नेपालगन्ज- सुदूरपश्चिम–११ ले बिहीबार फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले हराउँदै यति सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता जितेको छ। सुदूरपश्चिमका माधव भण्डारीले इन्जुरी समय (९०±२) मा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न सकेनन्। इन्जुरी समय तीन मिनेट बाँकीमा सुदूरपश्चिमका जीवन चौधरीको हानेको कर्नर बल सदुपयोग गर्दै माधवले गोल गरेका थिए। माधवले म्यान अफ दी म्याच हुँदै एमआइ कम्पनीको मोबाइल सेट पाए।सुदूरपश्चिमले १ लाख ५१ हजार तथा एपिएफले १ लाख रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा डिफेन्समा सुदूरपश्चिमका नरेन्द्र चौधरी, स्ट्राइकरमा सुदूरपश्चिमका विनोद केसी, मिडफिल्डमा एपिएफका पासाङ लामा, गोलकिपरमा एपिएफका रोशन श्रेष्ठ उत्कृष्ट हुँदा सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिमका फिलिप्स तामाङ भए। सबैले जनही १५ हजार पाए।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा लगायतले पुरस्कृत गरे।
खेल अवधीभर बल पुरै कब्जामा लिएको सुदुरपश्चिमले करिव ९ पटक गोल गर्ने मौका चुकाएको थियो। प्याराफिटमा भरिभराउ भएका दर्शकको पुरै साथ सुदुरपश्चिमले पाएको थियो। पहिलो हाफको ४४ औं मिनेटमा पहेलो कार्ड पाएका एपिएफका गोलकिपर रोशन श्रेष्ठ दुई पटक लडेर घाइते हुन पुगेका थिए।
पराजित भएपछि प्रतिक्रिया दिदै एपिएफ क्लबका प्रशिक्षक कुमार थापाले खेलाडीमा समन्वय नमिल्दा खेल हार्नु परेको बताए। 'हाम्रो डिफेन्सले मिस्टेक गर्योष, यति डोमिनेट भएर हार्छौ भन्ने सोचेको थिएन,' उनले भने 'सुदुरपश्चिमले धेरै राम्रो खेल्यो, उसले हानेको गोल मिस्टेक नभएको भए धेरै गोल खाने अवस्था सम्भावना थियो।' एपिएफका क्याप्टेन पासाङ लामाले सुदुरपश्चिमले राम्रो खेल प्रर्दशन गर्दा आफुहरुले गोल जोगाउन नसकेको बताए। 'उनीहरुको सबै कुरा मिलेको थियो, हाम्रा खेलाडीबीच समन्वय त्यति मिलेन, यसले गर्दा खेल हार्नु पर्योम,' उनले भने।
सुदूरपश्चिमका प्रशिक्षक सुरेश हमालले गाउँमा सीमित एउटा क्लबले पहिलो सहभागितामै राष्ट्रिय स्तरको प्रतियोगितामा उपाधि जित्दा खुसी लागेको बताए।
'गाउँमा सिमित रहेको एउटा क्बलका खेलाडीलाई सुदुरपश्चिमको प्रतिनिधीत्व गराएर खेलायौं र उपाधी जित्न सफल भयौं, यसले थप हौसला प्रदान गरेको छ,' उनले भने। फाइनलमा आफ्नो टिमका तर्फबाट ८/९ वटा गोल मिस्टेक भएको हमालले बताए।
सुदुरपश्चिमका क्याप्टेन प्रणय अन्जनले ए डिभिजनमा रहेको विभागिय टिमलाई हराएर उपाधी जित्नु ठुलो उपलब्धी भएको बताए। 'यसरी खेल जित्नुमा हाम्रा प्रशिक्षक ज्यू र सम्पुर्ण खेलाडीको हात छ,' उनले भने। कैलालीको लालबोझीमा २०६० सालमा स्थापित हिमालय युवा क्लबका खेलाडी नेपालगन्ज गोल्ड कपमा सुदुरपश्चिम–११ को प्रतिनिधित्व गर्दै सहभागि हुन आएका हुन्। प्रशिक्षक हमालले आफ्नो व्यक्तिगत लगानीमा गाउँमै प्रशिक्षण दिएर खेलाडी उत्पादन गर्ने गरेका छन्। एपिएफ वेष्ट काठमाडौं एफसीलाई बुधबार १–० गोलले र सुदुरपश्चिम–११ त्रिभुवन आर्मी क्लबलाई मंगलबार २–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो। त्यसअघि सेमिफाइनलमा पुग्न एपिएफले लखनउ–११ लाई र सुदुरपश्चिमले नेपालगन्ज–११ लाई हराएको थियो।
बाँके जिल्ला फुटबल संघले ३५ वर्षपछि आयोजना गरेको गोल्ड कप यही बैशाख १६ गतेदेखि सञ्चालन भएको थियो। प्रतियोगितामा ए डिभिजन अन्तर्गतका सरस्वती क्लब, एपिएफ र त्रिभुवन आर्मी क्लब तथा नेपालगन्ज–११, सुदुरपश्चिम–११, रुपन्देही ११, लखनउ–११ र वेष्ट काण्डमाडौं एफसी सहभागि भएका थिए।