पाँचौँ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ।
बुधवार भएको फाइनलमा 'ए' डिभिजन टोली हिमालयन शेर्पा क्लबलाई १–० ले हराउँदै मनाङले उपाधि जितेको हो।
मनाङको जीतमा रोशन राना मगर नायक बने। उनले खेलको ७८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनी नै खेलको म्यान अफ दी म्याच समेत घोषित भए। उनले नगद १० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे।
मनाङले एपिएफलाई र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो। फाइनलमा शेर्पाले सुरुवाती अग्रता बनाउने मौका गुमाएको थियो। दुई डिफेण्डरलाई छलाउँदै योमीले पोष्ट बाहिर प्रहार गरेका थिए। ४३ औँ मिनेटमा मनाङका भिषन गुरुङको प्रहार पोष्टमा लागेर फर्किँदा अभागी बन्यो।
पहिलो हाफको अतिरिक्त समयमा मनाङका रोशन राना मगरको फ्रिकिक प्रहार बारमा लाग्दै बाहिरियो। ९० औँ मिनेटमा शेर्पाले बराबरी गोल गर्ने मौका सदुपयोग गर्न सकेन। शेर्पाका फरवार्ड योमीको प्रहार पोष्टमा लागेर फर्कियो। शेर्पाका नियमित कप्तान विश्वास श्रेष्ठ घाइते भएका कारण पहिलो हाफमै मैदान छोडेका थिए। श्रेष्ठको अभावमा शेर्पा दबाबमा परेको थियो। खेल सकिएपछि मनाङका प्रवेश कुँवरले रातो कार्ड प्राप्त गरे। खेल सकिएपछि जितको खुसी साट्ने क्रममा अपशब्द बोलेपछि मुख्य रेफ्री नवीन्द्र महर्जनले उनलाई सिधै रातो कार्ड दिएका हुन्।
मनाङले उपाधिसँगै नगद १५ लाख र उपविजेता शेर्पाले १० लाख रुपैयाँ प्राप्त गरेको छ। नेपालको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीले यो सिजनमा पहिलो उपाधि जितेको हो। मकवानपुर गोल्डकपले पनि नयाँ विजेता पाएको छ। २०६४ सालमा भएको पहिलो संस्करणको उपाधि थ्रीस्टारले जितेको थियो भने २०७६ मा घरेलु टोली मकवानपुर ११ तथा २०७७ र ०७८ मा त्रिभुवन आर्मी फुटबल क्लबले यस प्रतियोगिताको उपाधि जितेको थियो।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा जिल्लाका स्थानीय तहहरुको सहयोगमा भएको प्रतियोगितामा एउटा विदेशी सहित १२ टोलीको सहभागिता रहेको थियो। विजेता, उपविजेता, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा, आयोजक फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामा, सल्लाहकार पुरणबहादुर जोशी, पूर्व संयोजकद्वय प्रताप विष्ट र हरिबहादुर महत लगायतले पुरस्कार वितरण गरेका हुन्। हेटौँडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा माघ २८ गतेबाट यो प्रतियोगिता सञ्चालन भएको हो।
मनाङका दीप कार्कीले पाए बुलेट
स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको सर्वोत्कृष्ट खेलाडी हुँदै मनाङ मर्स्याङ्दी क्लबका कप्तान तथा गोलरक्षक दीप कार्कीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल प्राप्त गरेका छन्।
सर्वोत्कृष्ट खेलाडी भएका मनाङका दीप कार्की बुलेटसहित।हेटौँडा स्कुल अफ म्यानेजमेण्टले प्रायोजन गरेको बुलेट मोटरसाइकल उनले प्राप्त गरेका हुन्। प्रतियोगिताको तेस्रो संस्करणदेखि सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिँदै आएको छ।
अघिल्लो संस्करण घरेलु टिम मकवानपुर ११ का अशोक बराल र पहिलो पटक मकवानपुरकै अमिर श्रेष्ठले बुलेट प्राप्त गरेका थिए। राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका उनले उत्कृष्ट गोलरक्षकको पुरस्कार समेत प्राप्त गरे। मनाङका मिडफिल्डर कमल थापा र प्रशिक्षक किरण श्रेष्ठले विधागत उत्कृष्ट पुरस्कार प्राप्त गर्दा शेर्पाका डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड विदेशी खेलाडी योमी उत्कृष्ट घोषित भए। उत्कृष्ट पाँचै जनाले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ। क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। २ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...