विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छ : सेना
३० कार्तिक २०८३
•
५ मिनेट पाठ
विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छ : सेना
नेपाली सेनाले विपद् पछिको चुनौतीपूर्ण परिस्थितिमा नागरिकको जीवन रक्षा, उद्धार, तथा पुनःस्थापनाका लागि निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको स्पष्ट पारेको छ।




गत भदौरअसोजको भोटेकोशी र बुढीगण्डकी बाढी तथा यस वर्षको मनसुनमा भएका अन्य प्राकृतिक  विपद्का घटनामा त्रुटिरहित ढङ्गबाट हवाई, जमिनी र टनेलजस्ता जोखिमपूर्ण उद्धार कार्य गरी सङ्गठनले व्यावसायिक क्षमता प्रदर्शन गरेको सेनाले जनाएको छ।

प्राकृतिक विपद् जोखिमका दृष्टिले नेपाल संवेदनशील मुलुक भएकाले जलवायु परिवर्तन, विश्वयापी तापक्रम वृद्धि, भौगोलिक बनावट तथा मौसमी प्रतिकूलताकाकारण नेपालमा बाढी, पहिरो, डुबान, हिमपहिरो र भूकम्पजस्ता विपद्का  घटना  दोहोरिँदै आएका छन्।

विपद् प्रभावित क्षेत्रमा महामारी नियन्त्रणका लागि निर्मलीकरण, मनोसामाजिक परामर्श तथा राहत सामग्रीको गुणस्तर परीक्षणजस्ता सञ्चालन गरिएका कार्य समेतले विपद्पछिको मानवीय आवश्यकता सम्बोधनमा सेनाको बहुआयामिक भूमिकालाई स्पष्ट गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए।

विपद् प्रभावित क्षेत्रमा मुलुकको प्रमुख सुरक्षा सङ्गठन सेनातर्फबाट गरिएका कार्य र समन्वयबारे सेनाले उपलब्ध गराएको लेख यस प्रकार छः

गत भदौ १० गते भोटेकोशी बाढीले ठूलो जनधनको क्षति तथा सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा गम्भीर असर पुर्यायो। 

बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्य जारी रहेकै अवस्थामा असोजको अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा थप बाढी, पहिरो र डुबानको जोखिम सिर्जना गर्यो।

त्यसबाट खासगरी बागलुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङलगायतका जिल्लामा जनधन तथा सडक–पुलजस्ता भौतिक पूर्वाधारमा क्षति हुँदा स्थानीय बासिन्दा र पर्यटकसमेत प्रभावित भए।

त्यस्तो विषम परिस्थितिमा नेपाली सेना स्थल तथा हवाई साधन, स्वास्थ्यकर्मी र इन्जिनियरिङ फौजसहित ठूलो सङ्ख्यामा जनशक्ति परिचालन गरी खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणमा सक्रिय रह्यो।

भोटेकोशी बाढीपछिको प्रतिकार्यमा सेनाले योजनाबद्ध रूपमा उपलब्ध स्रोतसाधन परिचालन गर्दै जोखिममा परेका नागरिकको जीवन रक्षा गर्न प्राथमिकता दियो।

भदौ २४ गतेसम्म ४ हजार ८१ जनाको हवाई उद्धार गरिएको तथ्यले सेनाको सक्रियता र उद्धार क्षमतालाई प्रतिबिम्बित गरेको छ। 

यसै क्रममा जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका तीन जनालाई १० दिनपछि जीवितै उद्धार गरिनु विपद् प्रतिकार्यको उल्लेखनीय उपलब्धि हो।

विपद् प्रतिकार्यमा सेनाको भूमिका खोज तथा उद्धारमा मात्र सीमित छैन। भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन परिचालित इमर्जेन्सी मेडिकल रेस्पोन्स टिमले तीन हजार ५३५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो।

महामारी नियन्त्रणका लागि निर्मलीकरण, मनोसामाजिक परामर्श तथा राहत सामग्रीको गुणस्तर परीक्षणजस्ताकार्यसमेत सञ्चालन गरिए। त्यसले विपद्पछिको मानवीय आवश्यकता सम्बोधनमा सेनाको बहुआयामिक भूमिकालाई स्पष्ट पारेको छ।

यसैगरी, असोजको अविरल वर्षा र बाढीका कारण पर्वत, बाग्लुङ, म्यादी र मनाङ जिल्लाहरूका प्रभावित नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणमा समेत सेनाले महत्त्वपूर्ण योगदान गरेको छ।

जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हवाई माध्यमबाट सुरक्षित स्थानमा स्थानान्तरण गरियो। त्यस्तै असोज २५ गते बूढीगण्डकी बाढीबाट प्रभावित स्वदेशी तथा विदेशी गरी एक हजार १०६ जनालाई हेलिकप्टर र स्थल मार्गबाट उद्धार गरियो।  

सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी र प्रभावित घरमा डुबानमा परेका सामान सुरक्षित रूपमा निकाल्न सहयोग गरेको थियो।

विपद्पछिको पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणमा समेत सेनाको योगदान उल्लेखनीय छ।

भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल पुनः सञ्चालन गर्न देवीघाटस्थित तादी खोला र बेत्रावतीस्थित फलाकु खोलामा एक्रोब्रिज जडान गरी रसुवाको आवागमन सहज बनाउन सेनाले सहयोग गर्यो।

त्यस्तै, मनाङको चामेमा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालन गर्न, अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा सहयोग गर्न तथा बगाएको पुलको स्थानमा अस्थायी पुल निर्माण गरी माथिल्लो मनाङसँगको आवागमन सुचारु गर्न सेनाले भूमिका निर्वाह गरेको थियो।

बुढीगण्डकी बाढीबाट क्षतिग्रस्त आरुघाटस्थित पुलको स्थानमा बेलिब्रिज जडान तत्काल जडान गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

ती उपलब्धिको अर्को महत्त्वपूर्ण आधार विभिन्न निकायबीचको समन्वय र सहकार्य हो। विपद् व्यवस्थापन कुनै एक निकायको प्रयासबाट मात्र सम्भव हुँदैन।

नेपाल सरकारको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, स्थानीय प्रशासन, स्थानीय तह, गैरसरकारी संस्था तथा स्थानीय समुदायबीचको एकीकृत प्रयासले उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाएको छ।

भोटेकोशी बाढीका क्रममा त्रिशूलीको मैथिली क्याम्पमा विपद् प्रतिकार्य ट्याक्टिकल हेडक्वार्टर र रसुवाको धुन्चेमा फरवार्ड कमान्ड सेन्टर स्थापना गरी फिल्ड तहका समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको थियो।

त्यसले निर्णय प्रक्रिया र कार्यान्वयन बीचको दूरी घटाउँदै उपलब्ध जनशक्ति तथा स्रोतसाधनको व्यवस्थित परिचालनमा सहयोग पुर्या‍एको थियो।

त्यस क्रममा त्रुटिरहित ढङ्गबाट हवाई, जमिनी र टनेलजस्तो जोखिमपूर्ण उद्धार कार्य गरेर नेपाली सेनाले आफ्नो साहसिक र व्यावसायिक क्षमतासमेत प्रदर्शन गरेको छ।

नेपाली सेनाको नेतृत्वमा हरेक वर्ष सञ्चालन हुने संयुक्त विपद् प्रतिकार्य अभ्यासले पनि यस्तो समन्वयलाई थप सुदृढ बनाएका छन्। 

पूर्वतयारी, तालिम, अभ्यास र वास्तविक घटनास्थलमा गरिएको सहकार्यले विपद्का बेला विभिन्न निकायबीच कार्यगत एकरूपता कायम गर्न मद्दत पुर्याउउँछ।

प्रतिकूल मौसम, दुर्गम भूगोल र अवरुद्धस्थल मार्गका बाबजुद ड्रोनजस्ता प्रविधिको उपयोग गरी आवश्यक सामग्री ढुवानी तथा उद्धार कार्यलाई सहज बनाइनुले सेनाको बदलिँदो प्रविधिप्रतिको अनुकूलन क्षमता पनि देखाएको छ।

प्राकृतिक विपद् रोक्न नसकिए पनि प्रभावकारी पूर्वतयारी, समयमै उद्धार, राहत, पुनः स्थापना र आपसी सहकार्यबाट यसको क्षति न्यूनीकरण गर्न सकिन्छ।

विपद्का हरेक कठिन घडीमा अग्रपङ्क्तिमा रही नागरिकको जीवन रक्षामा समर्पित नेपाली सेनाको भूमिका केवल सुरक्षा दायित्वमा सीमित छैन, यो मानवीय सेवा, राष्ट्रिय जिम्मेवारी र नागरिकप्रतिको प्रतिबद्धताको सशक्त उदाहरण पनि हो। 

सरोकारबाला निकायबीचको समन्वय, सहकार्य र सामूहिक प्रयास नै प्रभावकारी विपद् प्रतिकार्यका आधार हुन् भन्ने सन्देश हालैका विपद्का घटनाले पुनः पुष्टि गरेको छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
२ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस