किन अटाएनन् नेपाली खेलकुद जगत नयाँ नेतृत्वकाे टप १०० कार्यक्षेत्रमा ? (Hold, Not Applicable)
१६ चैत्र २०८२
•
३ मिनेट पाठ
किन अटाएनन् नेपाली खेलकुद जगत नयाँ नेतृत्वकाे टप १०० कार्यक्षेत्रमा ? (Hold, Not Applicable)
नेपालको नवनियुक्मत प्रधानमन्त्री बालेन्द्र शाहाको नेतृत्वमा नेपाल सरकारले १०० वटा कार्यसूची प्रकाशित गरेको थियो।




नवनियुक्त भएर आएका दोसो दिनमै नयाँ नेतृत्व सम्हाल्न आएका उनले १०० वटा कार्यसूचि सार्वजनिक गर्दै सबैको ध्यान खिचे। ती सूचीमा हरेक क्षेत्रको स-साना देखि ठूला -ठूला कुराहर समेटिएको छ।

जुन सुचि अहिले चौतर्फी चर्चामा छ। यो टप १०० मा पर्नु भनेको नयाँ नेतृत्वले गर्न पहिलो काम हुनेछ। देशमा खाँचो रहेको प्रमुख १०० वटा कुराहरु नयाँ नेतृत्वले पहिलो पूरा गर्नछन्। 

यस्तोमा सुचीमा कलकारखाना, शिक्षा स्वास्थ तथा उर्जा समेत समेटिएको छ। तर, नेपालको वर्तमान अवस्थामा आवश्यक रहेको खेलकुद क्षेत्रको कुरा कुनै पनि ती टप १०० को लिस्टमा पर्न सक्नने।

बालने सरकारमाथि नेपाली खेलकुद क्षेत्रको आश, तर समेटिएन त्यस क्षेत्रका कुरहारु

पछिल्लो समय नेपाली खेलकुद जगतले नयाँ मोड लिइरहेको छ। राष्ट्रमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालका विभिन्न खेलहरु राम्रो छाप छाडिरहेका छन्।

यो अवस्थामा नेपाली खेलकुदप्रेमीहरुले नयाँ नेतृत्वमा आएकामाथि धेरै आशा रहेका थिए। नेपाली खेल जगतले नयाँ फड्को मार्न र खेलाडीहरु मारमा नपर्न सबैको चाहान हाे। तर, नयाँ नेतृत्वले पनि उही पूरानै शौली देखाएको छ।

खेलाडी भनेको राष्ट्रको गहना हो, जुन हरेक राष्ट्रले उनहरुमाथि खर्चिएको हुन्छ। खेलकुद क्षेत्रलाई नसेमटिनु एउटा चिन्ताको विषय हो, किनभन्दा खेलाडीहरु सिमित स्रोत र साधनको बाबजुद पनि अन्तर्राष्ट्रिय स्तरमा आफैँसंगै राष्ट्रलाई पनि चिनाएका हुन्छन्।

नयाँको नेतृत्वले खेलाडीको त्यो रगत, पसिनाको मूल्य राम्रो पूर्वआधारको निर्माण र रगंशालहरुका व्यवस्तिथ गरेर चुकाउन सकथ्थो। नेपालमा अहिलेको अवस्थामा हरेक खेल क्षेत्रले एउटा नयाँ उपलब्धि हासिल गरिरहेको छ, यो अवस्थाामा यो कार्यसुचिको टप १०० मा पर्न सकेको भए खेलाडीलार्य हौसला थप मिलिनेथियो।

नयाँ प्रधानमन्त्री आफैँ खेलकुदमा राम्रो रुचि भएका व्यक्ति हुन, कहिले खेलाडीको हौसला बढाउन खेलाडीलाई भेटुन पुग्ने उनी कहिलो फेसबुक स्टाटसमार्फत खेलाडीको मनोबल उच्च बनाइदिन्थे।

यो अवस्थामा, खेल क्षेत्रमा संग्लन रहेको सबैलाई लागेको थियो, अब नेपाली खेलकुद जगतले पनि मुहार फेर्न छ। याे,नयाँ नेतृत्वको अन्तिम कार्यसुचि त पक्कै होइन, तर देशलाई चिनाउन आवश्यक रहेको खेलकुद जगत नै पहिलो चरणमा नअटनु, यो दुखको कुरा हो। 

किन छुटयो होला, नेपाली खेलकुद क्षेत्र ?

नयाँ नेतृत्वले नेपाली खेलकुद क्षेत्रलाई दोस्रो रोजाईका राखेको छ। यसको मतलब उनीहरुको अहिलेको प्रामथमिकतमा खेलकुद क्षेत्र नरहेको देखियो। तर, किन परेन नेपाली खेलकुद क्षेत्र नया सरकारकाे नजरमा?

नेपालको खेलकुद क्षेत्रको सुधार अहिले पनि "जेरो लेभल"बाट  "लेभल अप "गर्नपर्न अवस्थामा छ।  पछिल्लो समय नेपाली पुरुष क्रिकेट टोली र नेपाली महिला फुटबल टोलीले निकै राम्रो भविष्य बुनेका छन्।

यस्तोमा नया सरकारको योजना खेलाडीलाई खेलमै दीर्घाकालीन रुपमा टिकाउने लक्ष्य हुनेछ। नेपाली खेलकुद क्षेत्रको पछिल्लो समयको मुख्य समस्या भनेको खेलाडी विदेश पलायन हुने हो। वर्षभर प्रतियोगिता नहुने र प्रतियोगिता समयमा भएता पनि तोकिएको रकम र पुरस्कार समयमा नपाएपछि खेलाडी विदेशीन बाध्य नै हुन्छन्। 

पुरस्कार रकम र खेलाडकिो उपचारको लागि भने सरकारले गहिरो रुपमा अध्यन गर्नु पर्न देखिएको छ। खेलाडकिो हकहितमा यो नयाँ नेतृत्वले राम्रो निति लाउने पर्न पनि आवश्यक देखिएको छ। 

नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठूलो चुनौती हो,  बजेट अभाव। हरेक वर्ष आर्थिक वर्षमा अन्य क्षेत्र हेरि खेलकुद साइड मारमा परेको देखिन्छ। नयाँ नेतृत्वयो विषयमा पनि होमर्वक गर्नेछ।

नेपाल मात्र नभई हरेक देशकाे पहिलो रोजाइमा पर्न भनेको नै शिक्षा, स्वास्थ र रोजगारी लगायताका कुरहाहरु हुन् तर विकिसत मुलुका भने खेलको लागि छुटै निति र नियम बनेको हो। 

जसबाट खेलाडी र खेल संघहरु मारमा परेको देखिदैन्।  अन्य क्षेत्र झौ नेपालमा पनि खेलकमा राजनिति हुने गरेको छ। यो अर्को पाटो हुनसक्छ, नेपालिखेलकुद पहिलो रोजाइमा नपर्नु।

वर्तमान सरकारको अहिलेको पहिलो प्राथमिकता हो, देशमा भष्टचार अन्तत्य गर्नु, अहिले कारणले गर्दा नेतृत्व खेलकुदमा हिच्किचएको देखिन्छ। यहि कारणा पनि हुन सक्छ, खेलकुद जगत नया सरकारकाे नजरमा नअटनु।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस