न्युकासललाई हराउँदै म्यानचेष्टर युनाइटेडले इंग्लिस लिग कप (काराबाओ कप) को उपाधि जितेको छ। आइतबार राति वेम्ली मैदानमा भएको फाइनलमा न्युकासललाई २–० ले हराउँदै युनाइटेडले उपाधि जितेको हो। ६ वर्षपछि अर्थात् सन् २०१७ पछि युनाइटेडले जितेको यो पहिलो उपाधि हो ।
युनाइटेडको जितमा ब्राजिलका मिडफिल्डर कासेमिरोले र डच डिफेन्डर रासफोर्डले गोल गरे। खेलको ३३ औँ मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए भने ३९ औँ मिनेटमा रासफोर्डले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा यहीँ अग्रता जोगाएको युनाइटेडले अन्ततः उपाधी जित्यो।। डच प्रशिक्षक एरिक टेन हाको आगमनपछि युनाइटेडले यस सिजनको काराबाओ कप जितेको हो।
युनाइटेडले पछिल्लो पटक सन् २०१६–१७ को सिजन जोस माउरिन्होको प्रशिक्षणमा युरोपा लिग जितेको थियो।