यो महिनामा भारतका तीन प्रमुख धर्मगुरुको नेपाल भ्रमण हुने भएको छ। काठमाडौं, विराटनगर तथा पशुपतिनाथ क्षेत्रमा आयोजना हुने विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा उनीहरूको विशेष सहभागिता रहने बताइएको छ।
आयोजकहरूका अनुसार ती कार्यक्रमहरूमा ठूलो संख्यामा श्रद्धालु तथा धर्मावलम्बीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
सबैभन्दा पहिले, श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष तथा गीता परिवारका संस्थापक स्वामी गोविन्द गिरी जी महाराज नेपाल आउने भएका छन् । उनी मे ९ मा काठमाडौंमा आयोजना हुने जनकल्याण प्रतिष्ठानको २९औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
विश्व हिन्दू परिषद् नेपालअन्तर्गत सञ्चालन भइरहेको जनकल्याण प्रतिष्ठानले नेपालमा जनजातीय विद्यार्थीहरूका लागि “आमा को माया छात्रावास” सञ्चालन गर्दै आएको छ। साथै संस्थाअन्तर्गत करिब १२ हजार एकल विद्यालय सञ्चालन गर्ने योजना समेत रहेको बताइएको छ।
यसैक्रममा, श्रृंगेरी शारदापीठमका शंकराचार्य जगद्गुरु विधूशेखर भारती महाराज मे २२ देखि २८ तारिखसम्म नेपाल भ्रमणमा रहने भएका छन्। श्रृंगेरी शारदापीठमद्वारा जारी जानकारीअनुसार उनी काठमाडौंमा आयोजना हुने “धर्म विजय यात्रा” कार्यक्रममा सहभागी हुनेछन्।
नेपाल बसाइका क्रममा शंकराचार्यले पशुपतिनाथ मन्दिरमा आयोजना हुने विशेष यज्ञमा सहभागिता जनाउने तथा अन्य विभिन्न धार्मिक अनुष्ठानहरूमा पनि सहभागी हुने कार्यक्रम रहेको छ।
त्यसैगरी, भारतको सबैभन्दा ठूलो जूना अखाडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरीजी महाराज पनि जुन महिनामा नेपाल भ्रमणमा आउने भएका छन्। हिन्दू स्वयंसेवक संघको निमन्त्रणामा उनी जुन १९ मा काठमाडौंमा आयोजना हुने विद्वत् गोष्ठीमा प्रवचन दिने कार्यक्रम रहेको छ।
त्यसपछि जुन २० मा विराटनगरमा हिन्दू स्वयंसेवक संघको कोशी सम्भाग कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। सोही दिन आयोजना हुने हिन्दू–बौद्ध–किराँत महासम्मेलनमा पनि उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
यसका अतिरिक्त जुन २१ मा स्वामी अवधेशानन्द गिरी जी महाराजले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने तथा जीवित देवी कुमारीको पूजा-अर्चना गर्ने कार्यक्रम पनि तय गरिएको छ।
यी धर्मगुरूहरूको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।