मनाङ मस्र्याङदी क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को अन्तिम चारमा पुगेको छ।
यो जितसंगै मनाङ मस्र्याङदी सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा आयोजक मकवानपुर ११ लाई २–१ गोलअन्तरले पराजित गर्दै मनाङले सेमिफाइनलको यात्रा तय गरेको हो । मनाङको जीतमा सुमित श्रेष्ठ र विदेशी खेलाडी डिवान्डो ड्याङबोले गोल गरेका थिए।
मकवानपुरको लागि एक गोल विदेशी खेलाडी साहिदले गरे । मनाङका लागि सुमितले ११ र डिवान्डोले ३९ औं मिनेटमा गोल गरेका थिए । मकवानपुर ११ को तर्फबाट साहिदले ५३ औं मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ दी म्याच मनाङका कमल थापा घोषित भए।
मनाङले खेलको सुरुवातमै अग्रता लिँदा आयोजक टोली निकै दवावमा आएको थियो । खेलको ३३ औं मिनेटमा आयोजकका सन्त गुरुङले गरेको हेड गोलपोष्ट नजिकैबाट बाहिरिदा खेललाई बराबरीमा ल्याउने मौकाबाट चुकेको थियो । ३५ औं मिनेटमा मकवानपुरका विश्व श्रेष्ठले गरेको प्रहार मनाङको बारमा लागेर बाहिरिएको थियो।
खेलको ५३ औं मिनेटमा मकवानपुरका साहिदले हेड मार्फत गोल गर्दै गोलअन्तर घटाएका थिए । मनाङले फाइनल प्रवेशका लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसंग प्रतिस्पर्धा गर्नेछ । एपीएफ आर्मीलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो।
जारी प्रतियोगितामा शनिबार हिमालयन शेर्पा र फ्रेण्डस क्लबबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ । यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट मोटरसाइकल) तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।