ताप्लेजुङमा लम्पी स्किनको संक्रमणबाट दुई पशु चौपाया मरेका छन् ।
५४ वटा पशुमा लम्पी स्किनको संक्रमण देखा परेकोमा २ वटा पशु चौपाया मरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालले जानकारी दिए । उनका अनुसार सिदिङ्वा गाउँपालिकामा १ र मेरिङदेन गाउँपालिकामा १ गरी लम्पी स्किनको संक्रमणबाट २ वटा गाई मरेका छन् ।
दाहालका अनुसार अहिलेसम्म मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाका पशुमा मात्र लम्पी स्किनको संक्रमण देखा परेको छैन । सुरुका दिनमा मैवाखोलासहित मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाका पशु चौपायामा समेत लम्पी स्किनको संक्रमण देखा नपरेकोमा पछिल्लो समयमा गरिएको परीक्षणका क्रममा मैवाखोलाका २ पशु चौपायमा लम्पी स्किनको संक्रमण देखा परेको छ । यो सहित ताप्लेजुङका ९ मध्ये ७ स्थानीय तहका पशु चौपायामा लम्पी स्किनको संक्रमण देखा परेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
विज्ञ केन्द्रका प्रमुख दाहालका अनुसार सबैभन्दा बढी फुङलिङ नगरपालिकाका १९ पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टी भएको छ । यस्तै सिदिङ्वा गाउँपालिकाका २, मेरिङदेनका १२, सिरिजङ्गाका ९, फक्ताङलुङका २ र आठराई त्रिबेणीका ८ पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख दाहालका अनुसार सुरुमा फुङलिङ नगरपालिकाको वडा नं १० फुरुम्बु र वडा नं ७ र ८ दोखुको लम्पी स्किन सम्वन्धी संक्रमणका लक्षण देखिएका थिए । उनका अनुसार सम्वन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा मातहतका निकायमार्फत जहाँ लम्पी स्किनको संक्रमण भेटिएको छ, त्यसलाई त्यही सिमित गरी थप बढ्न नदिनेगरी रोकथामका रणनीति अख्तियार गरिएको छ ।
अहिलेसम्म ५ हजार ३ सय ५० डोज लम्पी स्किनको संक्रमण बिरुद्धको खोप प्रदान भइसकेको समेत डाक्टर दाहालले जानकारी दिए ।