हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु
०८ मंसिर २०८३
•
२ मिनेट पाठ
हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु
हलेसी तुवाचुङ नगरपालिकाका महिलाले साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन सुरु गरेको छ।




स्थानीय महिलाले खेर गइरहेका घिउकुमारी, तितेपाती, पुदिना, तुल्सी लगायतका वनस्पतिबाट लुगा धुने साबुन, मुख धुने हर्बल साबुन, हात धुने झोल साबुन, एरियल तथा सामान्य सरफ, हर्पिक, कोलिन, लाइजोल र फिनेल जस्ता सरसफाइका सामग्री उत्पादन गरेका हुन्।

हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय महिलालाई गाउँमै स्वरोजगार बनाउन गत वैशाखमा आधारभूत तालिम निःशुल्क प्रदान गरेको थियो। गाउँघरमा त्यसै खेर गइरहेका वनस्पतिबाट साबुन लगायत सरसफाइका सामग्री बनाउन सकिन्छ भनेर नगरपालिकाले निःशुल्क उपलब्ध गराएपछि स्थानीय महिलाले अहिले आम्दानी गर्न थालेका छन्।

उच्चस्तरको तालिमपश्चात् लुगा धुने र मुख धुने साबुन उत्पादन गरी बिक्री गरिरहेको तालिममा सहभागी स्थानीय महिला रेनुका चाम्लिङले बताए।

नगरपालिकाले यसअघि प्रदान गरेको अचार बनाउने तालिममा सहभागी बनेकी रेनुकाले अचार र साबुन दुवै उत्पादन गरेर आम्दानी गर्दै छिन्। नगरपालिकाले प्रदान गरेको निःशुल्क तालिमले चुलोचौकामा सीमित स्थानीय महिलाको जीवन नै परिवर्तन गरेको छ।

तालिमबाट सिकेका सीपलाई व्यावसायिक बनाउन सुरु गरेका नौ जना स्थानीय महिलालाई नगरपालिकाले पुनः उच्चस्तरको (एडभान्स) तालिम दिएको नगरपालिकाका उद्यम विकास सहजकर्ता सुरेश धामीले बताए।

महिलाले स्थानीय स्तरमा उत्पादन गरेका साबुनलगायत सरसफाइका सामग्री नगरपालिकाभित्रका सबै कार्यालय र विद्यालयमा अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको नगरप्रमुख विमला राईले बताइन्। “उद्यमशील बन्न चाहने नागरिकलाई नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ। साबुन बनाउन सुरु गरेका स्थानीय महिलालाई ढुक्कले अगाडि बढ्न आग्रह गरेका छौँ”, उनले भनिन्, “बजारीकरणको लागि कुनै चिन्ता लिनु पर्दैन। उद्यमीलाई आवश्यक पर्ने कच्चा पदार्थ ढुवानी गर्न नगरपालिकाले सहयोग गर्दै आएको छ।”

नगरपालिकाले उपलब्ध गराएको एडभान्स तालिमले साबुनको गुणस्तर र ब्रान्डिङलाई थप व्यवस्थित बनाउन सहयोग पुगेकाले उपभोक्ताबाट विस्तारै माग बढ्दै जाने उद्यमी महिलाको विश्वास छ। हलेसी प्रगतिशील महिला लघु उद्यमी समूह गठन गरेर उनीहरूले साबुनलगायत सरसफाइका सामग्री बनाउन सुरु गरेका हुन्।

विश्वप्रसिद्ध धार्मिकस्थल हलेसीसमेत रहेको यो नगरपालिकाका महिलाले उत्पादन गरेका सरसफाइका सामग्रीका लागि अन्यत्र बजार खोजिरहनुपर्ने अवस्था नरहेको स्थानीय व्यवसायीले बताएका छन्।

दैनिक भक्तजन तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा आयातित सामग्री उपयोग गर्नुपर्ने अवस्था रहेकोमा आफ्नै ठाउँका महिलाले उत्पादन गरेका सरसफाइका सामग्री उपभोग गर्न पाउँदा उपभोक्ता तथा व्यवसायीलाई सहज भएको नगरप्रवक्ता कमल गिरीले बताए।  
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
यो पनि पढौँ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस