता कुल १ हजार ५९२ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको अदालतले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो आर्थिक वर्ष जिम्मेवारी सरेर आएका र गत वर्ष दर्ता भएका गरी कुल ४ सय ५० मुद्दा दर्ता भएका थिए ।  गत वर्ष नयाँ दर्ता २ सय ८६ र अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएका १ सय ६४ मुद्दा थिए । त्यस मध्ये  ३ सय ४४ मुद्दा फैसला भएको र १ सय ६ मुद्दा जिम्मेवारी सारिएको थियो ।

२०७९/०८० मा कुल ३ सय ४५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष जिम्मेवारी सरेर आएको १ सय ३४ मुद्दा थियो । गत आर्थिक वर्ष कुल ४ सय ७९ लगत मध्ये ३ सय १५ सम्बन्ध विच्छेदका फर्छ्यौट भई १ सय ६४ मुद्दा फर्छ्यौट हुन बाकी थियो ।  आव २०७८/०७९ मा कुल ५ सय १२ सम्बन्ध विच्छेदका मुद्दाको लगत थियो । त्यस मध्ये ३ सय ७८ फर्छ्यौट भई १ सय ३४ अर्को वर्षका लागि जिम्मेवारी सारिएको थियो । २०७७/०७८ मा २ सय ६८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १ सय ७१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । अदालतमा दैनिक एक दुई जना सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न आउने गरेका छन् । घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढ्दै गएको हो। महिलाहरु आफै वा कुनै माध्यमबाटै र पुरुषहरू  अदालत सम्म पुग्ने गरेका छन् ।अधिकांशको सम्बन्ध ३ देखि ५ वर्षमा टुङ्गिने गरेको छ।

अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पती बढी छुट्टिने गरेका छन् । कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको हो । अधिकांश प्रेम विवाह गरेकाहरू  नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ ।‘ केटाले बाँड्ने र ठुलठुला सपना पुरा नहुँदा समस्या बढी रहेको छ ’ अधिवक्ता चक्र बहादुर क्षेत्रीले भने ‘ युवा अवस्थामा केटा केटी यर्थात भन्दा भावनामा बग्छन् ’ । जुन कुरा पछि पुरा नहुँदा पारिवारिक बेमेल उत्पन्न भई सम्बन्ध विच्छेद बढ्दो छ । ‘ लहलहैमा विवाह गर्ने सख्या बढ्दो छ ’ अधिवक्ता क्षेत्रीले भने  । कलिलोमा विवाह ग¥यो बुझ्ने भएपछि धेरै कुरामा असमझदारी हुन्छ । किचलो हुन थालेपछि घरेलु हिंसा र यातना बढने गरेको । त्यसपछि सम्बन्ध विच्छेदकलागि अदालत आउने गर्छन् । 

मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, गरिबी र विपन्नताले बेरोजगार हुँदा पनि समस्या भएको उनी थप्छन् ।  अदालतले सके सम्म पती पत्नी बिच मेलमिलापको पहल गर्छ अदालतका श्रेस्तेदार सुमन पाण्डेयले भने त्यहाँबाट समस्या समाधान नभए सम्बन्ध विच्छेदको फैसला गर्छ । सम्बन्ध विच्छेदका लागि बढी महिला आउने गरेका छन् । तर नयाँ मुलुकी संहिता लागु भए पछि पुरुषहरूले पनि सम्बन्ध विच्छेदको मुद्दा दिने बढेका छन् । ‘ श्रीमान् रोजगारीकारलागि बिदेसिन्छिन् अदालतका श्रैस्तेदार सुमन पाण्डेयले भने उनीहरुले पठाएको रेमिटेन्स जथाभाबी खर्च गरेर तडकभडक देखाउँदै दुरुपयोग गरेका कारण पनि सम्बन्ध विच्छेद बढ्दै गएको छ । 

आधुनिक फेसन शैली र रहनसहनको विकृति पनि हो उनले भने यसले श्रीमान् श्रीमतीको सम्बन्ध बिग्रँदा अदालत ढोका घिच्चाउने बढ्दो छन् ।’ । घर परिवारमा शरिरीक मानसिक यातना पाएका, चरम यौन शोषण दाइजो र नपुंसकताले पनि सम्बन्ध विच्छेदका कारण बनेका छन् । अन्तरजातीय प्रेम विवाह बाल विवाह, श्रीमानले गर्ने हिंसा पनि सम्बन्ध विच्छेदको अर्को कारण बनेको अदालतले जनाएको । अदालतमा धरै पर्ने मुद्दा मध्ये सम्बन्ध  विच्छेद पनि एक हो । 
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस