शीतलहरले कठ्यांग्रिँदै विपन्न
१७ पौष २०८२
•
४ मिनेट पाठ
शीतलहरले कठ्यांग्रिँदै विपन्न
पूर्वपश्चिम राजमार्गबाट मुस्किलले पाँच सय मिटर दक्षिण गएपछि आउँछ गोलबजार नगरपालिका ८ मुसहरी टोल। बाँसको खम्बामा अड्याइएको सानो छाप्रोमा एकातिर परालको बेरा अर्कातिर चिथ्रा परेका कपडा छन्। चिसो भुइँमा बिछ्याइएको परालको डसना छ। त्यसमाथि ओछ्याइएको छ पातलो चिथ्रा परेको सुकुल।




नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने छ। गोलबजार नगरपालिका ८ मुसहरी टोलका रामविलासा सदायको घरको दृश्य हो यो। यही छाप्रोमा चार छोराछोरीसहित उनी बस्छन्। एक सातादेखि चलेको शीतलहरले उनको परिवारका सदस्य कठ्यांग्रिएका छन्।

पश्चिमी हावासँगै शीतलहरका कारण थरथर काँप्दै छाप्रोबाहिर बसिरहेका उनलाई बाहिर किन बस्नुभएको भनेर सोध्दा जवाफ आयो, ‘भितर स आराम त बाहरेमे बुझाइछै, भुँइया, लार, चेथरा सबटा कनकन छै (भित्रभन्दा बाहिरै न्यायो मसहसुस भइरहेको छ, घरभित्र भुँइ, ओछ्याएको पराल, ओढ्ने चिथ्रा परेको कपडा सबै चिसिएको छ)।’

छाप्रोमा चारैतिरबाट हावा छिर्छ। जसका कारण सबै थोक चिसिन्छ। रातभर चिसोका कारण उनी निदाउन सक्दैनन्। मागेर ल्याएको पराल ओछ्याउने कि बालेर ताप्ने उनलाई समस्या छ। अहिलेसम्म स्थानीय सरकारले आगो ताप्न दाउरा दिएको छ न ओढ्न न्याना कम्बल नै।

उनले भने, ‘हमरा जेहेन गरिब सबके दुःख देखैबाला कोइ नै छै, भगवान भरोसे जियल छियै। लगैयई पछिया हावा जान लए क छोड्तै ( हामी जस्ता गरिबको पीडा हेर्ने कोही छैनन्, भगवान् भरोसा बाँचेको छुँ। लाग्छ यो पछिया हावाले ज्यान लिएरै छोड्छ)।’

यो पीडा रामविलासको मात्र नभई यहाँका २० घर मुसहर परिवारका सबैको हो। रामविलास जस्तै बस्तीका सबै भगवान् भरोसा शीतलहर काटिरहेका छन्। गोलबजार–११ बलकवानजिक मैनावती पुलमुनि लहरै सुकुमवासी मुसहरका ४० छाप्रा छन्। एउटामा बस्छिन्– सुमित्रा सदा। चिथ्रा परेको सारीले छाप्रो बेरेर पश्चिमी हावाको सिरेटो छेक्दै दिनरात काटिरहेकी सुमित्रा भन्छिन्, ‘लगैईय पछिया हावा जानलए क छोड्तै (यो पछिया हावाले ज्यान लिएरै छोड्छ जस्तो छ)।’

राति पर्ने शीतले परालले छाएको छाप्रो भिज्छ। बिहान त्यो शीतको थोपा ओछ्यानमा चुहिन्छ । ज्यान तताउने लुगाजति सबै भिज्छन् । सुत्ने परालको ओछ्यान चिसिन्छ। ‘जेनतेन भगवान् भरोसे जान बचल छै (जसोतसो भगवान् भरोसा ज्यान जोगिएको छ)’ उनी भन्छिन्, ‘हमर सबके सहारा भगवान्बाहेक कोई नै भेल (भगवान्बाहेक हाम्रो सहारा को हीभएन )।’

गोलबजार–१० मुसहरी टोलकी ४० वर्षीया कुन्ती सदाको व्यथा पनि सुमित्राको भन्दा कम दर्दनाक छैन। उनी घाम लागेपछि ओछ्यानमुनि ओछ्याएको पराल बाहिर सुकाउँछिन्। राति चिसो भुइँले ओसिएको ओछ्यानको पराल दिनभरि घाममा न्यानो पारेर राति फेरि बिछ्याउनु उनको हिउँदको दैनिकी हो। ‘घरमे सरकार एला पर जाड स गरिबके नै कठुवाई परतै कहैछेलै, सब झुठेके प्रचार छेलै (दैलोमै सरकार आएपछि गरिबले कठ्यांग्रिएर सास्ती खेप्नुपर्दैन भन्थे, सब झुटो प्रचार रहेछ)’, कुन्तीले भनिन्, ‘गरिबके सहारा दैबाला सरकार कतौने छै, घरमे सरकार एलो पर हमरा सबके देह आ बिछौना गरम नै भैलै (गरिबलाई सहारा दिने सरकार कतै छैन, दैलोमै सरकार आए पनि गरिबका लागि न्यायो आएन)।’

सिरहाकै मिर्चैया नगरपालिका–७ स्थित तात्रीबारीकी शोभा सदाका लागि पनि शीतलहर कम्ता कष्टकर छैन। शरीर न्यानो पार्न न उनीसँग कम्बल छ न न्यानो कपडा नै । वर्षौं पहिले राहतमा पाएको कम्बलमा समेत भ्वाङ परिसकेको छ। त्यसमै बेरिएर शीतलहर काट्दै छन्  उनी। शोभाजस्तै यहाँका १५ परिवार सुकुमवासीको अवस्था शीतलहरले बेहाल छ।

मिर्चैया नगरपालिका–६ स्थित जिवा मगरटोल र भोटिया टोलका भूमिहीन तथा विपन्न मुसहर समुदायका करिब ३० घरपरिवार त्रिपालको भरमा छन्। बस्तीका ४५ वर्षीय विजय सदायको ६ जनाको परिवार त्रिपालमुनि पछिया (पश्चिमी) हावाको सिटेरोले काँप्दै गरेको अवस्थामा देखिए।

उनले भने, ‘जनता आवसका नाममा पक्की घर बनाइदिन्छु भनेर फुसको छाप्रो पनि भत्काइदिएपछि हामी घर न घाटका भएका छौं। अहिलेसम्म न घर बनाइदिए न हामीलाई सुरक्षित बासको व्यवस्था गरिदिए। घर बन्ला नबन्ला तर यो शीतलहरले ज्यानै लेला जस्तो छ। हिलेसम्म भगवान्ले बचाइदिएको छ। सरकार त हाम्रा लागि नाम मात्रको रहेछ। गरिबका लागि सरकार छ भन्थे सब झुट रहेछ।’

एक सातादेखि चलेको शीतलहर र पश्चिमी हावाका कारण मधेसको मौसम चिसिएको छ। चिसो पछिया हावा र शीतलहरले शरीर कठ्यांग्रिन थालेको छ। हुनेखानेलाई यसले असर नपारे पनि हुँदा खाने सुकुमवासी र विपन्न समुदाय मारमा परेका छन्। बनिबुतो गरेर दुई छाक जेनतेन टार्ने सुकुमवासीको चिसो छल्ने न्यानो कपडा र सिरक–डसना किन्न हैसियत छैन । चिसो बढेपछि विपन्न बस्ती राति निदाउँदैन। ‘जाड बढ्ला पर राइतमे निन नै होइछै, लार पजाइर क आइगतापु त भँइयामे बिछाउब कथी (शरीर कठ्यांग्रिँदा राति निद्रा लाग्दैन, पराल बालेर आगो तापौं भने चिसो भुइँमा के बिछ्याउने)  
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस