अन्तर विद्यालय क्रिकेट प्रतियोगिता: सत्यनारायण र पोखरीया सेमिफाइनलमा
१५ फागुन २०७९
•
२ मिनेट पाठ
अन्तर विद्यालय क्रिकेट प्रतियोगिता: सत्यनारायण र पोखरीया सेमिफाइनलमा
विराटनगरमा जारी अन्तर विद्यालय ‘हव लिग’ क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा सत्यनारायण मावि र पोखरीया मावि विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन्।




नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा भइरहेको पहिलो खेलमा सत्यनारायणले विनायक स्कुललाई १ सय ६२ रनको अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। सत्यनारायणले समूह 'ए' को तीनै वटा खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

विनायकले तीनवटा खेलमा २ वटामा हार र एक वटामा जित हात पारे पछि प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई २ सय १६ रनको स्कोर खडा गरेको थियो। जसमा साइमन कामतले ४३ रन बनाउँदा दिपक यादवले ३५ रन र सोनू सिंहले ३० रन बनाएका थिए। विनायकका रेहान अलीले ३ विकेट लिँदा प्रवेश पासवान र शिभम पासवाले समान २–२ विकेट लिए।

२ सय १७ रनको लक्ष्य पाएको विनायकले १४ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ५४ रनमा सीमित भयो। खेलमा प्रल्लाद यादवले १२ रन जोड्दा कृष साहले पनि १२ रन जोडे। सत्यनारायणका म्यान अफ द म्याच राजा मण्डलले ३ दशमलव १ बलमा किफायती बलिङ गर्दै ७ रन दिएर ५ विकेट दिए। त्यस्तै अमर यादवले २ विकेट लिए।

सोमबारै भएको समूह 'वि' को खेलमा पोखरीयाले राइजिङ नेपाल स्कुललाई ९० रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरीया दुई खेलमा २ वटामा जित र १ मा पराजित भएको छ भने राइजिङले १ वटामा जित र २ वटामा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर ब्याटिङ गरेको पोखरीयाले निर्धारित २५ ओभरमा ८ विकेट गुमाई १ सय ४४ रनको स्कोर खडा गरेको थियो। जसमा कृष्ण देवले ३३ बलमा आक्रामक ब्याटिङ गर्दै ४ छक्का र ७ चौका प्रहार गर्दै ६५ रन बनाउँदा अविशेक यादवले २३ रन बनाए। राइजिङका महमद साहिल, राहुल राँय र महमद जावेदले २–२ विकेट लिए।

१ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको राइजिङले १४ दशमलव १ बलमा सबै विकेट गुमाई ५४ रनमा सीमित भयो। जसमा महमद शमशेरले २६ रन जोड्दा बायन अलीले १४ रन जोडे। पोखरीयाका म्यान अफ द म्याच विशाल यादवले ४ ओभरमा १७ रन दिएर ६ विकेट लिँदा प्रेम मण्डलले २ विकेट लिए।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजी तथा सामुदायिक स्कुल सहभागी छन्।
अर्को समाचार
अन्तर विद्यालय क्रिकेट प्रतियोगिता: सत्यनारायण र सरस्वती फाइनलमा
१७ फागुन २०७९
•
२ मिनेट पाठ
अन्तर विद्यालय क्रिकेट प्रतियोगिता: सत्यनारायण र सरस्वती फाइनलमा
विराटनगरमा जारी अन्तर विद्यालय हव लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा विजयी हुँदै सत्यनारायण र सरस्वती मावि फाइनलमा प्रवेश गरेका छन्।




प्रतियोगिताको बुधबार भएको सेमिफाइनल खेलमा सत्यनारायण मावि र सरस्वती मावि फाइनलमा पुगेका हुन्।

पहिलो सेमिफाइनल खेलमा सत्यनारायणले राइजिङ नेपाललाई १ सय ११ रनको अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरमा सबै विकेट गुमाई  १ सय ५६ रनको विशाल स्कोर खडा गरेको थियो। जस्मा म्यान अफ म्याच आकाश यादवले ५२ रन जोड्दा दिपक यादवले ३० रन र महमद हरुनले २६ रन जोडे। राइजिङका महमद साहिलले ३ विकेट लिँदा राहुल राँय र अरमान अन्सारीले समान २–२ विकेट लिए।

१ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको राइजिङले १५ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ४५ रनमा सीमित भयो। जस्मा महमद फरहानले सर्वाधिक १० रनको योगदान दिए। सत्यनारायणका कृष्ण यादन र सोनु सिंहले ३–३ विकेट तथा अयर यादव र रुपेश सोनीले २–२ विकेट लिए।

बुधबारै भएको अन्तिम सेमिफाइनल खेलमा सरस्वतीले बुढानिलकण्ठलाई ८० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित ३० ओभरमा ८ विकेट  गुमाई १ सय ९५ रनको स्कोर खडा गरेको थियो। जसमा म्यान अफ म्याच रामनारायण यादवले ५० रन, राकेश खडकाले ४७ रन र शिवनन्दन यादवले २१ रन बनाए।

बुढानिलकण्ठका कादिर शेखले ३ विकेट लिँदा विकाश मण्डले २ विकेट लिए। १ सय ९६ रनको  लक्ष्य पछ्याएको बुढानिलकण्ठले २५ ओभरमा सबै विकेट गुमाई १ सय १५ रनमा सीमित भयो। जसमा बुढानिलकण्ठका अनभ भट्टराईले सर्वाधिक ५७ रनको योगदान दिए। सरस्वतीका सुमन यादवले ३ विके, रामनारायण यादव र शिवनन्दन यादवले २–२ लिए। 

लिगकम नक आउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजी तथा सामुदायिक स्कुल सहभागी रहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस