बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको उपाधि पुरुष सिंगल तर्फ प्रदिप खड्काले र महिला सिंगल तर्फ अभिलाषा विष्टले जितेका छन्।
बुधवार भएको फाइनल खेलमा बुटवलका रितिक रानालाई ६–३, ६–३, ६–२ को सेटमा हराउँदै प्रदिपले उपाधि जितेका हुन्।
महिला तर्फको फाइनल खेलमा माहिका रानालाई ६–२, ६–० को सेटमा पराजित गर्दै अभिलाषा विष्टले उपाधि चुमेकी हुन्। प्रतियोगिताको पुरुष/महिला सिंगल तर्फ उपाधि विजेताले नगद ६० हजार सहित, कप, मेडल, प्रमाणपत्र र उपविजेताले नगद ३० हजार सहित, कप, मेडल, प्रमाणपत्र प्राप्त गरे।
३५ वर्ष उमेर समूह पुरुष एकलको उपाधि सन्तोष खत्रीले जिते। खत्रीले सिमान्त गुरुङलाई ६–२, ७–५ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन्। ५५ वर्ष उमेर पुरुष एकलको उपाधि विमल गुरुङले चुमे। फाइनलमा कमल थापालाई ६–३, ६–३ को सेटमा पराजित गर्दै गुरुङले उपाधि जितेका हुन्।
बुधवार एक कार्यक्रमका बिच फाइनल प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरूलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, २२ नं. बाहिनीका उपरथी नवराज गुरुङ, नेपाल टेनिस संघका निवर्तमान अध्यक्ष मनोज सम्सेर राणा, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, उपाध्यक्ष डा मनोज ढुङ्गाना, निवर्तमान अध्यक्ष सन्जय प्रकाश श्रेष्ठ, सल्लाहकार मनोज बस्नेत, संघका सचिव सब्बर मिया लगायतले पुरस्कार वितरण गरेका हुन्।