२३ औं गोधुली रनिङ कप शुरु
३० पौष २०७९
•
२ मिनेट पाठ
२३ औं गोधुली रनिङ कप शुरु
म्यान अफ दि म्याच खेलाडी वडा ५ का साजन लिम्बुलाई पुरस्कार प्रदान गर्दै अतिथिहरु।
धरानको चर्चित फुटबल प्रतियोगिता २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप शनिबारदेखि शुरु भएको छ।  




धरान १६ स्थित रंगशालामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं ५ ले वडा नं १३ लाई २–० गोलअन्तरले हराउदै विजयी यात्रा शुरु गरेको छ। गत बर्षको उपविजेता वडा १३ को चुनौती पन्छाउन वडा ५ का साजन लिम्बुले दुवै गोल गरेका थिए। उनले पहिलो हाफको १८ औं र दोस्रो हाफको २९ औं मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरे। उनले खेलको म्यान अफ दि म्याच हुदै नगद १५ सय र मेडल पनि पुरस्कार हात पारे।

प्रतियोगिताको उद्घाटन वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले गरेका थिए। प्रतियोगिताको फाइनल माघ १४ गते हुनेछ। प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ। गोधुली कप बुढासुब्बा गोल्डकप भन्दा पनि पुरानो धरानको प्रतियोगिता हो। वि.स.२०५० सालदेखि शुरु भएको प्रतियोगिता केही बर्ष भने रोकिएको थियो। धरानमा फुटबल खेलाडी उत्पादनमा यो प्रतियोगिताको ठुलो योगदान रहेको छ।  

प्रतियोगितामा धरानको वडा कार्यालयहरुले आफ्नो वडाको स्थायी बसोबास भएको खेलाडी समेटर फुटबल टिम तयार गरेर सहभागिता जनाउने गरेको छ। प्रतियोगिताको विजेताले रनिङ ट्रफीसहित नगद १ लाख ५० हजार पुरस्कार पाउनेछ भने उपविजेताले ७५ हजार नगद पाउनेछ। यस्तै, वडा नं १८ का वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) र उनका बुबा ध्यानबहादुर राईले विजेता र उपविजेता टिमलाई थप २५÷२५ हजार नगद पुरस्कार थपिदिने उपाध्यक्ष सतिस केसीले जानकारी दिए। २१ औं सँस्करणदेखि वडाअध्यक्ष राई र उनका बुबाले विजेता र उपविजेतालाई नगद पुरस्कार थपिदिने गरेको पनि उपाध्यक्ष केसीले जानकारी दिए।

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार, हाई स्कोररले नगद ७ हजार ५ सय पाउनेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट र फाइनलको म्यान अफ दि म्याचले नगद ५ हजार ५ सय पाउनेछन्। प्रतियोगितामा कुल १५ लाख १३ हजार ३६५ रुपैया खर्च हुने अनुमान गरिएको पनि क्लबले जनाएको छ। प्रतियोगितालाई टुबोर्ग वियरले मुख्य प्रायोजन गरेको छ भने सहप्रयोजन धरान १७ समाज हङकङ, वडा नं १७ कार्यालय र सेन्ट जोसेफ ई.बोडिङ स्कुलले गरेको छ।  

क्लबका उपाध्यक्ष केसीका अनुसार प्रतियोगिताको क्वार्टरफाइनल पुग्ने टिमलाई समेटेर धरान उपमहानगरपालिकाले स्वर्गीय सुवास राई स्मृति सुपर ८ प्रतियोगिता पनि आयोजना गराउनेछ। गत बर्षदेखि उपमहानगरले यो प्रतियोगिता शुरु गरेको हो। यो बर्ष पनि ७ लाख बजेट विनियोजन गरिएको छ।  
अर्को समाचार
गोधुली रनिङ कप सुरु, उद्घाटन खेलमा वडा १५ विजयी
२४ पौष २०७८
•
२ मिनेट पाठ
गोधुली रनिङ कप सुरु, उद्घाटन खेलमा वडा १५ विजयी
उद्घाटन खेलको म्यान अफ द म्याच प्रदान देवानलाई पुरस्कार वितरण गरिँदै। तस्बिरः नागरिक
धरानको चर्चित वडास्तरीय २२ औं गोधुली टुबोर्ग रनिङ कप शुरु भएको छ। धरान १६ स्थित रंगशालामा शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा धरानको वडा नं १५ ले वडा ३ लाई पराजित गरेको छ। उद्घाटन खेलमावडा १५ ले वडा ३ लाई ५–१ गोल अन्तरले हराउदै विजयी शुरुवात गरेको हो। वडा १५ जितमा बसन्त बाँनियाले २ गोल गरे भने नगेन्द्र राई, मिलन लिम्बु र सुगम जिमीले एक एक गोल गरे। वडा ३ को लागि दिवस क्षेत्रीले एक मात्र सान्त्वना गोल गरे।




पहिलो हाफको ११ औं मिनेटमा वडा १५ का नगेन्द्र राईले गोलको खाता खोलेका थिए। पहिलो हाफमा बसन्तले थप २ गोल गर्दा वडा ३ का दिवसले १ गोल गर्दे पहिलो हाफमा ३–१ को स्थिति बनाएर खेलमा फर्कने प्रयास गरेको थियो। तर, दोस्रो हाफमा मिलन र सुगमले गोल गर्दै वडा नं १५ को जित सुनिश्चित गरे।

खेलको म्यान अफ द म्याच वडा १५ का प्रज्ञान देवान घोषित भए। उनलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद १५ सय पुरस्कार प्रदान गरे। आइतबारको खेल धरानको वडा नं. ८ र ४ का बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ।

माघ ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद ७५ हजार पुरस्कार पाउने छन्। यसबाहेक विजेता र उपविजेता टोलीलाई वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई र बेलायत निवासी उनका बुबा ध्यानबहादुर राईले थप २५, २५ हजार दिने घोषणा गरेका छन्। विजेता टोलीले कुल १ लाख ७५ हजार र उपविजेता टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्।

यस्तै, वेष्ट प्लेयरले १५ हजार र हाई स्कोरले ७ हजार ५ सय पुरस्कार पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार ५ सय पुरस्कार पाउने आयोकज क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए। प्रतियोगितामा धरानको २० वटै वडाको टिमले सहभागिता जनाएको छ। प्रतियोगितामा धरानको वडा कार्यालयहरुले आफ्नो वडाका खेलाडीहरु समेटेर फुटबल टिम तयार गरी सहभागिता गराउने गरेको छ।

टप ८ टोलीको सुपर लिग हुने

यो वर्ष गोधुली रनिङ कपको क्वार्टर फाइनल खेल्ने ८ टोलीले सुपर लिग खेल्न पाउनेछन्। धरान उपमहानगरपालिकाले गोधुली कपको उत्कृष्ट ८ टोली समेटेर स्वर्गीय सुवास राई स्मृति सुपर लिग प्रतियोगिता शुरु गर्ने तयारी गरेको खेलकुद विकास समितिका सदस्यसमेत रहेका गोधुली क्लबका उपाध्यक्ष केसीले जानकारी दिए।

स्वर्गीय राई गोधुली क्लबको संस्थापक हुन् भने गोधुली रनिङ कपका परिकल्पनाकार र शुरुवात गराउने व्यक्ति हुन्। उनी वडा नं १७ मा दुई कार्यकाल वडाअध्यक्ष भएका थिए भने गएको २०७४ सालको स्थानीय तह निर्वाचनपछि एमालेबाट नगर कार्यपालिका सदस्य भएका थिए भने नगर खेलकुद विकास समितिको संयोजक पनि थिए। उनको यसै वर्ष निधन भएको थियो।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस