भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तर नगर पुरुष खो खोको प्रतियोगिताको उपाधिका लागि फाइनल खेल मंगलबार ठाकुरबाबा र कीर्तिपुर नगरपालिकाबिच हुने भएको छ। यस्तै तेस्रो स्थानका लागि धनगढी उपमहानगरपालिका र आयोजक भक्तपुर नगरपालिकाबिच मगलबार नै हुने भएको छ।
सोमबार भएको सेमिफाइनल खेलमा धनगढी उपमहानगरपालिकालाई हराउँदै ठाकुरबाबा नगरपालिका विजयी बनेको थियो। साथै भक्तपुर नगरपालिका बि लाई हराउँदै कीर्तिपुर नगरपालिकाले फाइनल यात्रा तय गरेको थियो।
विजयी टोलीलाई सांसद प्रेम सुवालबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ। साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई नगद ५ हजार पुरस्कारको व्यवस्था पनि गरिएको छ। खेल महेश्वरी खेल मैदान भक्तपुरमा हुने छ।
भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ। यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो। त्यस अनुसार यो वर्ष खो खो प्रतियोगिता भएको हो। प्रतियोगिता फागुन ५ गतेदेखि सुरु भएको थियो।
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ। लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो।
सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई-दुई अंक प्राप्त गरेको भएपनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो।
यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका थिए।
टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा पाँच विकेट गुमाएर ११७ रन बनाएको थियो। गण्डकीका लागि सिमाना केसीले सर्वाधिक ४० रनको योगदान दिइन्। ३४ बल खेलेकी सिमानाले तीन चौका प्रहार गरिन्। यस्तै सम्झना पौडेलले नटआउट ३८ रनको योगदान दिइन्।
ओपनर दिपिका सापकोटा शून्यमै आउट हुँदा श्रेया शाहले १५ रन बनाइन्। रेखा तामाङ चार रन बनाएर आउट हुँदा चन्द्रमाया बराल र कुशुम गोदारले एक एक रन थपे। सुदूरपश्चिमकी स्नेहा महराले दुई विकेट लिइन भने अनु कठायत, करिष्मा थापा र यशु पाण्डेले एक-एक विकेट लिए।
सुदूरपश्चिमलाई विताउन अनु कडायतले महत्वपूर्ण पारी खेलिन्। ३३ बलको सामना गरेकी अनुले दुई छक्का र सात चौका प्रहार गरिन्। यस्तै मनिषा बोहराले २५ रन बनाउँदा यशु पाण्डेले ११, ऋतु कनौजीयाले आठ स्नेहा महराले दुई र ममता बोहराले एक रन बनाए। गण्डकीका लागि दिपिका सापकोटाले चार तथा चन्द्रमाया बरालले एक विकेट लिए।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...