चितवनमा वन्यजन्तुको आक्रमण : पाँच वर्षमा ७३ को मृत्यु, गत वर्ष ११ जनाले ज्यान गुमाए
०७ साउन २०८२
•
३ मिनेट पाठ
चितवनमा वन्यजन्तुको आक्रमण : पाँच वर्षमा ७३ को मृत्यु, गत वर्ष ११ जनाले ज्यान गुमाए
चितवनको खैरहनी नगरपालिका–१३ का पदमबहादुर रानामगर नियमित घाँस काट्न कुमरोज सामुदायिक वन प्रवेश गर्थे। असार २७ गते रानामगर तीन जना साथीसँग वन प्रवेश गरे। अन्य साथी घर फर्के पनि उनी फर्कन पाएनन्। घाँस काटिरहेका ६८ वर्षीय रानामगरलाई बाघले एकाएक आक्रमण गर्यो। उनको घटनास्थलमै मृत्यु भयो।  




यस्तै माघ ३ गते भरतपुर महानगरपालिका–५ स्थित विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीलाई गैँडाले आक्रमण गर्यो। माडी नगरपालिका १ स्थित ध्रुवचोकमा गैँडाले आक्रमण गरेर गम्भीर घाइते भएका भण्डारीको उपचारको क्रममा माघ ९ गते मृत्यु भयो।  

त्यस्तै खैरहनी नगरपालिकाका सुरेश महतोले पनि हात्तीको आक्रमणबाट ज्यान गुमाए। फागुन २४ गते रत्ननगर–७ स्थित लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि ३५ वर्षीय महतोलाई गोविन्दे हात्तीले आक्रमण गरेको थियो।  

यसरी चितवनमा जंगली जनावरको आक्रमणबाट मृत्यु हुनेको संख्या रोकिन सकेको छैन। चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो पाँच वर्षको अवधिमा ७३ जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ। सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परेर १६९ जना घाइते भएका छन्।  

वन्यजन्तुबाट मृत्यु हुनेमा धेरैजसो घाँस काट्न र न्यूरो टिप्न गएका व्यक्ति छन्। बाघ, गैँडा, हात्ती, जंगली बँदेल, मगरगोही, गौरीगाई लगायत वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।  

पाँच वर्षको अवधिमा ३७ जनाको बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ। त्यस्तै गैँडाको आक्रमणबाट २१, हात्तीको आक्रमणबाट ११, मगरगोही र जंगली बँदेलको आक्रमणबाट २/२ र गौरीगाईको आक्रमणबाट १ जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरले जानकारी दिए।  

उनका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाए। सो वर्ष बाघको आक्रमणबाट २१, गैँडाको आक्रमणबाट ५ र हात्तीको आक्रमणबाट ४ जनाको मृत्यु भएको थियो। सो वर्ष २४ जना घाइते भए।  

अन्य आर्थिक वर्षमा भने वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या औसतमा १० छ। गत आर्थिक वर्ष २०८१/०८२ मा वन्यजन्तुको आक्रमणमा परेर ११ जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्। यस वर्ष गैँडाको आक्रमणबाट ८, हात्तीको आक्रमणबाट २ र बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी थापाले जानकारी दिए। गत आर्थिक वर्ष हात्ती, गैँडा, बाघ, जंगली बँदेल, भालुको आक्रमणबाट मानिस घाइते भए। घाइतेमध्ये ३२ जना गम्भीर र ९ जना सामान्य छन्।  

आर्थिक वर्ष २०८०/०८१ मा हात्ती, गैँडा, बाघ र जंगली बँदेलको आक्रमणबाट ११, आर्थिक वर्ष २०७९/०८० मा ९ र आर्थिक वर्ष २०७७/०७८ मा १२ जनाको मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ।  

मध्यवर्ती क्षेत्रका बासिन्दा निकुञ्ज तथा सामुदायिक वनको अनुमति लिएर घाँसदाउरा गर्न छिर्छन्। सोही क्रममा धेरैजसो मानिस वन्यजन्तुको आक्रमणमा परेका छन्। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुंगानाले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको बासस्थानलाई व्यवस्थित गर्नुपर्ने बताउँछन्। उनका अनुसार निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रमसहित मेस जाली लगाउने काम गरिरहेको छ।  

निकुञ्जका अनुसार पछिल्लो तीन वर्षमा १०.९ किलोमिटर सिसीसहितको मेस जाली लगाइएको छ। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आर्थिक वर्ष २०७९/०८० मा ४.७, २०८०/०८१ मा २.७ र आर्थिक वर्ष २०८१/०८२ मा ३.५ किलोमिटर सिसीसहितको मेस जाली लगाइएको रानामगरले जानकारी दिए। निकुञ्जभित्र रहेका वन्यजन्तुलाई बाहिर निस्कन नदिन घाँसे मैदानसहित बासस्थानको राम्रो व्यवस्थापन गर्नुपर्ने संरक्षणकर्मीको भनाइ छ।  

एक वर्षमा वन्यजन्तुको आक्रमणबाट १७९ घरपालुवा पशुको क्षति 
वन्यजन्तुको आक्रमणबाट एक वर्षको अवधिमा १७९ वटा घरपालुवा पशुको क्षति भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी चितुवाको आक्रमणबाट १४० वटा पशुको क्षति भएको छ। त्यस्तै बाघको आक्रमणबाट ३७ र अजिंगरबाट २ वटा पशुको क्षति भएको सूचना अधिकारी रानामगरले जानकारी दिए।  

हात्तीबाट २३ घरमा क्षति  
चितवन राष्ट्रिय निकुञ्ज आसपासका २३ वटा घरमा हात्तीले क्षति पुर्याएको छ। निकुञ्जका अनुसार गत आर्थिक वर्षमा १३ वटा घरको अन्नभण्डारमा क्षति भएको छ।  
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस