मैदानमा पुनरागमन गर्दै विमल
२१ साउन २०७३
•
६ मिनेट पाठ
मैदानमा पुनरागमन गर्दै विमल
काठमाडौं- पछिल्लो दुई महिना राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगरका लागि निकै पीडादायी रह्यो। घुँडाको उपचार गर्न बेल्जियम पुगेका विमलले बहिनी मनीषाको मृत्युको खबर त्यहीं सुन्नुपर्‍यो। दस वर्षअघि दुर्घटनामा बाबुलाई गुमाइसकेका विमलका लागि बहिनीको मृत्य उनको जीवनमा अर्को बज्रपात थियो।




बहिनीको मृत्युलगत्तै स्वदेश फर्केर नवलपरासी बर्दघाट नगरपालिकाको भूताहामास्थित घर पुगेका विमल दुई महिनापछि मात्र राजधानी फर्केका छन्। 'बहिनी र म एकदम नजिक थियौं। म धेरै समय घर बाहिरै रहँे। हामी एकअर्काको कुरा सेयर गर्थ्यौं,' उनले नागरिकसँग भने, 'तर, अहिले घर शून्य भएको छ। घरमा बस्दा अधिकांश समय उसकै मात्र याद आउँछ। जुन घटना भयो त्यसले झनै पीडा दिइरहन्छ।'

बहिनीसँग जोडिएका सम्झना स्मरण गर्दै उनी थप्छन्, 'म बेल्जियम हुँदा पनि नियमित सम्पर्क हुन्थ्यो। त्यहाँबाट केही ल्याइदिन्छु भनेको पनि थिएँ। तर, मैले ल्याउनुअघि उनी हामीबाट टाढा भइन्। हामी उनलाई एकदमै 'मिस' गरिरहेका छौं। एकदम न्यास्रो लागेर आउँछ। '

जेठ १२ गते बहिनी मनीषा घरमै मृत फेला परेकी थिइन्। भनिन्छ, समयले ठूला घाउ पनि पूर्दै जान्छ। 'सानैमा बुबा गुमायौं। अहिले बहिनी,' निराश हुँदै विमलले भने, 'तर मान्छेको जीवनमा जे जस्तो घटना भए पनि सहनु बाहेक अर्को विकल्प नहुने रैछ।' विमलको परिवारले मनीषाको मत्युको आशंकामा किटानी जाहेरी दिएको छ। जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। विमल न्याय पाउनेमा आशावादी छन्।

जस्तै परिस्थितिमा पनि जीवन अघि बढाउनुपर्छ भन्ने बुझिसकेका विमल पुरानै कर्ममा फर्कने प्रयासमा जुटेका छन्। उनी भन्छन्, 'जे भयो त्यसलाई बदल्न सकिन्न। फुटबल मेरो जीवन हो। अब फेरि खेल जीवनलाई अघि बढाउनुपर्छ।' आमा र हजुरबुबालाई घरमा छाडेर उनी राजधानी फर्केका हुन्।

बुधबारबाट उनी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल भएका छन्। तर  उनी पहिलाकै अवस्थामा खुसी हुन सकेका छैनन्। 'म खुसी हुन चाहन्छु तर सकिरहेको छैन,' उनले अनुभव सुनाए, 'पहिला मलाई ट्रेनिङमा एकदमै रमाइलो लाग्थ्यो। त्यही अवस्थामा पुग्न सायद अझै केही समय लाग्ला। बहिनीले पनि उनलाई सधैँ अघि बढ्ने सल्लाह दिएको अहिले पनि सम्झन्छन्। 'दाइ धेरै राम्रो गर्नुभएको छ। तपाईका कारण हामीलाई सबैले चिन्छन्। तपाई अझै अघि बढ्दै जानुपर्छ, भन्थिन्।'

अहिले पुनरागमनका लागि पनि आमाले प्रेरित गर्नुभएको विमल बताउँछन्। 'बाबु फुटबलले नै तँलाई यहाँसम्म पुर्‍याएको छ। अझै तैले धेरै गर्नुछ। फुटबलमा अझै राम्रो गर्दै जानू भन्नुभयो। त्यही प्रेरणा र प्रशंसकको मायाले म फेरि प्रशिक्षणमा फर्केको छु।'

उनी फेरि पनि बेल्जियम जाने योजनामा छन्। तर, ठ्याक्कै कहिले जान्छु भन्ने अनुमान गरेका छैनन्। बेल्जियममा रहेका उनका एजेन्ट रेगार्ड लुइसले भने पटक पटक आउन खबर गरिसकेका छन्। 'अब चोट पूर्ण रूपमा ठिक भएको छ तर फिट हुन बाँकी छ,' उनले भने, 'म पूर्ण रूपमा फिट हुनका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा आएको हुँ। फिट भएपछि जाने सोचमा छु। लुइसलाई मैले केही समय लाग्छ भनेको छु।'

उनी पछिल्लोपटक बेल्जियम उपचारकै लागि गएका थिए। फागुनमा भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का क्रममा उनको बायाँ घुँडामा चोट लागेको थियो। 'यहाँ निको हुन समय लाग्छ भनिएकाले म बेल्जियम भएको थिएँ। त्यहाँ २० दिनमै मेरो चोटमा निकै सुधार आयो। नियमित फिजियो र अभ्यास गरेको थिएँ,' नेपालले पछिल्लो वर्ष प्राप्त गरेको तीन ठूला सफलतामा महŒवपूर्ण सदस्य रहेका विमलले भने, 'लगभग ठिक हुन लागेको थियो। यता बहिनीको घटना भएकाले फर्कें।' नेपालले भदौमै विमलकै कप्तानीमा साफ यु–१९ च्याम्पियनसिप जितेको थियो भने माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप र फागुनमा १२ औं सागमा स्वर्ण पदक जित्दा विमल राष्ट्रिय टोलीका सदस्य थिए।

विमलको लक्ष्य बेल्जियमकै कुनै क्लबमा आबद्ध हुनु हो। तर, बेल्जियम जानुअघि यता कुनै प्रतियोगिता भएमा भने खेल्ने सोचमा छन् उनी। 'मेरो पहिलो प्राथमिकता बाहिर जाने नै हो,' १९ वर्षे उनले सुनाए, 'तर जाने मिति तय भएको छैन। उता जानु अघि समय भयो भने यहाँ पनि खेल्छु। गतवर्ष सुदूरपश्चिमबाट लिग खेलेका विमल अहिले कुनै पनि घरेलु क्लबमा आबद्ध छैनन्।
अर्को समाचार
विमलको लक्ष्यमा गम्भीर धक्का
०६ पौष २०७७
•
२ मिनेट पाठ
विमलको लक्ष्यमा गम्भीर धक्का
राष्ट्रिय टोलीमा पुनरागमन गर्ने स्ट्राइकर विमल घर्तीमगरको लक्ष्यमा गम्भीर धक्का लागेको छ। कतार विश्वकप २०२२ अन्तर्गत घरेलु मैदानमा मार्चमा हुने खेलका लागि कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा विमल पनि त्यसमा समावेश थिए।




विश्वकप छनोटको पहिलो घरेलु खेलअन्तर्गत भुटानमा कुवेतविरुद्ध खेल्न जानु अघिल्लो दिन अनुशासनको कारबाहीमा परेपछि विमल विगत एक वर्षदेखि राष्ट्रिय टोलीबाहिर रहँदै आएका थिए। अनुशासनकै कारबाहीबाट फुकुवा भएसँगै विमलले गत वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पनि मच्छिन्द्र क्लबबाट लिगको अन्तिम खेलमा मात्र मैदान उत्रिएका थिए।  

कोरोना महामारीका बीच नेपालमा खेलकुद गतिविधि ठप्प रहेको अवस्थामा बंगलादेशले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा गर्दा पनि विमलले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका थिएनन्।शुक्रबार प्रशिक्षणका क्रममा विमलको खुट्टामा चोट लागेको थियो।राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूधन उपाध्यायले विमलको लिगामेन्ट च्यातिएको र उनी लामो समय मैदानबाहिर रहने बताए।

‘शुक्रबार अभ्यासका क्रममा घाइते भएका हुन्,’ उपाध्यायले भने, ‘उनको आइतबार एमआरआईको रिपोर्ट आएको छ। चिकित्सकले उनको तत्काल घुँडाको शल्यक्रिया गर्नुपर्ने बताएका छन्। उनी कहिलेसम्म मैदानमा फर्कन्छन् भन्न सकिंदैन। चोट गम्भीर भएकाले उनी लामो समय नै मैदानबाहिर बस्नेछन्।’

‘हामीले विमलबाट निकै आशा गरेका थियौं,’ उपाध्यायले भने, ‘यो टोलीका लागि नै दुर्भाग्य हो। उनी लामो समयदेखि टोलीबाहिर रहेका थिए। उनको आगमनबाट टोलीले धेरै आशा गरेको थियो। उनमा क्षमता देखेरै प्रशिक्षकले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएका हुन्। विमलजस्तो स्ट्राइकर भेट्टाउन कठिन छ। उनको अनुपस्थितिले टोलीमा धेरै असर गर्छ।

नेपालले विश्वकप छनोट चरणअन्तर्गत गत चैतमा घरेलु मैदानमा अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनविरुद्ध खेल्ने तालिका रहेको थियो। तर विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण फिफाले छनोट खेल तत्कालका लागि स्थगन गरेको थियो। फिफाले पुनः कात्तिकमा खेल खेलाउने तालिका सार्वजनिक गरे पनि विश्वभर कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै पुनः छनोट खेल स्थगित गरेको थियो। विश्वकप छनोट खेलका लागि नेपालले खेलाडीहरूको पिसिआर गर्दै बन्द प्रशिक्षणमा समेत बोलाइसकेको थियो। त्यस बेला पनि विमलले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका थिएनन्।  फिफाले २०२१ मार्च र जुनका लागि छनोट खेलको नयाँ तालिका सार्वजनिक गरिसकेको छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस