लुम्बिनीको लगातार दोस्रो जित
११ पौष २०७९
•
३ मिनेट पाठ
लुम्बिनीको लगातार दोस्रो जित
अर्धशतक बनाएपछि लुम्बिनीका मिलन्था तस्बिर :सौजन्य क्यान
 श्रीलंकन ब्याटर लाहिरू मिलन्थाले आइतबार पनि उत्कृष्ट ब्याटिङ गरेपछि लुम्बिनी अल स्टार्सले नेपाल ट्वान्टी–२० लिगमा लगातार दोस्रो जित निकाल्दा जनकपुर रोयल्सले पनि सुखद सुरुआत गरेको छ।  




कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी अल स्टार्सले आइतबार भैरहवा सुपर किङ्समाथि तीन रनको रोमाञ्चक जित निकाल्यो। जनकपुरले पनि पोखरा एभेन्जर्समाथि पाँच विकेटको जित निकाल्दै सुखद सुरुआत गरेको छ। पोखराले भने लगातार दोस्रो हार बेहोर्‍यो। यता, लुम्बिनीको भने यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा लुम्बिनीले फार वेस्ट युनाइटेडलाई हराएको थियो। लुम्बिनीका लाहिरूले लगातार दोस्रो खेलमा पनि अर्धशतक प्रहार गरे। पहिलो खेलमा लाहिरूले ६० रन जोडेका थिए।  

भैरहवाविरुद्ध पनि लाहिरूले ८० रनको अर्धशतकीय इनिङ खेल्दा लुम्बिनी अल स्टार्सले १ सय ५८ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जुन, लक्ष्यनजिक पुगे पनि विराटनगर सुपर किङ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५४ रन मात्र जोड्न सक्यो। खराब सुरुआत गरेको विराटनगरका लागि हुसेन तालतले ३९, रोहित पौडेलले २५ र पृथु बास्कोटाले १८ रन जोडे पनि जित दिलाउन सकेनन्। विराटनगरलाई अन्तिम ओभरमा १६ रन आवश्यक हुँदा १२ रन मात्र बनाउन सक्यो। पहिलो ओभरको पाँचौं बलमा नै विराटनगरले ओपनर गौरान्शु शर्मालाई ८ रनमा नै गुमायो।  

त्यसपछि विराटनगरका लागि अर्जुन साउद र रोहितले ३८ रनको साझेदारी गर्दै इनिङ समाल्ने प्रयास गरे। जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजा १७ रनमा आउट हुँदा कप्तान आन्द्रे म्याकर्थी ११ रन र विवेक यादव १२ रनमा नटआउट रहे पनि जित दिलाउन सकेनन्। लुम्बिनीका लागि किशोर महतोले दुई विकेट लिँदा प्याट ब्राउन, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले १/१ विकेट लिए। त्यसअघि लुम्बिनीको पनि सुरुआत राम्रो हुन सकेन र दोस्रो ओभरमा नै ओपनर उन्मुक्त चन्दलाई २ रनमा गुमायो।  

तर, अर्का ओपनर लाहिरूले अन्तिम ओभरसम्म इनिङ समाले। उनले ६३ बलमा पाँच चौका र चार छक्का हिर्काए। त्यस्तै कुशल भुर्तेलले २६, कप्तान दीपेन्द्रसिंह ऐरीले १६ र विपुल शर्माले ११ रन बनाउँदा लुम्बिनीले सम्मानजनक योगफल बनायो। विराटनगरका नन्दन यादव, हुसेन तालत, साहब आलम, सिकन्दर राजा र आन्द्रे म्याकर्थीले समान एक विकेट लिए। यो जितसँगै दुई खेलमा शतप्रतिशत सफलतासहित लुम्बिनी अल स्टार्स शीर्ष स्थानमा रह्यो। जनकपुरले आइतबार सम्पन्न दोस्रो खेलमा पोखरालाई पाँच विकेटले पराजित गर्‍ यो।  

एक सय ३९ रनको मध्यम लक्ष्य जनकपुरले १७.४ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो। जनकपुरका सन्दीप जोराले अविजित ४० रन जोड्दै १४ बलअगावै आफ्नो टोलीलाई जित दिलाए। उनले ३० बलमा तीन छक्का र दुई चौका हिर्काए। ओपनर सागर पुनले ३८ र चाडविक वाल्टनले १९ रन जोडेपछि मध्यम लक्ष्य पछ्याएको जनकपुरको जित आधार तय भयो। पोखराका जाहिर खानले तीन तथा कप्तान शरद् भेषावकर र मौसम ढकालले समान एक विकेट लिए पनि जनकपुरको जित रोक्न सकेनन्।  

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रनको झीनो योगफल तयार पार्‍यो। पोखराका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय इनिङ खेले। उनले ३९ बलमा चार चौका र दुई छक्का हिर्काए। सिद्धान्त लोहनीले २९, प्रतीश जिसीले २८ र अमिर हम्जाले १८ रन जोडे। त्यसबाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। अघिल्लो खेलमा ४४ रन जोडेका पोखराका ओपनर उपुल थरंगा २ रनमा पहिलो ओभरको तेस्रो बलमा नै आउट आउट भए।  

त्यसपछि समालिएको पोखराले ठूलो योगफल भने जोड्न सकेन। जनकपुरका केसरिक विलियम्सले तीन विकेट लिए। त्यस्तै पवन सर्राफ, सराफुद्दिन असरफ र ललितनाराण राजवंशीले समान दुई तथा सोमपाल कामीले एक विकेट लिँदै दुई बलअगावै पोखरालाई समेटे। यो जितसँगै जनकपुरले दुई अंक जोड्दा  पोखराले लगातार दोस्रो हार बेहोर्‍यो।  
अर्को समाचार
नेपाल टीट्वान्टी क्रिकेट लिगमा लुम्बिनीको लगातार पाँचौँ जित
१५ पौष २०७९
•
२ मिनेट पाठ
नेपाल टीट्वान्टी क्रिकेट लिगमा लुम्बिनीको लगातार पाँचौँ जित
नेपाल टीट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले लगातार पाँचौ जित हात पारेको छ।कीर्तिपुर क्रिकेट मैदानमा जारी यो प्रतियोगितामा आज लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई ३५ रनले हराउँदै लगातार पाँचौँ जित हात पारेको हो।  




यस अघि  लुम्बिनीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनायो। जवाफमा  काठमाडौं नाईट्सले  २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनायो। र खेल ३५ रनबाट हार्न पुग्यो।  लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए।ओपनर लाहिरु मिलान्थो  २५ तथा  सुनिल धमला  ३ रनमा आउट भए। त्यसैगरी कुशल भुर्तेलले १९ हरम्रीत सिंहले १२, अनिल शाहले १३ र गुलशन झाले  २ रन बनाए।  त्यसैगरी लुम्बिनीका साड्ली भान स्लेक्किक १५ बलमा १ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे।काठमाडौँका आजमतुल्लाह ओमरजाईले  २ विकेट लिए।त्यसैगरी  अभिनाश बोहरा, अनिल खरेल, बसिर अहमद, सुनाम गौतम र एलेक्स ब्लेकले एक एक विकेट हात पारे।  

दोस्रो पालोमा ब्याटिङमा उत्रेको काठमाडौँका लागि अजमतुल्लाह उमरजाईले सबै भन्दा बढी ३८ रनको योगदान दिए। त्यसैगरी सुनाम गौतमले १८ रन तथा  एलेक्स ब्लेकले ११ रन बनाए। कप्तान  ज्ञानेन्द्र मल्ल तथा विरनदिप सिंह सुन्य रनमा आउट भए।   कमलसिंह ऐरीले अविजित १९ रन बनाए।लुम्बिनीका लागि हरमित सिंहले ३ तथा किशोर महतो,श्याड्ली भान,तिलक भण्डारी र ह्यारी टेक्टरले समान एक एक  विकेट लिए। 

यो प्रतियोगितामा  अपराजित लुम्बिनी ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहेको छ। चार खेलमा दुई जित हात पारेको काठमाडौं  ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ। नेपाल टीट्वान्टी क्रिकेट लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ टोली रहेका छन्।प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ। यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ।यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्।इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ। 
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४५ सेकेन्ड अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस