आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज स्कटल्याण्डविरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।
पहिलो विकेट लिनेक्रममा नेपालका बलर सन्दीप लामिछानेले स्कटल्याण्डका सुरुवाती बलर काइल कोट्जर एलविडब्लु आउट गरे । आठौ ओभरमा वलिङ गर्न आएका सन्दीपले ओभरको पाँचौ वलमा काइललाई २२ रनमा आउट गर्दै पहिलो विकेट लिएका हुन । यसश्रृखलमा सन्दीपको यो दशौ विकेट हो । यस अघि खेलेको तीन खेलमा उनले ९ विकेट लिएका थिए । स्कटल्याण्ड अहिले१० ओभरमा एक विकेट गुमाएर ६० रन बनाएर खेलिरहेको छ ।
क्रितिपुर क्रिकेट मैदानमा आज बिहान ९ बजे देखि शुरु भएको यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यस श्रृखलामा नेपालले चारै खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । पहिला बलिङ गरेको खेलमा प्राय विजयी भएको पाईएको छ ।
यस श्रृखलमा नेपालले यस अघिका लगातार तीन खेल जितीसकेको छ ।नेपालले नामिबियालाई दुई पटक र स्कटल्याण्डलाई एक चोटी जितेको छ ।
प्रतियोगिताको उपाधी जितीसकेको स्कटल्यान्डलाई यस श्रृखलामा दोश्रो पटक हराउँदै पहिलो पटक लिग–२ मा चारै खेल जित्ने सोचमा नेपाल रहेको छ ।
स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारसहित ५० अंकका साथ शीर्षस्थानमा छ । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । यदि नेपालले बाँकी सबै ९ खेल जितेको खण्डमा ४२ अंकका साथ शीर्ष तीनमा रहँदै सोझै जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । शीर्ष तीनमा पर्न नसके प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता जोगाउन ९ मध्य ५ खेल जित्नुपर्ने हुन्छ।