मनसुनसँगै बर्सेनि चट्याङको त्रास
२८ साउन २०८३
•
७ मिनेट पाठ
मनसुनसँगै बर्सेनि चट्याङको त्रास
गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेको थियो। इलामको सुन्दर गाउँ रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो। जीवनको लामो यात्रा पार गरिसकेका मोक्तानका लागि त्यो रातको चट्याङ ‘काल’ बनेर आयो।




राति मुसलधारे पानी परिरहेको समय काठको बेरा र टिनको छानो भएको आफ्नो दुईतले घरको बरन्डामा बसिरहेका मोक्तान रातको करिब १ः०० बजे अचानक आकाश थर्कियो वर्षासँगै आकाशबाट खसेको त्यही चट्याङको चपेटामा परेर घटनास्थलमै उनको मृत्यु भयो।

त्यसैगरी, गत असार १४ गते सङ्खुवासभाको मकालु गाउँपालिका–१, चिर्खाङमा चट्याङ लागेर ३९ वर्षीया कुमारी राईको पनि मृत्यु भयो।

ठूलो वर्षा र हावाहुरी चलिरहेका बेला घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो। यी घटनाहरु केही उदाहरण मात्र हुन्।

जब नेपालमा वर्षायाम सुरु भएसँगै आकाशमा काला बादल मडारिन थाल्छ, सहर बजारभन्दा गाउँघरमा चट्याङको डर र त्रास पैदा हुन थाल्छ।

बाढी र पहिरोजस्ता आँखाले देखिने विपद्को चर्चा धेरै भए पनि कुनै पूर्वसङ्केत बिना आकाशबाट खस्ने चट्याङले हरेक वर्ष दर्जनौँको ज्यान लिने गरेको छ भने करोडौँ धनजनको क्षति हुने गर्दछ।

नेपालमा बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्को चर्चा सधैँ अग्रपङ्क्तिमा हुन्छ तर तथ्याङ्क पल्टाएर हेर्ने हो भने यी ठूला र दृश्य विपद्भन्दा शान्त र अदृश्य रूपमा आउने ‘चट्याङ’ नेपालका लागि उत्तिकै घातक बन्दै गएको देखिन्छ।

वर्षा सुरु हुनासाथ आकाशमा चम्किने बिजुली र त्यससँगै आउने गर्जन धेरैका लागि सामान्य प्राकृतिक घटना हुन् तर यही प्राकृतिक घटना केही सेकेन्डमै ज्यान लिने ‘अदृश्य काल’ बन्ने गरेको छ।

विशेषगरी मनसुनको समयमा कोशी प्रदेशका पहाडी तथा तराई जिल्लामा चट्याङका घटना बढ्ने गरेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु आवमा २०८२/८३ को असार सम्ममा चट्याङका कारण प्रदेशमा ६६ नागरिकले ज्यान गुमाइसकेका छन् भने २१८ जना घाइते भएका छन्।

मृत्यु हुनेमध्ये ४४ पुरुष र २२ महिला रहेका छन्। घाइतेमध्ये ११५ पुरुष र १०३ महिला छन्। पुरुषहरु बाहिरी काममा बढी संलग्न रहने भएकाले महिलाको तुलनामा पुरुष बढी चट्याङको जोखिममा पर्ने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बताए।

कार्यालयका अनुसार आव २०७८/७९ मा १५ जनाको मृत्यु भएको छ। आव २०७९/८० मा १२ जना, आव २०८०/८१ मा १२ जना, आव २०८१/८२ मा १८ जना तथा चालु आव २०८२/८३ को असार २५ गतेसम्म नौ जनाको चट्याङका कारण मृत्यु भएको छ।

कोशी प्रदेशमा पछिल्लो पाँच आर्थिक वर्षको तथ्याङ्क अनुसार चट्याङका घटनाबाट घाइतेको विवरण हेर्दा सबैभन्दा बढी ओखलढुङ्गामा पाँच वर्षको अवधिमा ४३ जना घाइते भएका छन्।

त्यसैगरी, भोजपुरमा ४० जना, उदयपुरमा ३३ जना, खोटाङमा २७ जना र ताप्लेजुङमा १९ जना घाइते भएका छन्।

त्यस्तै, झापा र सुनसरीमा १३/१३ जना, धनकुटामा नौ जना, पाँचथर र मोरङमा आठरआठ जना तथा सोलुखुम्बुमा छ जना घाइते भएका छन्।

इलाम, तेह्रथुम र सङ्खुवासभामा भने उक्त अवधिमा चट्याङबाट घाइते भएको विवरण शून्य रहेको तथ्याङ्कमा उल्लेख छ।

पाँच वर्षको अवधिमा कोशी प्रदेशमा २१८ जना घाइते भएका छन्। चट्याङले विशेषगरी पहाडी जिल्लामा बढी प्रभाव पारिरहेको छ।

मानिस मात्र होइन, चट्याङले पशुधन र भौतिक संरचनामा पनि ठूलो क्षति पुर्याउने गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता थापाका अनुसार पाँच वर्षको अवधिमा चट्याङका कारण एक हजार ३२ वटा पशुचौपाया मरेका छन् भने चट्याङका कारण लागेको आगलागीबाट प्रदेशका १७० वटा घर तथा गोठ जलेर नष्ट हुँदा रु तीन करोड ७२ लाख ६५ हजार ३५० बराबरको क्षति भएको छ।

नेपालमा वर्षायाम सुरु हुनासाथ रेडियो, पत्रपत्रिका, अनलाइनदेखि टेलिभिजनसम्म बाढी र पहिरोकै चर्चा र बहस बढी सुनिन्छ तर आफ्नै घरभित्र सुरक्षित बसिरहेका सर्वसाधारणले चट्याङका कारण बर्सेनि ज्यान गुमाउनु परिरहेको तीतो यथार्थ ओझेलमा पर्ने गरेको छ।

सहरको तुलनामा ग्रामीण बस्तीहरू चट्याङको उच्च जोखिम हुने गरेको छ। गाउँघरमा प्रायः घरहरू काठ र टिनले बनेका हुन्छन्, जहाँ चट्याङबाट बच्ने ‘अर्थिङ’ (सुरक्षा प्रविधि) जडान गरिएको हुँदैन।

पहाडी भेगका स्थानीय बासिन्दामा यसबारे न त पर्याप्त सचेतना नै छ। यस्तो अवस्थामा आकाशबाट खस्ने बिजुलीको एउटै झट्काले परिवारको ओत लाग्ने ठाउँ मात्र उजाड बनाउँदैन, घरका सदस्य नै सधैँका लागि खोसेर लैजान्छ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ विभागीय मौसमविद् विभूति पोख्रेलले पछिल्ला केही वर्षयता मौसममा देखिएको अस्थिरता र जलवायु परिवर्तनको प्रभावका कारण मेघगर्जनसहित चट्याङका घटना बढ्दो क्रममा देखिएको बताइन्।

‘मनसुन तथा प्रि–मनसुन अवधिमा मौसममा अचानक परिवर्तन भई मेघगर्जन, हावाहुरी र वर्षासँगै चट्याङ पर्ने सम्भावना उच्च रहने भएकाले विशेष सतर्कता आवश्यक हुन्छ’, उनले भनिन्।

चट्याङ प्राय खुला स्थानमा रहेका मानिसलाई बढी प्रभावित गर्छ। खेतबारीमा कृषि कार्य गरिरहेका किसान, पशुचौपाया चराइरहेका गोठाला, जङ्गलमा घाँस दाउरा सङ्कलन गर्न गएका स्थानीय तथा खुला चौर, डाँडाकाँडा वा नदीकिनारमा रहेका व्यक्तिहरू बढी जोखिममा पर्ने गरेको उनको भनाइ छ।

ग्रामीण क्षेत्रमा जीविकोपार्जनका अधिकांश काम खुला वातावरणमै हुने भएकाले चट्याङबाट हुने मानवीय क्षति पनि पहाडी भेगका ग्रामीण क्षेत्रहरुमा तुलनात्मक रूपमा बढी देखिने गरेको उनले बताइन्।

उनले भनिन्,‘मौसम खराब हुने सङ्केत देखिन साथ खुला स्थानबाट सुरक्षित आश्रयमा जानुपर्छ, अग्ला रुखमुनि बस्न हुन्न, बिजुलीका पोल, टेलिफोनका तार, ट्रान्सफर्मर तथा अन्य धातुजन्य संरचनाबाट टाढा रहन सके चट्याङको जोखिम कम हुन्छ।’

सकेसम्म पक्की भवनभित्र बस्ने, झ्याल–ढोका बन्द गर्ने, विद्युतीय उपकरणको अनावश्यक प्रयोग नगर्ने तथा मौसमसम्बन्धी सूचना र पूर्वानुमान नियमित रूपमा पछ्याउने बानी बसाल्नुपर्ने उनको सुझाव छ।

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि व्यक्तिगत सावधानी मात्र पर्याप्त भने हुँदैन। विद्यालय, स्थानीय तह, समुदाय तथा सरोकारवाला निकायले नियमित रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु, चट्याङबाट बच्ने उपायबारे नागरिकलाई जानकारी गराउनु तथा मौसमसम्बन्धी पूर्वसूचना प्रभावकारी रूपमा स्थानीयस्तरसम्म पुर्याउनसके मानवीय तथा भौतिक क्षति घटाउन सकिने मौसमविद् पोख्रेलको भनाइ छ।

अभिलेख राख्न ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ आवश्यक

चट्याङ कहाँ, कहिले, कति पटक र कति तीव्रतासहित परेको थियो भन्ने वैज्ञानिक अभिलेख राख्न ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ अपरिहार्य मानिन्छ।

कोशी प्रदेशमा यस्तो प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा नहुँदा चट्याङका घटनाको विस्तृत र वैज्ञानिक अभिलेख राख्न चुनौती रहेको छ।

जल तथा मौसम विज्ञान कार्यालय धरानका सूचना अधिकारी रूपक थापाका अनुसार प्रदेशभर चट्याङको स्थान, समय, आवृत्ति र तीव्रता मापन गरी अभिलेख राख्ने प्रणाली हाल सञ्चालनमा छैन।

उनका अनुसार कोशी प्रदेशमा अहिले विराटनगर विमानस्थलमा रहेको ‘लाइटनिङ डिटेक्टर’बाट मात्रै सीमित रूपमा विवरण प्राप्त हुने गरेको छ।

विमानस्थलको हवाई सेवा सञ्चालनसँग सम्बन्धित प्रयोजनका लागि जडान गरिएको उक्त उपकरणले विमानस्थल सञ्चालन अवधिमा मात्र रेकर्ड गर्ने भएकाले प्रदेशभरका चट्याङका घटनाको समग्र विवरण सङ्कलन गर्न पर्याप्त नरहेको उनको भनाइ छ।

लाइटनिङ डिटेक्टर उपकरण धरानमा पनि छ तर धरानमा रहेको लाइटनिङ डिटेक्टर उपकरण केही वर्षअघिसम्म सञ्चालनमा रहे पनि अहिले बिग्रेको अवस्थामा रहेको छ।

आवश्यक मर्मत तथा स्तरोन्नति हुन नसक्दा उपकरण पुनः सञ्चालनमा आउन सकेको छैन। थापा भन्छन्, ‘‘धरान कार्यालयमा रहेको लाइटनिङ डिटेक्टर लामो समयदेखि बिग्रिएको कारण अहिले कोशी प्रदेशमा विराटनगर विमानस्थलबाहेक अन्यत्र चट्याङ मापन गर्ने प्रभावकारी प्रणाली छैन।’

कोशी प्रदेशमा चट्याङका अधिकांश घटना प्रि–मनसुन र मनसुन अवधिमा हुने गरेका छन्। तर, प्रदेशका कुन क्षेत्रमा, कुन समयमा, कति पटक र कति तीव्रतासहित चट्याङ पर्यो भन्ने तथ्याङ्क नियमित रूपमा सङ्कलन गर्ने प्रणाली नहुँदा वैज्ञानिक अध्ययन तथा जोखिम विश्लेषण गर्न कठिनाइ भइरहेको छ।

दैनिक, मासिक वा वार्षिक रूपमा चट्याङको अभिलेख राख्ने व्यवस्था छैन। कुन जिल्ला बढी प्रभावित भयो, जोखिमको प्रवृत्ति कस्तो छ भन्ने विषयमा विस्तृत विश्लेषण गर्न पनि कठिन हुने गरेको उनले बताए।

थापाका अनुसार चट्याङको वैज्ञानिक अभिलेखले जोखिमयुक्त क्षेत्र पहिचान, पूर्वसूचना प्रणालीको विकास, विपद् व्यवस्थापन योजना निर्माण तथा जनधनको क्षति न्यूनीकरणका लागि महत्वपूर्ण आधार प्रदान गर्छ।

त्यसैले प्रदेशका विभिन्न जिल्लामा लाइटनिङ डिटेक्सन नेटवर्क विस्तार गरी त्यसलाई नियमित सञ्चालनमा ल्याउन सके चट्याङसम्बन्धी तथ्याङ्क सङ्कलन, अनुसन्धान तथा पूर्वतयारीका काम अझ प्रभावकारी हुने उनको भनाइ छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस