दुई पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब पाचौं संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ।
चार संस्करणका फाइनल खेलेको आर्मीलाई विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफले टाइ ब्रेकरमा स्तब्ध बनाएको हो। निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा सशस्त्रका गोलकिपर राजु नगरकोटी नायक बने । उनले आर्मीको दुई वटा प्रहारलाई राक्दै एपिएफलाई सेमिफाइनलमा पु¥याए। नगरकोटीले आर्मीका कप्तान नवयुग श्रेष्ठ र दीपक गुरुङको प्रहार रोकेका हुन्। आर्मीका टेकबहादुर बुढाथोकी र विकास खवासको प्रहार मात्रै गोलमा परिणत भयो। एपिएफबाट नवीन लामा, सुदीप शिख्राकार, दीपेश घिमाल र सनिस श्रेष्ठ चारै जना गोल गर्न सफल भए। खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।
एपिएफले ३६औं मिनेटमा गोल गर्ने अवसर खेर फाल्यो। आर्मीका गोलकिपर विकेश कुथु झुक्किएको अवस्थामा युवराज खड्काले गोल गर्न सकेनन्। ६३औं मिनेटमा आर्मीका कप्तान नवयुगको प्रहार पनि बाहिरियो। ८२औं मिनेटमा नवीन लामाको कर्नर प्रहारमा दीपेश धिमालको हेडर पोस्ट नजिकैबाट बाहिरिन पुग्यो। अन्तिम समयमा दुवै टोलीले सुधारिएको खेल प्रस्तुत गरेको थियो। तर, गोल सम्भव भएन। खेलको म्यान अफ दी म्याच एपिएफका गोलकिपर राजु नगरकोटी भए र उनले नगद १० हजार रूपैयाँसहित ट्रफी प्राप्त गरे। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए।
‘हामी यहाँ सधैं फाइनल खेल्दै आएका थियौं। यो पटक पहिलो खेलबाटै बाहिरिनु पर्दा दुःख लागेको छ,’उनले भने, ‘एउटा पेनाल्टी थियो त्यो पनि पाएनौं र फिनिसिङमा पनि चुक्यौं। नाम चलेका खेलाडीले पनि खासै खेल्न सकेनन्।’ यता एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले खेलमा फिनिसिङमा चुक्दा गोल ननिस्केको प्रतिक्रिया दिँदै टाइब्रेकरबाट जित सम्भव भएकोमा खुसी व्यक्त गरे। विदेशी खेलाडी पेपेको अनुपस्थितिमा पनि आफ्ना खेलाडीले राम्रो खेलेको उनको प्रतिक्रिया थियो। जारी प्रतियोगितामा शुक्रबार घरेलु टोली मकवानपुर–११ ले मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ।