सुर्य नेपाल गल्फ टुर अन्तर्गतको धरान गल्फ कोर्षमा जारी इष्टर्न ओपन गल्फ प्रतियोगितानेपालका नम्बर वान गल्फर शुक्रबहादुर राईले ४ स्ट्रोकले अग्रता लिएका छन्।
पार ७० को कोर्षमा बुधबार ३६ होलको खेल सकिदा १० अण्डर १३० को कार्ड बनाउदै शुक्र शीर्षस्थानमा उक्लिएका हुन्। मंगलबार पहिलो दिनको खेल सकिदा उनी ४ अण्डर ६६ स्कोरका साथ दोस्रो स्थानमा थिए। बुधबार भने ६ अण्डर ६६ स्कोर बनाउने क्रममा शुक्रले फ्रन्ट नाइनमा ४ अण्डर ३२ र ब्याक नाइनमा २ अण्डर ३२ खेले। धराने गल्फर शुक्रले फ्रन्ट नाइनमा पाँचौं, छैटौं, सातौं र नवौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए भने ब्याक नाइनमा १२ औं र १५ औं होलमा पनि बर्डी खेलेका थिए।
पहिलो दिन शीर्षस्थानमा रहेका धराने गल्फर निरज तामाङ ६ अण्डर १३४ स्कोरका साथ दोस्रो स्थानमा छन्। पहिलो दिन ५ अण्डर ६५ स्कोर खेलेका उनले दोस्रो दिन भने १ अण्डर ६९ स्कोर गरे। फ्रन्ट नाइनमा २ अण्डर ३४ खेलेका निरजले तेस्रो, पाँचौं र सातौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए पनि चौथो होलमा बुगी खेलेर एक स्ट्रोक खेर फालेका थिए। यस्तै, ब्याक नाइनमा १ ओभर ३५ स्कोर गरेका निरजले अन्य होलमा लेभल खेले पनि १३ औं होलमा बुगी खेलेका थिए।
कुल ४ अण्डर १३६ स्कोरका साथ सञ्जय लामा तेस्रो स्थानमा छन्। उनी पहिलो दिन ५ अण्डर ६५ स्कोरका साथ शुक्रसँगै दोस्रो स्थानमा थिए। बुधबार इभन पार ७० स्कोर गर्ने क्रममा सञ्जयले फ्रन्ट नाइनमा १ ओभर ३७ र ब्याक नाइनमा १ अण्डर ३३ को कार्ड बनाए। कुल ३ ओभर १३७ स्कोरका साथ भुवन नगरकोटी चौथो स्थानमा छन्। पहिलो दिन पनि ३ अण्डर ६७ स्कोर गर्दे चौथो स्थानमा रहेका उनी दोस्रो दिन इभन पार ७० स्कोर खेल्दै चौथो स्थानमै रहे। कुल १ अण्डर १३९ स्कोरका साथ धनबहादुर थापा पाँचौ स्थानमा छन्। पहिलो दिन ३ ओभर ७३ स्कोर गरेर १५ औं स्थानमा रहेका उनले दोस्रो दिन ४ अण्डर ६६ स्को कार्ड बनाउदै स्कोर बोर्डमा माथि उक्लिएका हुन्।
एमेच्योरतर्फ कुल २ अण्डर १३८ स्कोरका साथ स्थानीय गल्फर राजकुमार राई शीर्ष स्थानमा छन्। पहिलो दिन १ ओभर ७१ स्कोर खेलेर शीर्ष स्थानमै रहेका उनले दोस्रो दिन ३ अण्डर ६७ स्कोर गरे। त्यसक्रममा राजकुमारले फ्रन्ट नाइनमा १ ओभर ३७ खेले भने ब्याक नाइनमा ४ अण्डर ३० खेलेका थिए। एमेच्योरतर्फ ४ ओभर १४४ स्कोरका साथ युवराज भुजेल दोस्रो स्थानमा छन्। पहिलो दिन ३ ओभर ७३ खेलेका उनले दोस्रो दिन १ ओभर ७१ खेले।
दोस्रो दिन ३६ होलको खेल सकिदासम्म २१ औं स्थानमा रहन सफल २७ जना खेलाडीहरुले मात्र कट जोगाउन सफल भएका छन्। ती मध्ये ६ जना एमेच्योर खेलाडी हुन् भने २१ जना व्यवसायिक खेलाडीहरु छन्। मुख्य स्पर्धातर्फ बिहिबार फाइनल खेल हुनेछ। प्रथम हुनेले नगद १ लाख ४० हजार, दोस्रो हुने खेलाडीले ९० हजार, तेस्रो हुने खेलाडीले ५० हजार पाउनेछन्। यसैगरि, कट जोगाएका २१ औं स्थानसम्मका सबै प्रोफेस्नल खेलाडीहरुले नगद पुरस्कार पाउनेछन्।