सपनाको हिरोसँग
०९ वैशाख २०७३
•
५ मिनेट पाठ
सपनाको हिरोसँग
काठमाडौं- कीर्तिपुरस्थित त्रिवि मैदानमा उपस्थित हजारौं दर्शक नेपालको दोस्रो जितको प्रतीक्षामा थिए। तिनैमध्ये १२ वर्षे प्रशान्त न्यौपानेको सपना बेग्लै थियो- सपनाका हिरो कप्तान पारस खड्कासँग भेट्ने, कुराकानी गर्ने र उनीसँग तस्बिर खिचाउने।

सोमबार क्रिकेट मैदानमा उनको त्यो रहर त पूरा भयो नै। उनी जसलाई भेट्न पर्वतदेखि धाएर आएका थिए, उसले बनाएको शतकसमेत हेर्ने मौका पाए प्रशान्तले।

नेपालले नामिबियालाई ३ विकेटले हराउँदा पारसले कप्तानी इनिङ खेल्दै शतक बनाएका थिए। खेल जितेपछि पारस साथीहरूसँगै दर्शकलाई अभिवादन गर्न मैदान घुमिरहेका थिए। त्यही मौकामा १२ वर्षेले तस्बिर खिचाए।

सुरुमा उनलाई मैदान छिर्न सुरक्षाकर्मीले दिएन। सुरक्षाकर्मीसँग अनुरोध गर्दै मैदानमा पुगेका प्रशान्तसँग पारसले पनि खुसीसाथ फोटो खिचे। र, पारसले उनलाई डे्रसिङ रुमसम्म लगेर कुराकानी समेत गरे। पारससँग तस्बिर खिचाउने थुप्रै क्रिकेटप्रेमी छन्। तर,प्रशान्त केही भिन्न स्वभावकाभेटिए।

पर्वतको टकलाक गाविसका प्रशान्त दुई वर्षयता पारसको हरेक गतिविधि नियाल्दैछन्। उनले पछिल्लो दुई वर्ष खेलेको खेलको सबै नतिजा ऊसँग छ। पारस बिरामी भएर नर्भिक अस्पताल भर्ना भएदेखि भारत उपचार गराउन गएको मितिसम्म प्रशान्तले कापीमा टिपेर राखेका छन्।

पारससँग भेटेर फर्कंदा प्रशान्तको आभा चम्केको देखिन्थ्यो। 'अहिलेसम्म मैदानमा क्रिकेट खेलेको हेर्न पाएको थिइनँ। टिभीमा मात्र पारस दाइले खेलेको हेरेको थिएँ,' उनले नागरिकसँग भने, 'त्यसैले म आज धेरै खुसी छु।'

पारसले भेटमा राम्रोसँग पढ्न र क्रिकेट खेल्न सुझाएको कुरालाई आफूले हेक्का राख्ने प्रशान्तले सुनाएन। उनको सपना पनि भविष्यमा क्रिकेटर र कृषि विशेषज्ञ बन्नेछ।

उनले लक्ष्य सुनाए, 'मेरो लक्ष्य क्रिकेटर र कृषि क्षेत्रमा काम गर्ने छ। फुर्सदको समय कृषिमा दिन सकिन्छ। नेपाल कृषिप्रधान देश हो। अहिले रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ। म कृषि क्षेत्रमा पनि राम्रो गर्ने कोसिस गर्छु।'

केही वर्षअघि नै उनलाई क्रिकेट खेल्ने इच्छा थियो। तर, गाउँमा साथीहरू नहुँदा प्रशान्तको क्रिकेट खेल्ने चाहना पूरा भएको थिएन। त्यतिखेर गाउँमा क्रिकेट खेल हुन्छ भन्ने थाहा नभएको सुनाउँछन् उनी। प्रशान्तले टेलिभिजन हेरेर क्रिकेटबारेमा थाहा पाएका थिए। क्रिकेट खेल हुन्छ भनेर गाउँलेलाई देखाउन कप्तान पारस खड्काको रेकर्डहरू संकलन गर्न थालेको उनले सुनाए। उनले भने, 'मेरो गाउँमा क्रिकेट खेल हुन्छ भन्ने थाहा छैन। त्यही कुरा बुझाउन पारस दाइको रेकर्ड र उहाँको बारे जानकारी बटुल्न थालेको हुँ। पछि साथीहरूले कुरा बुझेका छन्। अहिले हामीसँगै क्रिकेट खेल्ने गर्छौं।'

प्रशान्तका बुबा रुकमांगत अबलांग छन्। छोरा प्रशान्तसँगै उनी सोमबार क्रिकेट हेर्न ह्विलचेयरमा कीर्तिपुर पुगेका थिए।

रुकमांगतको पर्वतमा कृषि फर्म छ। प्रशान्तको क्रिकेटप्रतिको लगाव देखेर कृषिका विद्यार्थी सञ्जय काफ्लेले उनलाई काठमाडौंमा क्रिकेट हेर्ने र पारसलाई भेट्ने चाँजोपाँजो मिलाएका हुन्।

भविष्यमा क्रिकेटर बन्ने सपना बुनेका प्रशान्तलाई पारसले ग्लोभ्स उपहार दिएका छन्। त्यो पाउँदा उनी दंग थिए।

प्रशान्तलाई अहिले काठमाडौंमा बस्न पर्वत क्रिकेट र ग्रेट हिमालयन क्रिकेट एकेडेमीले सहयोग गरेका छन्। एकेडेमीका अध्यक्ष सुदीप शर्माले प्रशान्तको क्रिकेट लगावका कारण उनलाई खेल्ने वातावरण मिलाइदिने बताए। उनले भने, 'उनीसँग भेट्दा हामीलाई अचम्म लागेको छ। सानै उमेरमा उनको लक्ष्य सुन्दा छक्क लाग्छ। उनले क्रिकेटमा राम्रो गर्न सक्ने सम्भावना छ। उनको चाहना पूरा गर्न हामी सहयोग गर्छौं।'
अर्को समाचार
सपनाको हिरोसँग
०६ वैशाख २०७३
•
५ मिनेट पाठ
सपनाको हिरोसँग
काठमाडौं- कीर्तिपुरस्थित त्रिवि मैदानमा उपस्थित हजारौं दर्शक नेपालको दोस्रो जितको प्रतीक्षामा थिए। तिनैमध्ये १२ वर्षे प्रशान्त न्यौपानेको सपना बेग्लै थियो- सपनाका हिरो कप्तान पारस खड्कासँग भेट्ने, कुराकानी गर्ने र उनीसँग तस्बिर खिचाउने।सोमबार क्रिकेट मैदानमा उनको त्यो रहर त पूरा भयो नै। उनी जसलाई भेट्न पर्वतदेखि धाएर आएका थिए, उसले बनाएको शतकसमेत हेर्ने मौका पाए प्रशान्तले।

नेपालले नामिबियालाई ३ विकेटले हराउँदा पारसले कप्तानी इनिङ खेल्दै शतक बनाएका थिए। खेल जितेपछि पारस साथीहरूसँगै दर्शकलाई अभिवादन गर्न मैदान घुमिरहेका थिए। त्यही मौकामा १२ वर्षेले तस्बिर खिचाए।

सुरुमा उनलाई मैदान छिर्न सुरक्षाकर्मीले दिएन। सुरक्षाकर्मीसँग अनुरोध गर्दै मैदानमा पुगेका प्रशान्तसँग पारसले पनि खुसीसाथ फोटो खिचे। र, पारसले उनलाई डे्रसिङ रुमसम्म लगेर कुराकानी समेत गरे। पारससँग तस्बिर खिचाउने थुप्रै क्रिकेटप्रेमी छन्। तर,प्रशान्त केही भिन्न स्वभावकाभेटिए।

पर्वतको टकलाक गाविसका प्रशान्त दुई वर्षयता पारसको हरेक गतिविधि नियाल्दैछन्। उनले पछिल्लो दुई वर्ष खेलेको खेलको सबै नतिजा ऊसँग छ। पारस बिरामी भएर नर्भिक अस्पताल भर्ना भएदेखि भारत उपचार गराउन गएको मितिसम्म प्रशान्तले कापीमा टिपेर राखेका छन्।

पारससँग भेटेर फर्कंदा प्रशान्तको आभा चम्केको देखिन्थ्यो। 'अहिलेसम्म मैदानमा क्रिकेट खेलेको हेर्न पाएको थिइनँ। टिभीमा मात्र पारस दाइले खेलेको हेरेको थिएँ,' उनले नागरिकसँग भने, 'त्यसैले म आज धेरै खुसी छु।'

पारसले भेटमा राम्रोसँग पढ्न र क्रिकेट खेल्न सुझाएको कुरालाई आफूले हेक्का राख्ने प्रशान्तले सुनाएन। उनको सपना पनि भविष्यमा क्रिकेटर र कृषि विशेषज्ञ बन्नेछ।

उनले लक्ष्य सुनाए, 'मेरो लक्ष्य क्रिकेटर र कृषि क्षेत्रमा काम गर्ने छ। फुर्सदको समय कृषिमा दिन सकिन्छ। नेपाल कृषिप्रधान देश हो। अहिले रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ। म कृषि क्षेत्रमा पनि राम्रो गर्ने कोसिस गर्छु।'

केही वर्षअघि नै उनलाई क्रिकेट खेल्ने इच्छा थियो। तर, गाउँमा साथीहरू नहुँदा प्रशान्तको क्रिकेट खेल्ने चाहना पूरा भएको थिएन। त्यतिखेर गाउँमा क्रिकेट खेल हुन्छ भन्ने थाहा नभएको सुनाउँछन् उनी। प्रशान्तले टेलिभिजन हेरेर क्रिकेटबारेमा थाहा पाएका थिए। क्रिकेट खेल हुन्छ भनेर गाउँलेलाई देखाउन कप्तान पारस खड्काको रेकर्डहरू संकलन गर्न थालेको उनले सुनाए। उनले भने, 'मेरो गाउँमा क्रिकेट खेल हुन्छ भन्ने थाहा छैन। त्यही कुरा बुझाउन पारस दाइको रेकर्ड र उहाँको बारे जानकारी बटुल्न थालेको हुँ। पछि साथीहरूले कुरा बुझेका छन्। अहिले हामीसँगै क्रिकेट खेल्ने गर्छौं।'

प्रशान्तका बुबा रुकमांगत अबलांग छन्। छोरा प्रशान्तसँगै उनी सोमबार क्रिकेट हेर्न ह्विलचेयरमा कीर्तिपुर पुगेका थिए।

रुकमांगतको पर्वतमा कृषि फर्म छ। प्रशान्तको क्रिकेटप्रतिको लगाव देखेर कृषिका विद्यार्थी सञ्जय काफ्लेले उनलाई काठमाडौंमा क्रिकेट हेर्ने र पारसलाई भेट्ने चाँजोपाँजो मिलाएका हुन्।

भविष्यमा क्रिकेटर बन्ने सपना बुनेका प्रशान्तलाई पारसले ग्लोभ्स उपहार दिएका छन्। त्यो पाउँदा उनी दंग थिए।

प्रशान्तलाई अहिले काठमाडौंमा बस्न पर्वत क्रिकेट र ग्रेट हिमालयन क्रिकेट एकेडेमीले सहयोग गरेका छन्। एकेडेमीका अध्यक्ष सुदीप शर्माले प्रशान्तको क्रिकेट लगावका कारण उनलाई खेल्ने वातावरण मिलाइदिने बताए। उनले भने, 'उनीसँग भेट्दा हामीलाई अचम्म लागेको छ। सानै उमेरमा उनको लक्ष्य सुन्दा छक्क लाग्छ। उनले क्रिकेटमा राम्रो गर्न सक्ने सम्भावना छ। उनको चाहना पूरा गर्न हामी सहयोग गर्छौं।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ

बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ

स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस