प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा यस्तो हुनुपर्छ
०३ मंसिर २०८३
•
६ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा यस्तो हुनुपर्छ
नेपालका लागि भारतीय पूर्वराजदूत रणजीत रायले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणले दुई देशका प्रधानमन्त्रीबीच सार्थक र प्रत्यक्ष भेटवार्ता गर्ने पहिलो अवसर प्रदान गर्ने बताएका छन्।




उनले भने, ‘उक्त भेटवार्ताले पुनः सशक्त र गतिशील साझेदारीको परिकल्पना तय गर्न तथा त्यसलाई अघि बढाउने दिशा पनि निर्धारण गर्न मद्दत गर्नेछ।’ उनले हालैमात्र एक भारतीय मिडियामार्फत सो बताएका हुन्।

यसैगरी, नेपालका लागि अर्का पूर्वभारतीय राजदूत नवीन श्रीवास्तवले पनि यो भ्रमण निकै महत्वको रहने बताए। ‘यो भ्रमणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री बालेन्द्र शाहबीच प्रत्यक्ष संवादको पहिलो अवसर जुटाउनुका साथै दुई देशबीचको सम्बन्ध सुदृढ पार्ने महत्वपूर्ण मौका प्रदान गर्नेछ’, उनले भने।

राजदूत श्रीवास्तावले भारतीय मिडियामा भनेका छन्, ‘शाह नेतृत्वको सरकारका लागि आर्थिक वृद्धि र रोजगारी सिर्जना चुनौती बनेका छन् भने गत अगस्टको बाढी पहिरोजस्ता प्राकृतिक विपद्ले थप जटिलता थपेका छन्। भारतले सुरुआतदेखि नै नयाँ सरकारसँग संवाद बढाएको छ  शाहको ‘विकास कूटनीति’ र भारतको ‘छिमेकी पहिलो नीति’ अनुरूप दुवै अर्थतन्त्रलाई जोड्ने नयाँ दृष्टिकोण आवश्यक छ।’

नेपालमा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यअनुरूप हाल वर्षायाममा करिब एक हजार २०० मेगावाट बिजुली भारत निर्यात भइरहेको र अरुण तेस्रोलगायतका आयोजना निर्माणाधीन रहेका पनि उनले स्मरण गरे।

उनले नेपाली स्टार्टअपलाई भारतको ‘स्टार्टअप इकोसिस्टम’सँग जोड्ने र नेपालमा आइआइटी क्याम्पस स्थापना गर्ने दिशामा सहकार्य विस्तार गर्नुपर्ने सुझाव दिए। उनीहरु दुवैको ठहर छ–प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण निकै महत्वपूर्ण हुनेछ। 

प्रधानमन्त्री शाह आगामी साता भारतको राजकीय भ्रमणमा जाँदै छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछिको यो पहिलो भारत भ्रमणको यतिखेर नेपाल र भारतमा नै चर्चा सुरु भएको छ र चर्चामा छन् एजेण्डा।

यो भ्रमण नेपालको कूटनीतिक, आर्थिक तथा रणनीतिक दृष्टिकोणले महत्वपूर्ण अवसर हो। नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, व्यापारिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै छिमेकी देशका नाताले दुई देशबीच समय समयमा देखापर्ने कतिपय समस्या समाधानका लागि उच्च तहमा संवाद र समझदारी पनि निर्माण गर्ने अवसर प्राप्त हुनेछ।

यस भ्रमणबाट नेपालले बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि आर्थिक सहयोग, भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि थप हवाई रुट, जलविद्युत् विकास, ऊर्जा व्यापार, सडक तथा रेलमार्ग विस्तार र पेट्रोलियम पाइपलाइन निर्माणमा ठोस उपलब्धि हासिल गर्नसक्ने अपेक्षा गरिएको छ।

यसका साथै नेपाल भारत सीमा विवाद, व्यापार घाटा तथा पारवहनका समस्यालाई नेपालको राष्ट्रिय हितअनुसार समाधान गर्न भारतसँग कूटनीतिक पहल गर्ने अवसर पनि यस भ्रमणले प्रदान गर्नेछ।

भारत नेपालको प्रमुख व्यापारिक तथा विकास साझेदार भएकाले यो भ्रमणलाई केबल औपचारिक भेटघाटमा मात्र सीमित नराखी रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, लगानी आकर्षण, पूर्वाधार विकास र आर्थिक समृद्धिको आधार बनाउन सकिने आधारहरु पनि पहिल्याउन भ्रमण फलदायी हुने अपेक्षा गर्न सकिन्छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र त्यहाँ ६० अर्बभन्दा बढीको लगानी गरिसकेको छ। होटलमा मात्र रु ३० अर्ब लगानी थपिएको निजी क्षेत्रको तथ्यांक छ।

विमानस्थलकै आशले सेवा तथा पर्यटन क्षेत्रका धेरै संरचना पनि बने। लुम्बिनी क्षेत्रमा मात्र दैनिक २० हजार जनाको चहलपहल हुने आँकलन सो विमानस्थल बनाउने ताकाका विश्लेषण थिए।

तर अहिले सोचेजस्तो विमानस्थल सञ्चालनमा आउन सकेन। यसले निराशा मात्र थपिदिएको छ। यतिका धेरै लगानी डुब्ने त्रास बढ्दो छ। यहाँ विदेशी जहाज नउडेकाले भारतसँग रुट अनुमतिका लागि नागरिकको आग्रह छ।

यसअघिका प्रधानमन्त्रीहरु भारत जाँदा पनि प्राथमिक एजेण्डामा यो पनि थियो। लुम्बिनी क्षेत्रमा लगानी गरेको निजी क्षेत्रमात्र होइन कि काठमाडौं बाहेकको अर्को अन्तर्राष्ट्रिय विमानस्थलको पर्खाइमा बसेका आमनेपाली नागरिकको चासो यो विमानस्थलमा छ। 

त्यसैले धेरैले हवाई रुट प्राप्त गर्ने विषयमा नेपाली पक्षले प्राथमिकताका साथ प्रस्ताव गर्नुपर्ने सुझाएका छन्। उता पोखरा विमानस्थललाई पनि पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नसकिएकाले यो एजेण्डा हाम्रो पहिलो प्राथमिकतामा रहनुपर्दछ।

भ्रमणका क्रममा दुई देशबीच ‘कनेक्टिभिटी’ विस्तार, विकास सहायता, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल हुने त छँदैछ। थप हवाई रुटका अतिरिक्त हवाई कनेक्टिभिटी विस्तार, रेलवे तथा सडक सञ्जाल विस्तार र ऊर्जा क्षेत्रको पूर्वाधार विकास पनि नेपालका लागि महत्वपूर्ण एजेण्डा हुन्।

रेलवे कनेक्टिभिटीअन्तर्गत जनकपुर–अयोध्या रेलवेको शुभारम्भ, जयनगर–जनकपुर रेलसेवालाई बर्दिवाससम्म विस्तार, रक्सौल–काठमाडौँ रेलमार्गको सम्भावना तथा अन्य रेलवे सम्पर्क विस्तारका विषयमा यो भ्रमणमा सहमतिको अपेक्षा छ।

नेपाल र भारत सदियौँ पुराना मित्र हुन्। त्यसैले यो भ्रमणले कुनै लेनदेन, व्यापार या सम्झौताभन्दा माथि उठेर छिमेकीपन र खुला सीमासहितको खुला सम्बन्ध विस्तारलाई महत्व दिनु अर्को आवश्यकता हो। यसैबाट सम्बन्धको मापन गर्नुपर्दछ र द्विपक्षीय हितलाई अग्रसूचीमा राख्नुपर्दछ।

यस आधारमा सम्बन्धको बहुआयामिकताको मापन गर्नु दुवैतर्फको हितमा हुन्छ। खुला सिमाना हुनुको धेरैमध्येको एउटा अर्थ हाम्रा द्विपक्षीय सम्बन्धका आयाम र आयतन पनि खुलापनमै आधारित हुनुपर्छ भन्ने हो। खुला सिमानासँगै हृदय पनि खुला नै हुनुपर्छ भन्ने हो।

खुला हृदयबाट नै एकले अर्काका अप्ठ्यारा बुझ्न र मापन गर्न पनि सकिन्छ, सक्नुपर्छ। ती समस्याको उच्चतम बुझाई र समझदारी निर्माणको काम गर्ने एउटा अवसर दु्वै देशका तर्फबाट हुने उच्चस्तरीय भ्रमण पनि हो। त्यस्तो समझदारी र आपसी हितको कामना यसपटक र हरेकपटक हुने यस्ता उच्चस्तरीय भ्रमणका बखत गरिएको हुन्छ।

यी उच्चस्तरीय भ्रमणलाई आपसी अप्ठ्याराहरूको गाँठो फुकाएर समझदारीको निर्माण गर्नमा केन्द्रित गर्नुपर्दछ। यसका लागि हामीले पनि दुई ठूला छिमेकका समृद्धिबाट लाभ लिनसक्ने कूटनीतिक कौशलताका साथ यो सम्बन्ध अघि बढ्नुपर्छ।

हाम्रा आवश्यकता छिमेकीलाई सुनाउने अथवा मुलुकको राष्ट्रिय हितलाई उनीहरूसँग राख्ने शैलीले कूटनीतिक क्षमता मात्र प्रदर्शन गर्दैन, उनीहरुमा छिमेकपनको दायित्वबोध पनि गराउन सक्दछ। हामीले अब आर्थिक रूपमा समृद्ध दुई ठूला छिमेकीबाट लाभ लिनसक्ने कूटनीतिक क्षमतायुक्त देशको नीति अख्तियार गर्नुपर्छ।

आपसी विश्वासको वातावरण निर्माण गर्ने काममा हाम्रो कूटनीतिक कौशल केन्द्रित हुनुपर्दछ। उच्चस्तरीय भ्रमणको समय आयो कि अनगिन्ती एजेण्डा थुपारेर बोझ बनाउने र नेपालले के पाउँछ भन्ने मात्र सोच पनि राख्नुहुँदैन।

छिमेकी र सदियौँ पुरानो सम्बन्धका कारण हाम्रा एजेण्डा त कैयौँ हुन्छन् तर त्यसभित्र अहिलेको हाम्रो प्राथमिकतालाई माथि राख्नुपर्दछ। हिजो हाम्रो आवश्यकता भारतसँग बिजुली व्यापार थियो भने आज हवाई रुट अत्यावश्यक बनेको छ।

हालका लागि यसैलाई सहजीकरण गर्न आपसी समझदारी निर्माण गर्ने अवसरका रूपमा भ्रमणलाई लिनुपर्दछ। हाम्रा हिजोका प्रतिबद्धता र तिनको कार्यान्वयन एवं छिमेकका नाताले अनेक सम्बन्ध र बन्द व्यापारका खाँचोहरु त भई नै रहन्छन्।

नेपालको परिस्थिति र परिवेश फेरिएको छ र धेरै क्षेत्रमा परिवर्तन पनि देखिँदैछ। त्यसैले प्रधानमन्त्रीको यो भ्रमण पनि नयाँ र खास महत्वको हुनु जरुरी छ। यस हिसाबले पनि यो उच्चस्तरीय भ्रमण दुई प्रधानमन्त्रीबीचको भेटवार्तामा मात्र सीमित हुने छैन भन्ने आम नेपालीको अपेक्षा छ।

जेनजी आन्दोलनपछिको नयाँ राजनीतिक परिस्थितिमा बनेको सरकारको विदेश नीतिको दिशा, नेपालको राष्ट्रिय स्वार्थप्रतिको प्रतिबद्धता र भारतसँगको सम्बन्धलाई नयाँ आधार र आयाममा परिभाषित गर्ने अवसर यो भ्रमणसँग सुरक्षित छ।

त्यसैले सोहीबमोजिमको तयारी र प्रस्तुति हुनु आवश्यक छ। यसका लागि हाम्रो कूटनीतिक क्षमता र अग्रसरता बढी महत्वपूर्ण हुनेछन्। रासस 
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
६ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस