मुम्बई– जो रुटको सानदार अर्धशतकको मद्दतमा इङ्ल्यान्डले शुक्रबार ट्वान्टी–२० विश्वकपको सुपर टेनमा दक्षिण अफ्रिकामाथि २ विकेटको सनसनीपूर्ण जित हासिल गरेको छ। पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको इङ्ल्यान्डले २ सय ३० रनको लक्ष्य ८ विकेटको क्षतिमा २ बल बाँकी छदा भेट्टाएको थियो।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले तीन खेलाडीले अर्धशतक पुरा गर्दा ४ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । ट्वान्टी–२० विश्वकप उच्च स्कोर पछ्याउँदै जितेको यो पहिलो खेल हो । क्रिकेटको यो छोटो प्रणालीमा उच्च स्कोर पछ्याउँदै जितेको खेल भने यो दोस्रो हो ।
विश्वकपको सेमिफाइनल पुग्ने सम्भावनालाई ठूलो लक्ष्य पछ्याएको इङ्ल्यान्डले सुरुआतबाटै आक्रमक प्रदर्शन गरेको थियो । टोलीको जितमा सबैभन्दा महत्वपूर्ण भूमिका रुटको रह्यो । मध्यक्रममा ब्याटिङ गरेका रुटले ८३ रनको महत्वपूर्ण योगदान गरेका थिए । ४४ बल खेलेका रुटले ६ चौका र ४ छक्का प्रहार गरेका थिए । 'टोलीको जितमा योगदान गर्न पाउँदा खुसी लागेको छ । खेलको मध्यान्तरमा हाम्रो सामू ठूलो स्कोर थियो,' रुटले भने,' यसमा आत्तिनै भन्दा पनि पुरा २० ओभर खेल्न प्रयास गर्नु थियो , हामीले त्यहि ग¥यौं । हामीले केही महत्वपूर्ण साझेदारी गर्नुपर्छ भन्नेमा सचेत थियौं । हामी दबाबमा थियौं । अब आउने खेलमा राम्रो गर्दैजानुपर्दछ ।'
१८.२ ओभरमा कागिसो राबाडाको बलमा क्रिस मोरिसद्वारा रुट क्याच आउट इङ्ल्यान्डलाई जितका लागि थप ११ रनको आवश्यकता थियो । त्यसपछि अर्को ओभरमा लगातार दुई विकेट गुमाएपछि इङ्ल्यान्ड केही समय दबावमा परेको थियो । १९.१ ओभरमा क्रिस जोर्डन कायले एबोटको बलमा आउट भए भने लगत्तै अर्को बलमा डेभिड विली रनआउट भएका थिए । अन्तिम ओभरमा जितका लागि १ रनको आवश्यकता थियो । मोइन अलिले अन्तिम ओभरको चौथो बलमा विजयी एक रन प्रहार गरेका थिए ।
जासन रोय र एलेक्स हालेसले पहिलो विकेटका लागि २.३ ओभरमा ४८ रनको साझेदारी गरेका थिए । हालेस ७ बलमा ४ चौकासहित १७ रन बनाएर एबोटको बलम आउट भएका थिए । रोयले १६ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४३ रन जोडे । जोस बटलरले १४ बलमा २१ र मोइन अलिले अविजित १२ रन जोडे । बेन स्टोक्सले १५ रन बटुले । दक्षिण अफ्रिकाका एबोटले ३, राबाडाले २ तथा इमरान ताहिर र डेपी डुमिनीले समान १ विकेट लिए ।
त्यसअघि क्विन्टन डी कक, हासिम अमला र जेपी डुमिनीको अर्धशतकको मद्दतमा दक्षिण अफ्रिकाले २ सय रन कटाएको थियो ।
टस हारेर पनि ब्याटिङ गर्ने अवसरलाई पूर्ण रुपमा उपयोग गरेको दक्षिण अफ्रिकाले तीब्रगतिमा रन जोडेको थियो । उच्च स्कोर गर्नाका वावजुद दक्षिण अफ्रिका फेरी एकपटक अभागी साबित भएको छ । ओपनर अमला र डी ककको जोडीले पहिलो विकेटका लागि ७.१ ओभरमा ९६ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई ठूलो स्कोरतर्फअघि बढाएका थिए । सुरुआती छ ओभरमा इङ्ल्यान्डका कप्तान इयान मोर्गानले ६ अलग बलरलाई प्रयोग गरेका थिए । वाङखडे मैदानमा डी ककले मात्र २१ बलमा अर्धशतक पुरा गरेका थिए । २४ बल खेलेका उनले ७ चौका र ३ छक्काको मद्दतमा ५२ रन बनाए । आठौं ओभरमा पुगेर इङ्ल्यान्डले पहिलो सफलता प्राप्त गरेको थियो । स्पिनर मोइन अलिले डी ककको विकेट लिदै अमलासँगको साझेदारी तोडेका थिए । डी ककको क्याच एलेक्स हालेसले लिएका थिए ।
तेस्रो नम्बरमा ब्याटिङ गरेका एबी डि भिलियर्सले तीब्रगतिमा रन जोड्ने क्रममा ८ बलमा २ छक्काको मद्दतमा १६ रन बनाएको थियो । दुई ओभरका बीचमा दुईवटा विकेट गएपछि भने इङ्ल्यान्डले खेलमा फर्कने केही सम्भावना बढेको थियो । तथापी दक्षिण अफ्रिकी ब्याट्सम्यानले रन बनाउने क्रमलाई निरन्तरता दिइरहे । चौथो ओभरमा रिसी टोप्लेबाट जीवनदान पाएका आमलाले ट्वान्टी–२० क्रिकेटमा आठौं अर्धशतक पुरा गरे । १२ औं ओभरमा अलिको बलमा एलबीडब्लु आउट हुनुअघि अमलाले ५८ रन बनाएका थिए । उनले ३१ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लिसिसले १७ रन बनाए भने डुमिनीले अविजित अर्धशतक पुरा गरे । पाँचौं नम्बरमा ब्याटिङ गरेका डु प्लिसिसले २८ बलमा ३ छक्का र ३ चौका प्रहार गरेका थिए । इङ्ल्यान्डका अलिले ३४ रन खर्चेर २ विकेट लिए । डेभिड विली र अदिल रसिदको नाममा समान १ विकेट रह्यो ।