दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले धैर्यतापूर्वक ब्याटिङ गरेपछि नेपालले शुक्रबार विश्वकप लिग–२ च्याम्पियन स्कटल्यान्डमाथि तीन विकेटको रोमाञ्चक जित निकालेको छ।
त्रिकोणात्मक शृंखला खेल्न नेपाल आएको स्कटल्यान्ड बुधबार नामिबियालाई हराउँदै तीन खेलअगावै सात टोली सम्मिलित विश्वकप लिग–२ च्याम्पियन भइसकेको छ। तर, नेपालका अलराउन्डरद्वय दीपेन्द्र र कुशलले धैर्यपूर्वक ब्याटिङसहित अर्धशतक पूरा गरेपछि स्कटल्यान्ड लिग–२ मा नवौं हार बेहोर्न बाध्य भयो। लिग–२ मै स्कटल्यान्डको नेपालसँग दोस्रो हार हो। यसअघि गत जुलाईमा उसैको घरेलु मैदानमा नेपालले स्कटल्यान्डमाथि रबाफिलो जित निकालेको थियो।
शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टियु) क्रिकेट मैदानमा नेपालले २ सय ७५ रनको चुनौतीपूर्ण लक्ष्य ४७ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो र लिग–२ मा दोस्रो पटक स्कटल्यान्डलाई स्तब्ध बनायो। नेपालको सफलतामा कुशलले ८१ रन र दीपेन्द्रले अविजित ८५ रनसहित अलराउन्ड प्रदर्शन गरे। यो जोडीले छैटौं विकेटका लागि सय रनको महत्वूर्ण साझेदारी गर्यो। १०.५ ओभरमा नेपालको खातामा ७७ रन मात्र हुँदा पाँच ब्याटर पवेलियन फर्किसकेका थिए। तर, यी दुईले धैर्यपूर्वक ब्याटिङ गर्दै जितको आधार तय गरे। स्कटिस स्पिनर मार्क वाटले कुशललाई आउट गर्दै नेपाललाई ठूलो झड्का दिए।
आक्रामक ब्याटिङ गरिरहेका कुशल ठूलो सट खेल्ने चक्करमा सहज क्याच दिन पुगे। ६७ बल खेलेका कुशलले ९ चौका र ४ छक्का प्रहार गरे। यद्यपि, दीपेन्द्रले इनिङको अन्त्यसम्म ब्याटिङ गर्दै विश्वकप लिग–२ च्याम्पियन स्कटल्यान्डलाई हार बेहोर्न बाध्य बनाए। यस क्रममा दीपेन्द्रले सातौं विकेटका लागि गुल्सन झासँग ४३ रन र सोमपाल कामीसँग आठौं विकेटका लागि ५५ रनको अविजित साझेदारी गरे। गुल्सन १७ रनमा पवेलियन फर्किंदा सोमपाल २४ रनमा अविजित रहे। दीपेन्द्रले १ सय १६ बलमा आठ चौका र एक छक्का हिर्काए। कुशलले दुई तथा दीपेन्द्रले एक विकेट पनि लिएका थिए।
यद्यपि, स्कटल्यान्डका बलरले लय गुमाउँदा नेपालले उत्कृष्ट सुरुआत गर्ने अवसर पायो। यस क्रममा नेपालले पहिलो ओभरमा २० रन र दोस्रो ओभरमा १५ रन जोड्यो। तर, तेस्रो ओभरको पहिलो बलमा नै ओपनर कुशल भुर्तेल १६ रनमा आउट हुन पुगे। त्यसपछि लगातार विकेट गुमाउँदा नेपाल दबाबमा पर्यो। स्कटल्यान्डका बलर क्रिस सोलेले कुशलसहित अर्का ओपनर आसिफ शेखलाई ९ रन र ज्ञानेन्द्र मल्ललाई ४ रनमा पवेलियन फर्काउँदै नेपाललाई ठूलो झड्का दिएका थिए। त्यसपछि कप्तान रोहित पौडेल पनि ६ रनमै पवेलियन फर्किए।
मध्य क्रमका सन्दीप जोरा पनि ५ रनमा एलबिडब्लु आउट भए। त्यससँगै नेपालको पाँचौं विकेट पतन भयो र ७७-५ को नाजुक स्थितिमा पुग्यो। तर, कुशलले छैटौं विकेट लागि दीपेन्द्रसँग सय रनको साझेदारी गर्दै नेपालको जित आधार तय गरे। स्कटल्यान्डका बलर सोले र वाटले समान तीन विकेट लिए। माइकल लिस्कले एक विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले लिस्ककै शतकीय इनिङमा घरेलु टोलीसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो। २४.२ ओभरमा स्कटल्यान्डले १ सय ११ रन जोड्दा ६ ब्याट्सम्यान पवेलियन फर्किसकेका थिए। तर, सातौं नम्बरमा ब्याटिङ गर्न आएका लिस्कले नटआउट १ सय ७ रनको शतकीय इनिङ जोडे। यो उनको करियरकै पहिलो शतक पनि हो। उनले ८५ बलमा तीन चौका र ९ छक्का हिर्काउँदै मैदानको चारैतिरै बाउन्ड्री प्रहार गरे। उनको शतक स्कटल्यान्डको जितका लागि पर्याप्त भएन। नेपालले पनि शृंखलामा लगातार दोस्रो जित निकाल्यो। यससँगै लिग–२ मा नेपालले २६ खेलमा २२ अंक जोड्दा छैटौं स्थानमा यथावत् छ।
पाँचौं स्थानको संयुक्त अरब इमिरेट्स (युएई) समान खेलबाट पाँच अंकले अगाडि छ। नेपालले नामिबियासँग शनिबार नै शृंखलाको तेस्रो खेल खेल्नेछ। त्यसअघि नेपालको बलिङमा सन्दीप लामिछानेले १० ओभरमा तीन विकेट लिँदा २७ रन मात्र खर्चिए। यससँगै सन्दीपको लिग–२ मा २२ खेलबाट ४८ विकेट भएको छ। सर्वाधिक विकेट लिने सूचीमा उनी तेस्रो स्थानमा छन्। कुशल भुर्तेल र सोमपालको नाममा थप १/१ विकेट रह्यो।