२३ औं बुढासुब्बा टुगोर्ब गोल्ड कपको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब पाहुना टोली युकेएफसि, भारतसँग टाइब्रेकरमा पराजित भएको छ। धरान १६ स्थित रंगशालामा शनिबार भएको पहिलो खेलमा युनाइटेड कर्साङ फुटबल क्लब भारतसँग धरान टाइब्रकेरमा ५–३ ले स्तब्ध भयो।
जितसँगै कर्साङ प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। निर्धारित समयको खेलमा गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा आयोजक टोलीले घरेलु समर्थकहरुलाई निराश बनायो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि समय अभावको कारण खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट भएको थियो।
टाइब्रेकरमा कर्साङका पाँचै जना खेलाडीहरु सिद्धान्त क्षेत्री, सुब्रत सोरेन, साहिल राई, आकाश प्रधान र राज राउतले गोल गर्न सफल भए। धरानबाट तेस्रो खेलाडीहरुकोरुपमा पेनाल्टी प्रहार गर्न आएका रिवस मास्केको प्रहार कर्साङका गोलकिपर मनोज प्रधानले रोकेका थिए। धरानका दोर्जे तामाङ, मदन लाबुङ र रोमन लिम्बुले भने गोल गरेका थिए।
निर्धारित समयको खेलमा आयोजक टोलीले थुप्रै अवसर पाएको थियो, तर खेलाडीहरुले गोलमा परिणत गर्न सकेनन्। पहिलो हाफको १२ औं र १७ औं मिनेटमा एन्सन राईको दुवै प्रहार कर्साङका गोलकिपरले असफल बनाइदिए भने २६ औं मिनेटमा रोमन लिम्बुले गरेको हेड प्रहार पनि कर्साङका किपरले समातेका थिए। पहिलो हाफको इञ्जुरी समयमा बिट्टु तामाङले डि बक्स भित्रबाट गरेको प्रहार आकाशियो।
दोस्रो हाफमा पनि ५१ औं मिनेटमा बिट्टुको प्रहार बारमा ठोक्किएको थियो भने ७६ औं मिनेटमा दोर्जे तामाङको प्रहारलाई गोलकिपरले असफल बनाइदिए। इञ्जुरी समयमा विनोद राई एक्लैले बल अघि बढाउँदै लगेपनि गोलकिपरले रोकेका थिए।
कर्साङले भने धरानको गोलपोष्टमा गतिलो प्रहार गर्न सकेन। पहिलो हाफको ३० औं मिनेटमा विरेन प्रधानको प्रहार धरानका गोलकिपर आशिष कार्कीले पञ्च गरिदिए भने ३४ औं मिनेटमा सिद्धान्त क्षेत्रीको फ्रि किक प्रहार धरानका गोलकिपर आशिषले नै रोकेका थिए। उक्त रिबाउण्ड भएको बललाई डिबक्स भित्रैबाट बिक्की थापाले प्रहार गरेपनि आकाशिएको थियो।
उद्घाटन खेलको म्यान अफ दि म्याच कर्साङका गोलकिपर मनोज प्रधान घोषित हुँदै नगद ३५ हजार हात पारे। आयोजककोतर्फबाट घोषित नगद १० हजार हो भने उद्घाटन खेलमा ब्रिटिश गोर्खा बिग्रेड ब्याण्डकोतर्फबाट थप २५ हजार दिइएको थियो।
विजेता टोली कर्साङका प्रशिक्षक उर्गेन लामाले धरानलाई घरेलु मैदान, घरेलु समर्थकहरुको फाइदा भएपनि खेल टाइब्रेकरमा पुग्नु नै आफुहरुको जितको प्रमुख कारण भएको बताए। अर्को खेलमा धेरै सुधार हुने पनि उनले बताए। धरानका प्रशिक्षक सागर घिमिरेले खेलाडीहरुले राम्रो खेलेपनि स्कोर गर्न नसक्दा हार भएको प्रतिक्रिया दिए।
प्रतियोगितामा आइतबार बागमती युथ क्लब सर्लाही र एभेनियर एफसि क्यामरुनबीच खेल हुदने। प्रतियोगिताको उद्घाटन धरानका मेयर हर्क साम्पाङ राईले गरेका थिए। फागुन २० गते हुने फाइनलको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ। उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइने पनि आयोजक क्लबले जानकारी दिएको छ।
प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडीले नगद १० हजार पाउनेछन् भने प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही नगद २५ हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने आयोजक क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।