ब्राजिल स्वर्ण नजिक
०३ भदौ २०७३
•
५ मिनेट पाठ
ब्राजिल स्वर्ण नजिक
रियो दी जेनेरियो- नेइमारले ओलम्पिक इतिहासमै सबैभन्दा छिटो गरिएको गोलसँगै दुई गोल ठोकेपछि ब्राजिलले ओलम्पिक स्वर्ण पदकका लागि जर्मनीविरुद्धको 'रिम्याच' पक्का गरेको छ। बुधबार रियोस्थित माराकाना रंगशालामा सम्पन्न सेमिफाइनलमा आयोजक ब्राजिलले होन्डुरसलाई ६–० को फराकिलो अन्तरमा पराजित गर्दै ओलम्पिक फुटबलमा पहिलो स्वर्ण पदक जित्ने आशा जीवित राखेको छ। शनिबार माराकानामै हुने फाइनल दुई वर्षअघि विश्वकप फुटबलको सेमिफाइनलको रिप्लेजस्तै हुनेछ। विश्वकप २०१४ को सेमिफाइनलमा पनि यिनै दुई टोली भेट हुँदा जर्मनीले घरेलु टोलीमाथि ७–१ को रवाफ जमाएको थियो। ब्राजिलले अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा भोगेको त्यो अहिलेसम्मकै फराकिलो हार हो।

साओ पाउलोमा लुकास क्लोस्टरम्यान र निल्स पिटरसनले गोल गरेपछि नाइजेरियामाथि २–० को जित हालिस गर्दै संगठित टोलीको पहिचान बनाएको विश्व च्याम्पियन जर्मनीले फाइनल यात्रा तय गरेको थियो।

प्रतियोगिताको सुरुआती दुई खेलमा गोलरहित बराबरीमा सीमित हुँदा नेइमारको तीव्र आलोचना भएको थियो। तर सही समयमा फर्ममा पुनरागमन जनाउँदै देशको निरीह केटाबाट स्वर्णिम युवामा रुपान्तरित भएका नेइमारले बुधबार खेल सुरु १५ सेकेन्डमै गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाए।

'नेइमार एउटा अत्यन्तै खतरनाक खेलाडी हुन्। उनलाई फुटबल खेल्ने कला उपहारका रूपमा प्राप्त भएको छ। उनी आफ्नो प्रतिभाबाट सबैलाई खुसी पार्न सक्छन्,' ब्राजिलका प्रशिक्षक रोगेरियो मिसेलले भने, 'नेइमार हामी सबैबाट सम्मानको हकदार छन्। किनकि उनले ब्राजिललाई माथिल्लो उचाइँमा पुर्‍याएका छन्।'

बार्सिलोनाका स्टारले विपक्षी रक्षक जोनी पालासियोसबाट पेनाल्टी बक्सको छेउमै बल खोसेर गोलकिपर लुइस लोपेजलाई पनि असफल पार्दै खालि पोस्टमा गोल गरेका थिए। उनले दिलाएको अग्रतामा ग्याब्रिअल जिससले पहिलो हाफमै दुई गोल थपे। ग्याब्रिअलले २६ औं मिनेटमा पहिलो व्यक्तिगत गोल गर्दै अग्रता दोब्बर पारे भने ३५ औं मिनेटमा अर्को गोल थपे। पहिलो हाफमा ३–० को अग्रता लिएको टोलीका लागि मार्किन्होजले ५१ औं मिनेटमा चौथो गोल गरे। लुआनले ७९ औं मिनेटमा अर्को गोल गर्दै होन्डुरसलाई थप निरीह पारिसकेको अवस्थामा नेइमारले इन्जुरी समयमा दोस्रो व्यक्तिगत गोल गरे।

होन्डुरसका प्रशिक्षक लुइस पिन्टोले नेइमारको प्रभावशाली प्रदर्शनका कारण नतिजा धेरै फराकिलो भएको प्रतिक्रिया दिए। 'नेइमार विश्व फुटबलका सर्वोत्कृष्ट वा दोस्रो नम्बरका खेलाडी हुन्। त्यसैले उनलाई नियन्त्रण गर्न जस्तोसुकै विपक्षीलाई पनि गाह्रो हुन्छ,' शुक्रबार नाइजेरियाविरुद्ध हुने खेलमार्फत होन्डुरसलाई इतिहासकै पहिलो पदक जिताउने सम्भावना कायम रहेका पिन्टोले भने, 'तर रेफ्रीहरू उनको जालमा सजिलैसँग फसे। हामीलाई ब्राजिलसँग हारेकोमा धेरै पछुतो छैन। उनीहरू निकै माथिल्लो स्तरका टोली हुन्। हामीसँग अझै कांस्य पदक जित्ने सम्भावना कायम छ।'

बुधबारको जितले ब्राजिलको ओलम्पिक पुरुष फुटबलमा चौथो पदक पक्का भएको छ। १९९६ र २००८ मा कांस्य पदक जितेको ब्राजिल चार वर्षअघि फाइनलमा मेक्सिकोसँग स्तब्धपूर्ण पराजय भोग्दै रजत पदकमा सीमित भएको थियो। बुधबारको जितपछि फाइनलको नतिजा जस्तो आए पनि ब्राजिलले रजत पदक जित्ने पक्का भएको छ। विश्वकपमा कीर्तिमानी पाँचपटक उपाधि जिते पनि ओलम्पिक फुटबलको इतिहासमा भने ब्राजिलले अहिलेसम्म एउटै स्वर्ण पदक जित्न सकेको छैन।
अर्को समाचार
ओलम्पिक फुटबलमा ब्राजिल र मेक्सिको फाइनलमा
२४ साउन २०६९
•
३ मिनेट पाठ
ओलम्पिक फुटबलमा ब्राजिल र मेक्सिको फाइनलमा
लन्डन, साउन २५ (एजेन्सी)- ब्राजिल ओलम्पिक फुटबलमा स्वर्ण जित्ने सपनाको नजिक पुगेको छ। दक्षिण कोरियामाथि ३-० को सहज जितसँगै ब्राजिलले मेक्सिकोविरुद्ध फाइनल भेट पक्का पारेको हो। अर्को सेमिफाइनलमा मेक्सिकोले एसियाको बलियो टोली जापानलाई ३-१ ले पराजित गर्‍यो।
 

लिएन्द्रोले दुई र रामुलोले एक गोल गरेपछि ब्राजिलले वेम्बलीमा शनिबार हुने फाइनलमा सुरक्षित गरेको थियो। चार वर्षअघि ब्राजिलले कांस्य पदकमा चित्त बुझाएको थियो। पाँचपटकको विश्वकप विजेता ब्राजिलले ओलम्पिकमा अहिलेसम्म स्वर्ण जित्न सकेको छैन। यसपटक उनीहरू इतिहास निर्माणको नजिक रहेको विश्वास गरिएको छ।
रोमान्चक क्वार्टरफाइनलमा आयोजक ब्रिटेनलाई टाइब्रेकरमा हराउँदै अघि बढेको दक्षिण कोरियाले ब्राजिलविरुद्ध भने कमजोर प्रदर्शन गर्‍यो। कुनै पनि समय ब्राजिलमाथि दबाब दिन सकेन। ब्राजिलले ३८औं मिनेटमा गोलको खाता खोल्यो। कोरियाका की सुङ येङको गल्तीको फाइदा उठाउँदै भास्को डा गामाले निकालेको पासमा डिफेन्डर रामुलोले गोल गरेका थिए।
५७औं मिनेटमा गोल गर्दै अन्तर बढाएका लियान्द्रोले त्यसको सात मिनेटपछि अर्को गोल थप्दै टोलीको जित निश्चित पारे।
जापानविरुद्ध पछि परे पनि उत्कृष्ट पुनरामगन गर्दै मेक्सिको ओलम्पिक फुटबलमा इतिहास रच्न सफल भएको छ। उच्च अपेक्षित टोली स्पेनलाई समूह चरणबाटै पठाएको ब्राजिलको पुरुष टोली पनि महिलाजस्तै फाइनल पुग्ने अपेक्षा गरिएको थियो। १२औं मिनेटमा युकी ओस्तुले १२औं मिनेटमा गोल गर्दै त्यसको संकेत पनि दिएका थिए। तर मेक्सिकोका लागि मार्सो फाबियनले २८औं बराबरी गोल फर्काएपछि जापानको सम्भावनामा धक्का लागेको थियो।
ओराइब पिरोल्टाले ६५औं मिनेटमा गोल गरेपछि पहिलोपटक ओलम्पिक फुटबलमा पुग्ने मेक्सिकोको सम्भावना बढेको थियो। इन्जुरी समयको तेस्रो मिनेटमा मेक्सिकोका जेभियर कर्टेजले चलाखीपूर्ण ढंगमा ब्याकहिल गोल गरेपछि जापानको फाइनल पुग्ने सपना तुहिएको थियो।
अब दुई एसियाली राष्ट्र जापान र दक्षिण कोरिया कांस्य पदकलाई भिड्ने छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस