स्पेनको क्लवसँग काठमाडौं ११ पराजित
१४ पौष २०७९
•
१ मिनेट पाठ
स्पेनको क्लवसँग काठमाडौं ११ पराजित
स्पेनको क्लव कासेरेन्यो सिपीसँगको मैत्रिपूर्ण खेलमा काठमाडौं ११ पराजित भएको छ।  




त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार साझ भएको खेलमा काठमाडौं ११ स्पेनको चौथो श्रेणीको लिग क्लव कासेरेन्यो सिपीलसँग २–१ ले पराजित भएको हो। यससँगै नेपाल भ्रमण गरेको कासेरेन्यो सिपीले दुईवटा मैत्रिपूर्ण खेल मध्ये दुबैमा सुखद नतिजा निकालेको छ। कासेरेन्योको जितमा अल्भारो क्लाउस र डेभिड ग्रान्डेले एक एक गोल गरे।

४१ औं मिनेटमा काठमाडौं ११ का गोलकिपर विशाल श्रेष्ठको गल्तीका फाइदा उठाउँदै अल्भारोले पहिलो हाफमा अग्रता दिलाएका थिए। राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनको कप्तानीमा रहेको काठमाडौं–११ बिरुद्ध स्पेनिस टोलीले ८२ औं मिनेटमा डेभिडले गोल थप्दै अग्रता दोब्बर बनाएका थिए। त्यसको चार मिनेट पछि जर्ज प्रिन्स कार्की एक गोल फर्काउँदै अन्तर घटाएपनि बाँकी समयमा थप गोल हुन सकेन र भ्रमणकारी टोलीले जित निकाल्न सक्यो।

यसअघि कासेरेन्योले बुधवार पोखरा रंगशालामा गण्डकी–११ सँग खेलेको थियो। उक्त खेलमा कासेरेन्योले गण्डकी–११ माथि ३–० को जित निकाल्दै पहिलो मैत्रिपूर्ण खेलमा सुखद् नतिजा निकालेको थियो।

नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको क्लब नेपाल आएको हो। स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउण्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो। 
अर्को समाचार
नेपाली युवा टोलीको सहज जित
२८ माघ २०८०
•
१ मिनेट पाठ
नेपाली युवा टोलीको सहज जित
समीर तामाङको दुई गोल प्रेरणामा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो। चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा शनिबार नेपाली युवा टोलीले शनिबार पाहुना टोलीमाथि सहज जित निकालेको हो।




त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि छिरिङ लामा, सञ्जीव विष्ट र नीराजन धामीले समान एक गोल थपे। चिनियाँ टोलीका जासी पेङकोउले सान्त्वना गोल फर्काए। सञ्जीव विष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाली युवा टोलीलाई अग्रता दिलाए। ३९औं मिनेटमा समीरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। त्यससँगै पहिलो हाफमा नेपाली युवा टोलीले २–० को अग्रता बनायो।

समीरले नै ५४औं मिनेटमा गोल गर्दै नेपाली युवा टोलीको अग्रता ३–० मा पुर्‍याए। ६३औं मिनेटमा छिरिङ लामाले अर्को गोल गरे। त्यससँगै नेपाली युवा टोलीले अग्रता ४–० मा पुर्‍यायो।

७५औं मिनेटमा नीराजनले गोल गर्दै घरेलु टोलीलाई ५–० को सहज जितको अवस्थामा पुर्‍याए। पाहुना टोलीका पेङकोउले ७८औं मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए। त्यसपछि थप गोल हुन सकेन र नेपाली युवा टोलीले सहज जित निकाल्यो।

विजेतालाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
चर्च ब्वाइजलाई ४ अंकको अग्रता
चर्च ब्वाइजलाई ४ अंकको अग्रता
नागरिक नागरिक • · ०६ जेष्ठ २०८० · ३ मिनेट पाठ
सुदिलको गोलमा आर्मीलाई सफलता
नागरिक नागरिक • · ०६ वैशाख २०८० · ३ मिनेट पाठ
लङजम्पमा सुदीपको कीर्तिमान
लङजम्पमा सुदीपको कीर्तिमान
नागरिक नागरिक • · १७ वैशाख २०८० · १ मिनेट पाठ
भियतनामसँग नेपाल पराजित
नागरिक नागरिक • · २३ चैत्र २०७९ · ३ मिनेट पाठ
भारतमाथि नेपालको ऐतिहासिक जित
नागरिक नागरिक • · ३१ भदौ २०७९ · १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस