दुई दशकपछि नयाँ नेतृत्व
०९ कार्तिक २०७३
•
९ मिनेट पाठ
दुई दशकपछि नयाँ नेतृत्व
काठमाडौं- कार्यवाहक अध्यक्ष नरेन्द्रलाल श्रेष्ठको प्यानलविजयी गराउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन सोमबार सम्पन्न भएको छ। एन्फा इतिहासमै व्यावहारिक रूपमा पहिलोपटक सम्पन्न निर्वाचनले पछिल्लो एक वर्षदेखि कार्यवाहक अध्यक्षका रूपमा नेपाली फुटबलको नेतृत्व गरिरहेका श्रेष्ठलाई अध्यक्ष तथा उनको प्यानलका मणि कुँवरलाई उपाध्यक्षमा चयन गर्‍यो। अध्यक्षमा श्रेष्ठले ३६ मत हासिल गर्दा कुँवर ३४ मत ल्याएर विजयी भएका हुन्। अध्यक्ष पदका प्रत्याशी वर्तमान उपाध्यक्ष कर्माछिरिङ शेर्पाले ३१ मत ल्याए भने उपाध्यक्षमा तीन जनाको उम्मेदवारी पर्दा शेर्पा प्यानलका दीपक खातीले २५ तथा राष्ट्रिय टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले ८ मत ल्याए।

एन्फाका ४५ जिल्ला, 'ए' डिभिजनका १२ क्लब, 'बी' डिभिजनका ५ क्लब तथा 'सी' डिभिजनका ३ क्लबसँगै खेलाडी संघ, रेफ्री संघ, महिला संघ र प्रशिक्षक संघका एक/एक गरी कुल ६९ मतदाता भएको एन्फा निर्वाचनमा ६७ मत खसेको थियो। विवादका कारण झापा जिल्ला फुटबल संघ र 'बी' डिभिजनको श्रीकुमारी क्लबका प्रतिनिधि निर्वाचनमा सहभागी हुन पाएनन्।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तत्कालीन अध्यक्ष गणेश थापालाई भ्रष्टाचार अभियोगमा १० वर्षका लागि निलम्बन गर्दै तत्काल निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न दबाब दिएपछि भएको चुनावमा श्रेष्ठ प्यानल थापाकै लिगेसी धान्ने उद्देश्यसाथ प्रतिस्पर्धामा उत्रिएको थियो। श्रेष्ठ लामो समयदेखि थापानिकट फुटबल पदाधिकारी हुन् भने कुँवर थापाका नजिकका आफन्त हुन्। थापाको प्रभावका कारण विगतमा सधँै औपचारिकतामा सीमित हुँदै आएको एन्फा साधारणसभामा पहिलोपटक वास्तविक प्रतिस्पर्धा हुँदा पनि उनी आफूले चाहेकै नेतृत्व स्थापित गर्न सफल भए।

ठिक विपरीत झन्डै दुई वर्षदेखि तत्कालीन अध्यक्ष थापाविरुद्ध आन्दोलनको नेतृत्व गरेका शेर्पाको उम्मेदवारी थापाको त्यही लिगेसीविरुद्ध थियो। नेपाली कांग्रेसको राजनीतिबाट खेलकुदमा प्रवेश गरेका हिमालयन शेर्पा क्लबका अध्यक्ष शेर्पालाई उनको दलको साथ थियो। उपाध्यक्षमा शेर्पा प्यानलबाट आन्दोलनमा लागेका पूर्व खेलाडी खातीलाई उम्मेदवार बनाइँदा राष्ट्रिय टोलीका पूर्व कप्तान सिंहले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

थापालाई फिफाको निलम्बनमा पर्दा अध्यक्ष पद रिक्त भएको थियो। यसैगरीकार्यवाहक अध्यक्षका रूपमा एन्फाको नेतृत्व गरिरहेका वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको गतवर्ष करेन्ट लागेर मृत्यु भएपछि पाँचमध्ये एक उपाध्यक्ष पद पनि खाली भएको थियो। सोमबार एक अध्यक्ष र एक उपाध्यक्ष पदपूर्ति गर्न बाँकी एकवर्षे कार्यकालका लागि चुनाव भएको हो।

बाँकी रहेको एकवर्षे कार्यकालका लागि भएको निर्वाचनबाट चुनिएपछि श्रेष्ठले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता जनाए। 'प्रजातान्त्रिक अभ्यास भएको छ। यहाँ कोही हारेको छैन। मेरो पहिलो प्राथमिकता सबैलाई समेटेर अघि बढ्नु हुनेछ,' पत्रकारसँग कुरा गर्दै श्रेष्ठले भने, 'फुटबलमा हामीले यसअघि गर्दै आएका सबै कामलाई निरन्तरता दिँदै विकासको काममा अझै एकजुट भएर अघि बढ्नेछौं।'

थापाप्रति बफादारश्रेष्ठले अगाडि थपे, 'उहाँ (थापा)ले फुटबलमा एकदमै योगदान गर्नुभएको छ। फुटबलमा उहाँले गुन लगाउनुभएको छ। उहाँको योगदानको निरन्तरता दिँदै नयाँ काम थाल्नेछौं।'

न्युरोड टिम (एनआरटी) बाट २०२८ सालदेखि व्यावसायिक फुटबल खेलेका श्रेष्ठले २०३२ सालमा खेलाडी जीवन टुंग्याएका थिए। एनआरटीलाई 'बी' डिभिजनबाट 'ए' मा उकाल्दाका मिडफिल्डर श्रेष्ठ तीनपटक टोली सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन हुँदा महŒवपूर्ण खेलाडी थिए।

राष्ट्रिय टोलीमा नपरे पनि क्लबबाट अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागिता जनाएका श्रेष्ठ फुटबल विकासमा ३० वर्षभन्दा लामो समय योगदान गरेवापत एसियाली फुटबल महासंघ (एएफसी) को एएफसी गोल्ड सर्भिस अवार्डबाट सम्मानित फुटबलकर्मी हुन्।

खेल्न छोडेपछि फुटबल प्रशासनमा एकोहोरिएका श्रेष्ठले २०४२ देखि २०६४ सालको अवधिमा एनआरटीमासचिव र महासचिव भएर काम गरेका थिए। २०६४ देखि २०७० सम्म एनआरटीमा अध्यक्षको जिम्मेवारी सम्हाले। यसैगरी निर्वाचित अध्यक्ष श्रेष्ठसँग यसअघि एन्फामा दुईपटक उपाध्यक्ष र एकपटक महासचिवको भूमिकामा काम गरेको अनुभव छ।

उनी एन्फामा २०५८ देखि २०६२ सम्म उपाध्यक्ष, २०६२ देखि ०६६ सम्म महासचिव र २०६६ देखि २०७० सम्म पुनः उपाध्यक्ष भएका थिए। २०७२ कात्तिक २२ देखिश्रेष्ठले एन्फाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। आफू अध्यक्ष हुँदा एनआरटीले आर्थिक कारण बताउँदै फुटबल नखेल्ने निर्णय गरेपछि श्रेष्ठले २०७० मा क्लबबाट राजीनामा दिएका थिए।

श्रेष्ठले एएफसीको स्ट्यान्डिङ कमिटी, अपिल कमिटी, युथ फुटबल डेभलपमेन्ट कमिटी जस्ता महŒवपूर्ण जिम्मेवारी बहन गरेका श्रेष्ठ हालएएफसीको मिडिया एन्ड कम्युनिकेसन कमिटीका सदस्य हुन्।

शेर्पाले आफू पराजित भए पनि प्रजातान्त्रिक प्रक्रियाको जित भएको प्रतिक्रिया दिए। 'म हारे पनि एन्फामा पहिलोपटक चुनाव भएको छ। एन्फा नयाँ युगमा प्रवेश गरेको छ। म यो नतिजास्विकार्छु र फुटबल विकासमा अझै समर्पित भएर लाग्नेछु,' शेर्पाले भने, 'एन्फामा सामूहिक नेतृत्व होस, आएका पैसा सम्बन्धित शीर्षकमै खर्च हुन्। कसैको घर चलाउन एन्फाको पैसा उपयोग नहोस्। एन्फामा सुधारको अभियानमा निर्वाचन एउटा आवश्यकता थियो। जो जिते पनि यसले नयाँ सन्देश दिएको छ। मेरो पहिलो काम प्रजातान्त्रिक निर्वाचन गराउने थियो, त्यसमा मैले धेरै भूमिका खेलेको थिएँ। अहिले सफल भएको छु।'

यसैबीच एन्फाको मानार्थ अध्यक्षमा कार्यसमितिले टासी घलेलाई चयन गरेको छ।
अर्को समाचार
गणतन्त्र रोज्न पूर्वप्रधानमन्त्री टर्नबुलको प्रस्ताव, भन्छन् : राजतन्त्रको अब औचित्य छैन
१४ फागुन २०८२
•
३ मिनेट पाठ
गणतन्त्र रोज्न पूर्वप्रधानमन्त्री टर्नबुलको प्रस्ताव, भन्छन् : राजतन्त्रको अब औचित्य छैन
अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कम टर्नबुलले देशले अब बेलायती राजतन्त्रको संरचना त्यागेर आफ्नै निर्वाचित राज्य प्रमुख चयन गर्नुपर्ने बताउँदै गणतन्त्र स्थापनालाई ‘पहिलेभन्दा बढी महत्त्वपूर्ण’ भएको धारणा व्यक्त गरेका छन्। 

बिहीबार एएफपीसँग उनले अस्ट्रेलियाली संसदद्वारा निर्वाचित राष्ट्रप्रमुखको व्यवस्था राष्ट्रको पहिचान र राजनीतिक स्थिरताका लागि उपयुक्त हुने विश्वास गरेका हुन्।

सन् २०१५ देखि २०१८ सम्म प्रधानमन्त्री रहेका टर्नबुलले सन् १९९९ मा भएको असफल जनमतसङ्ग्रहमार्फत राजतन्त्र अन्त्य गर्ने अभियानको नेतृत्व गरेका थिए। करिब तीन दशकपछि उनले पुनः गणतन्त्रको बहसलाई सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। 

उनले राजतन्त्रलाई ‘पुरानो र अप्रासङ्गिक व्यवस्था’ भन्दै अस्ट्रेलियाको वर्तमान राजनीतिक अवस्थासँग नमिल्ने बताए।

टर्नबुलका अनुसार निर्वाचित राज्य प्रमुखको व्यवस्थाले अस्ट्रेलियाली समाजमा साझा पहिचानलाई बलियो बनाउनेछ। उनले देशको ‘आदिवासी’ राजनीतिक विमर्शलाई पनि यसले सकारात्मक दिशातर्फ लैजान सक्ने विश्वास व्यक्त गरे। अस्ट्रेलिया एक शताब्दीभन्दा बढी समय ब्रिटिस उपनिवेशमा रहेर सन् १९०१ मा स्वशासित बने पनि पूर्ण गणतन्त्र बन्न सकेको छैन।

वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानिज स्वयं गणतन्त्र समर्थक भए पनि उनले आफ्नो कार्यकालमा यस विषयमा अर्को जनमतसङ्ग्रहको पहल नगर्ने सङ्केत दिएका छन्। टर्नबुलले भने जनमतको धार गणतन्त्रतर्फ झुकेको दाबी गर्दै संसदबाट निर्वाचित राष्ट्रप्रमुखको मोडेलप्रति व्यापक समर्थन हुने विश्वास व्यक्त गरे।

गणतन्त्र बहससँगै टर्नबुलले अस्ट्रेलिया, बेलायत र संयुक्त राज्य अमेरिकाबिचको बहुचर्चित रक्षा सम्झौता ‘अकस’ (एयुकेयुएस) प्रति पनि कडा असन्तुष्टि व्यक्त गरेका छन्। उक्त सम्झौताअन्तर्गत अस्ट्रेलियालाई आणविक ऊर्जाचालित पनडुब्बी उपलब्ध गराउने र उन्नत सैन्य प्रविधिमा सहकार्य गर्ने योजना रहेको छ। तर उनका अनुसार अस्ट्रेलियाले ‘लगभग निश्चित रूपमा’ कुनै पनि आणविक पनडुब्बी प्राप्त गर्ने सम्भावना कम छ।

उनले अमेरिकी कानुनी प्रावधानअनुसार त्यस्ता पनडुब्बी बिक्री राष्ट्रपतिले आफ्नै नौसेनालाई आवश्यक नभएको प्रमाणित गरेपछि मात्र सम्भव हुने उल्लेख गरे। हाल अमेरिकाले आफ्नै आवश्यकताको आधा मात्र उत्पादन गरिरहेको अवस्थामा अस्ट्रेलियाको अपेक्षा पूरा नहुने उनको तर्क छ। टर्नबुलले यसलाई ‘डरलाग्दो सम्झौता’ को संज्ञा दिँदै यसले अस्ट्रेलियाको सार्वभौमिकता जोखिममा पार्न सक्ने चेतावनी दिए।

अन्तर्राष्ट्रिय राजनीतिमा बढ्दो अस्थिरताको सन्दर्भमा उनले अमेरिकी प्रभावद्वारा परिभाषित विश्व व्यवस्थालाई अस्ट्रेलियाले सावधानीपूर्वक मूल्याङ्कन गर्नुपर्ने बताए। ग्रीनल्यान्डलाई विलय गर्ने अमेरिकी धम्कीलाई उनले ‘डिस्टोपियन उपन्यासजस्तो’ भन्दै विश्व ‘अव्यवस्थित युग’ मा प्रवेश गरेको टिप्पणी गरे।

आन्तरिक राजनीतिमा पनि उनले आफूले नेतृत्व गरेको लिबरल पार्टी संकटमा रहेको धारणा राखे। जलवायु परिवर्तन, आप्रवासन र दक्षिणपन्थी लोकप्रियतावादका मुद्दामा पार्टी विभाजित भएको भन्दै उनले अति–दक्षिणतर्फको झुकावले पार्टीलाई कमजोर बनाउने चेतावनी दिए। शून्य उत्सर्जन प्रतिबद्धता त्याग्ने निर्णयलाई उनले ‘सांस्कृतिक युद्धको पागलपन’ को संज्ञा दिए।

टर्नबुलका अनुसार अस्ट्रेलियाको राजनीति अन्ततः केन्द्रमै निर्धारण हुन्छ। उनले लोकप्रियतावादी र विभाजनकारी मुद्दा उठाएर मध्यमार्गी मतदातालाई जित्न नसकिने उल्लेख गर्दै पार्टीले आफ्नो दिशा पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गरे। एजेन्सी
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस