जलवायु परिवर्तनले घट्दै यार्सागुम्बा
३१ वैशाख २०८३
•
६ मिनेट पाठ
जलवायु परिवर्तनले घट्दै यार्सागुम्बा
विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने जडीबुटी’ रुपमा लिइन्थ्यो। वैशाख–असार पहिलो सातासम्म हजारौँ मानिस उच्च हिमाली क्षेत्रमा पुग्ने र केही हप्ता खर्कमा पुगेर यार्सागुम्बा सङ्कलन गरी वर्षभरि घर खर्च चलाउने माध्यमको रुपमा पहिचान गरिएको थियो। तर, पछिल्ला वर्षका तथ्याङ्कले यार्सागुम्बाबाट हुने आम्दानी लगातार घट्दो क्रममा हुँदा हजारौँ हिमाली नागरिकको आयआर्जन र जीविकोपार्जनमा प्रत्यक्ष असर पर्न थालेको छ।




विकट क्षेत्र मनाङ औषधीय कच्चापदार्थको उत्पादनको केन्द्र हो। औषधीय जडिबुटी उत्पादनमा आत्मनिर्भर मानिन्छ। आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको औषधीय जडिबुटी केही वर्षयता घट्दो क्रममा छ। मुख्य आयस्रोतमा प्रभाव पर्दा यहाँका स्थानीयमा चिन्तामा छन्। पहिले प्रशस्त पाइने हिमाली क्षेत्रमा अहिले यार्सागुम्बा दुर्लभ बन्दै गएको स्थानीयवासी बताउँछन्।

तापक्रम बढ्दै जाँदा हिमाली भूभागको चिसोपन घटेको छ, जसले यार्सागुम्बाको वृद्धि र विकासमा प्रत्यक्ष असर पुर्याएको छ। करिब पाँच वर्षको तथ्याङ्कका आधारमा वार्षिक रुपमा यार्सागुम्बा उत्पादन तथा सङ्कलन कार्य घटेको पाइएको अन्नपूर्ण संरक्षण क्षेत्र एकाई (एक्याप) कार्यालय मनाङले जनाएको छ।

विगतको तुलनामा यार्सागुम्बाको उत्पादन घटेको एक्यापको तथ्याङ्कले प्रष्ट पारेको छ। एक्यापका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४० दशमलव पाँच किलोग्राम सङ्कलन गरिएको छ भने यार्सागुम्बा बिक्रीबाट रु१२ लाख १५ हजार राजश्व सङ्कलन भएको छ। यार्सा सङ्कलनकले मूल्य अभिवृद्धि कर (भ्याट) रु.एक लाख ५७ हजार ९५० तिरेका छन्।

पालिकालाई १० प्रतिशतका दरले रु.छ लाख सात हजार ५०० पालिकालाई दस्तुर बुझाउनुपर्ने प्रावधान छ भने १० प्रतिशतकै दरले रु.चार लाख पाँच हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएएमए)लाई दस्तुर बुझाउने गरिएको छ।

आव २०७८/७९ मा १०७ दशमलव ०५२ किलो बिक्री गरी रु.३२ लाख ६१ हजार ८४० राजश्व सङ्कलन भएको छ। यस आवमा मात्रै रु.तीन लाख ६७ हजार ६६१ भ्याट तिरेको छ। पालिका र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई रु.१० लाख ७० हजार ५२० दस्तुर बुझाएको छ। आव २०७९/८० मा ८२ दशमलव दुई किलोग्राम यार्सागुम्बा बिक्री गर्दा रु.२५ लाख ४८ हजार २०० राजश्व सङ्कलन भएको एक्यापले जनाएको छ।

एक्यापका अनुसार पालिका र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई यार्सा सङ्कलनवापत रु.आठ लाख ३४ हजार ५०० दस्तुर बुझाइएको छ। यस आवबाट दोहोरो भ्याट तिर्नुपर्ने बाध्यतालाई ध्यान दिदै भ्याट बुझाउनुपर्ने प्रावधान हटाइएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।

आव २०८०/८१ मा ७२ दशमलव ५४२ किलोग्राम यार्सागुम्बा बिक्रीबाट रु.२२ लाख ४८ हजार ९०२ आम्दानी भएको छ। पालिका र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई रु.सात लाख २५ हजार ४५० दस्तुरवापतको रकम बुझाइएको छ।

आव २०८१/८२ मा ५१ दशमलव ८६३ किलोग्राम यार्सा बिक्रीबाट रु.१५ लाख ९८ हजार ३६० आम्दानी भएको छ। पालिकालाई रु.पाँच लाख २४ हजार ९०० र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई रु.पाँच लाख १९ हजार ९०० दस्तुर तिरेको छ। आव २०८२/८३ फागुनसम्ममा ४७ दशमलव आठ किलो यार्सा बिक्रीबाट रु.१४ लाख ८१ हजार ८०० राजश्व सङ्कलन भएको छ। पालिका र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई रु.चार लाख ७८ हजार दस्तुर बुझाएको छ।

आव २०७७/७८ देखि २०८२/०८३ (फागुनसम्म) को तथ्याङ्क अनुसार यार्सागुम्बा संकलन र बिक्रीबाट प्राप्त राजस्वमा उल्लेखनीय गिरावट आएको छ। आव २०७८/७९ मा सबैभन्दा धेरै १०७.०५२ किलो यार्सागुम्बा सङ्कलन हुँदा रु.३२ लाख ६१ हजार ८४० राजस्व संकलन भएको थियो। तर, त्यसपछि प्रत्येक वर्ष यार्सा सङ्कलन मात्रा र आम्दानी दुवै घट्दै गएको देखिन्छ।

आव २०८२/०८३ को फागुनसम्म आइपुग्दा सङ्कलनको मात्रा ४७ दशमलव आठ किलोमा झरेको छ भने राजस्व रु.१४ लाख ८१ हजार ८०० सीमित भएको छ। तथ्याङ्कका अनुसार पाँच वर्षमा कुल ४०१.९५७ किलो यार्सागुम्बाबाट रु.एक करोड २३ लाख ५४ हजार १०२ राजस्व सङ्कलन भएको छ।

राजस्वमा गिरावट

यार्सागुम्बाबाट स्थानीय तह र संरक्षण क्षेत्रले दस्तुरमार्फत राजश्व उठाउने गरेका छन्। पाँच वर्षको तथ्याङ्कअनुसार रोयल्टी र दस्तुरबाट प्राप्त रकम पनि घट्दो क्रममा छ।

आव २०७८/७९ मा मात्रै ग्रामीण पालिका तथा संरक्षण व्यवस्थापन समितिले १०–१० लाख रुपैयाँभन्दा बढी दस्तुर सङ्कलन गरेका छन्। तर, अहिले त्यो रकम आधाभन्दा कम भएको छ। यसले स्थानीय सरकारको विकास बजेटमा समेत असर पारेको छ। हिमाली क्षेत्रका धेरै पालिकाले सडक, शिक्षा र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न यार्सागुम्बा राजश्वमा निर्भर छ।  

यार्सागुम्बाबाट जीविकोपार्जन

हिमाली क्षेत्रका स्थानीयले यार्सागुम्बा सङ्कलनलाई मौसमी आयको रुपमा लिन्छन्। यहाँको प्रमुख मौसमी आम्दानीको स्रोत यार्सागुम्बा हो। यहाँका स्थानीयवासीले यार्सागुम्बा सङ्कलन र बिक्री जीविकोपार्जनको स्रोतको रुपमा उपयोग गर्दै आएका छन्। विशेष गरी मनाङलगायत डोल्पा, मुगु, मुस्ताङ, रुकुम पूर्व, गोर्खा र म्याग्दीका उच्च भेगका परिवारले यार्सागुम्बा बिक्री गरी जीविकोपार्जनका लागि आयस्रोतको रुपमा प्रयोग गर्दछन्।

यस क्षेत्रका मानिसले शिक्षा, स्वास्थ्य र दैनिकी चलाउन यसबाट आएको आम्दानीबाट खर्च चलाउँदै आएका छन्। तर, उत्पादन घटेसँगै स्थानीयको आर्थिक अवस्था प्रभावित हुन थालेको छ। पहिले एक सिजनमा लाखौँ आम्दानी गर्ने परिवार अहिले ऋण लिएर दैनिक खर्च धान्न बाध्य भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ।

यार्सागुम्बा संरक्षणका लागि वातावरण संरक्षण, दिगो संकलन प्रणाली र जलवायु परिवर्तन न्यूनीकरणका उपाय तत्काल लागू गर्न आवश्यक छ। प्राकृतिक सम्पदाको संरक्षण भए मात्र हिमाली जनजीवन र अर्थतन्त्र सुरक्षित रहन सक्छ।

जलवायु परिवर्तनको असर

असामान्य तापक्रम वृद्धि, हिमपातमा कमी, वर्षाको अनियमितता तथा वातावरणीय सन्तुलन बिग्रिनुले यार्सागुम्बा उम्रिने प्राकृतिक चक्र प्रभावित भएको हो। स्थानीय यार्सा सङ्कलकका अनुसार हिमाली क्षेत्रमा हिउँ कम पर्नु, तापक्रम बढ्नु र चरन क्षेत्र सुक्दै जाँदा यार्सागुम्बा उत्पादनमा असर परेको छ। पहिला केही घण्टामै दर्जनौँ यार्सा भेटिन्थ्यो भने अहिले दिनभर खोज्दा पनि मुस्किलले तीन÷चार वटा मात्रै भेटिने गरेको स्थानीय राज गुरुङ बताउछन्।

‘पहिला जस्तो यार्सा खोज्न सजिलो छैन। पहिला प्रसस्त भेटिन्थे । अहिले घण्टौँ पछि १÷२ वटा मात्रै पाइन्छ’, उनी भन्छन्, ‘हिउँ नै पर्दैन अनि पानीको कमीले होला नि यस्तो भएको। अर्को वर्ष बढ्ला भन्यो झन् कम पो भेटिन्छ।’ यार्सागुम्बा उत्पादन घट्नुका कारण विज्ञहरूले जलवायु परिवर्तनलाई मुख्य कारण मानिरहेका छन्। यार्सागुम्बा चिसो र आद्र वातावरणमा उम्रने भएकाले तापक्रम वृद्धिले यसको प्राकृतिक चक्र प्रभावित भएको एक्यापका प्रमुख भुजेलले बताए।  

संरक्षणमा चुनौती

विशेषज्ञका अनुसार अनियन्त्रित सङ्कलन, अत्यधिक भीड र चरिचरन व्यवस्थापनको अभावले पनि यार्सागुम्बा सङ्कटमा परेका छन्। सङ्कलन क्षेत्र व्यवस्थापन, निश्चित कोटा प्रणाली र वातावरण संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा लागू नगरे भविष्यमा यार्सागुम्बा दुर्लभ हुनसक्ने चेतावनी दिइसकेका छन्। यस क्षेत्रमा भिरमा गएर यार्सागुम्बा सङ्कलन गर्न सङ्कलनकर्ता भेटिन मुस्किल भएको स्थानीय बताउँछन्।

मनाङमा यार्सागुम्बा सङ्कलनका लागि स्थानीयका कमी भएसँगै डोल्पा, गोर्खा, धादिङलगायतका क्षेत्रबाट सङ्कलनकर्ता आउने गरेका छन् भने हाल कम हुँदै गएको स्थानीयको भनाइ छ। हिमाली भेगका बासिन्दाका लागि यार्सागुम्बा केबल जडीबुटी होइन, जीवन धान्ने आधार हो। तर, घट्दो उत्पादन र आम्दानीले अब यसको आधार कमजोर बन्दै गएको देखिन्छ।

यार्सागुम्बा उत्पादन घट्दा हिमाली समुदायको आर्थिक अवस्था कमजोर बन्दै गएको छ। धेरै परिवारको मुख्य आम्दानीको स्रोत नै प्रभावित भएकाले वैकल्पिक रोजगारीको आवश्यकता बढेको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस