दलितको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ, आपराधिक उपद्रव मुद्दामा अनुसन्धान सुरु
२० असोज २०८२
•
२ मिनेट पाठ
दलितको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ, आपराधिक उपद्रव मुद्दामा अनुसन्धान सुरु
सिरहाको कल्याणपुर नगरपालिका–८ अरङका वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् । उनीविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गरी प्रहरीले सोमबार जिल्ला अदालत सिरहाबाट अनुसन्धानका लागि म्याद लिने सिरहाका प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।  




अरङकास्थित सार्वजनिक पोखरीको डिलमा बसोबास गर्दै आएका पाँच घर पासवान (दलित) परिवारको घर भत्काउन नगरपालिकामा पत्राचार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका हुन्। उनीसहित जनाविरुद्ध प्रहरीमा पीडित परिवारले किटानी जाहेरी दर्ता गराएका छन् ।  

गत शुक्रबार पाँच घर पासवान परिवारलाई दुर्व्यवहार गर्दै स्थानीय प्रभाष सिंहसहितको समूहले तोडफोड र लुटपाट गरेको पीडित परिवारको आरोप छ ।

घटना के हो ?

विश्वकर्मा पूजाको दिन (असोज १ गते) अरङ गाउँको गुद्री बजारमा आर्केष्ट्रा (नाचगान कार्यक्रम) थियो । सो कार्यक्रममा स्थानीय प्रभाष सिंह(राजपुत)सहितको समूह र पासवानहरुबीच बिवाद भयो । विवाद बढ्दै जाँदा सिंह समूहले पासवानहरुलाई गाउँबाट उठीबास लगाउने धम्की दिँदै अश्लील गालीगलौज गरेका थिए । त्यसको प्रतिवादमा उत्रेका पासवान परिवारले असोज ३ गते इलाका प्रहरी कार्यालय, मिर्चैयामा सिंहसहितका व्यक्तिमाथि उजुरी दिए । उजुरीउपर छानबिन गर्न प्रहरीले सिंह समूहलाई पटक–पटक छलफलमा बोलाएको थियो । तर, उनीहरु उपस्थित भएनन् । बरु सिंहसहितको समूहले आफूविरूद्ध प्रहरीमा निवेदन दिने हिम्मत गर्ने भन्दै गत शुक्रबार उनीहरुको घर तोडफोड गरे।  

करिब ५० जनाको समूहमा आएका सिंहसहितको समूहले दुर्व्यवहार गर्दै रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान, सोभित पासवानसहित पाँच जनाको घर भत्काइदिएको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन्। घरमा भएको अन्नपात, लत्ताकपडा, गरगहना, नगदलगायत पनि सो समूहले लुटेर लगेको पीडित परिवारको आरोप छ।

घटनापछि पीडित परिवारले शनिबार १३ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दामा जाहेरी गर्दा गराएका छन्। कल्याणपुर ८ का वडाध्यक्ष रामकिशोर यादवसहित स्थानीय प्रभाष सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायत १३ जनामाथि पीडित परिवारले जाहेरी दर्ता गरेको प्रहरी उपरीक्षक शर्माले बताए। जाहेरी दर्ता गरी प्रहरीले वडाध्यक्ष यादवसहित गणेश र कैलाशलाई पक्राउ गरिसकेको छ भने अन्यको खोजी भइरहेको उनले बताए। उनीहरूलाई इलाका प्रहरी कार्यालय, मिर्चैयाको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

त्रीपालमूनी पीडितको बास

घर भत्काएकै दिनदेखि भीषण वर्षा सुरु भयो। छिमेकी र आफन्तबाट प्राप्त त्रिपालमुनी जसोतसो ओत लाग्न बाध्य सञ्जुदेवी पासवान भन्छिन्,‘गाउँकै सरकार(वडाध्यक्ष)को आडमा हामीलाई बेघर बनाइयो। वर्षामा दुस्मनले पनि ओत लाग्ने ठाउँ दिन्छ तर हामीलाई गाउँकै सरकारको निर्देशनमा घरवारविहीन बनाइयो।’

सञ्जु मात्र नभई यहाँका पाँच घर पासवान परिवारको यस्तै बेहाल र कष्टकर बनेको छ। पीडित परिवार बसेको ठाउँमै पुगेर स्थानीय प्रशासनले खाद्यान्न सामग्री र त्रिपाल उपलब्ध गराएको छ। पीडित परिवारले स्थानीय प्रशासन समक्ष आफूहरुलाई दीर्घकालीन समाधान दिन आग्रह गर्दै आएका छन्। 
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२२ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस