बहुचर्चित त्रिदेशीय सडक कर्णाली करिडोरअन्तर्गत कालीकोटको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सिमानामा पर्ने फुगाड खोलामा पुल नहुँदा पाँच वर्षदेखि यात्रुले सास्ती खेप्नुपरेको छ। नेपाली सेनाले निर्माण गरेको फलामे बेलिब्रिज र पहिलेको झोलुङ्गे पुल २०७७ असारमा आएको बाढीले बगाएपछि नयाँ पुल बनेको छैन।
सुख्खा सिजनमा खोलाबाट गाडी र पैदल यात्री आवतजावत गर्न कठिनाइ नभए पनि वर्षायाममा खोला तर्न कठिन हुने गरेको छ। फुगाड खोला तर्न नसक्दा साना जिप र मोटरसाइकल वारपार गर्न समस्या थपिने गर्छ। पैदलयात्रीलाई सास्ती हुने गरेको पचालझरना गाउँपालिकाका भीम आचार्यले बताए। उनले भने, ‘खोला बढेका बेला तर्नै सकिँदैन।’ पैदल यात्रुले खोला तर्नकै लागि तीन घन्टा उकालो–ओरालो गरेर फुकोट गाउँको झोलुङ्गे पुल तर्न जानुपर्छ।’
कर्णाली करिडोरको फुगाड खोलामा पुल नबन्दा गत वर्ष तीनवटा मोटरसाइकल बगाएको थियो। तीन वर्षमा चारजना स्थानीयसमेत बेपत्ता भएका छन्। फुगाड खोलामा तत्काल यात्रुलाई आवतजावत गर्ने व्यवस्था मिलाउन आफूले सडक डिभिजन कार्यालय हुम्ला र बाजुराको पीलुचौरका प्रमुखलाई जानकारी गराएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।
कर्णाली करिडोर सडक डिभिजन कार्यालय सिमिकोटका प्रमुख बेलबहादुर नेपालीका अनुसार फुगाड खोलाको पुलको डिजाइन सडक विभागबाट स्वीकृत नभएको बताए। उनले भने डिजाइन र पुल निर्माणका लागि ठेक्का लागेको तर सडक विभागबाट स्वीकृत नहुँदा निर्माणमा ढिलाइ भएको हो। सडक विभागबाट ५०–६० लाख मात्र छुट्याउने गरेका कारण पनि पुल निर्माणमा ढिलाइ हुने गरेको उनी बताउँछन्। कालीकोटको खुलालुदेखि सिमकोट हुम्लासम्मको दूरी २६८ किमी रहेको छ। वर्षामा यात्रा गर्ने धेरैले सास्ती भोग्नुपरेको गुनासो गर्ने गरेका छन्।
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर कालोपत्रका लागि पहिलोपटक ठेक्का भएर सम्झौतासमेत भएको छ। सडक विभाग, उत्तर–दक्षिण/व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टीले ५० किलोमिटर कालोपत्रका लागि फागुन २ ठेक्का गरी सम्झौतासमेत गरिसकेको हो। कार्यालयले दुई पिस गरी ठेक्का गरेको उत्तर–दक्षिण/व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टीका प्रमुख तुलाराम शर्माले बताएका छन्।
बाजुराको पिली चौरदेखि बाजुराको कुवाडीसम्म २३ किलोमिटर सात सय मिटर र कुवाडीदेखि हुम्लाको सर्केगाँड गाउँपालिका– १ तुम्चासम्म २७ किलोमिटर तीन सय मिटर गरी ५० किलोमिटरको ठेक्का गरेको शर्माले बताए। दुवै पिस गरी चार अर्ब २३ करोडमा ठेक्का गरेको छ। तीन वर्षमा काम सक्ने गरी ठेक्का आह्वान भएको हो।
करिडोरका नौ पुल अलपत्र
कर्णाली करिडोरका नौ वटा पुल निर्माण कार्य अझै सुरु भएको छैन। करिडोरअन्तर्गत कालीकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने नौ वटा पक्की सडक पुलको २०७९ असार ३० गते ठेक्का सम्झौता भए पनि अहिले अलपत्र अवस्थामा रहेको सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीले बताए।
करिडोरका सबै सडक पुल सडक डिभिजन कार्यालय हुम्लाले हेर्छ भने कालीकोटदेखि बाजुरासम्मको सडक बाजुराको पिलुचौर कार्यालयले हेर्छ। करिडोरका नौ वटा पुलको ठेक्का भएको त तीन वर्ष भयो। सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख नेपालीले भने ठेकेदारले काम नै सुरु गरेका छैनन्।
पचालझरना र रास्कोटको सिमानामा पर्ने फुगाड खोला, सान्नी त्रिवेणी र रास्कोटको बिचमा पर्ने सान्निगाड खोला र नरहरिनाथ गाउँपालिकामा पर्ने खुलालु खोलाको पक्की पुल बनाउने ठेक्का पाएको विकोई कन्स्ट्रक्सनले हालसम्म पनि सडक विभागबाट पुलको डिजाइन नै स्वीकृत लिन सकेको छैन।