पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई २–० ले स्तब्ध बनाउदै झापाको काकडभिट्टा ट्रेनिङ सेन्टर २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ।
धरान १६ स्थित रंगशालामा सोमबार भएको खेलमा काकडभिट्टाको जितमा दुवै गोल निशान लिम्बुले गरेका थिए । निशानले पहिलो हाफको २० औं मिनेटमा र दोस्रो हाफको ३५ औं मिनेटमा गोल गरे । विदेशी खेलाडी यमीको पासमा निशानले पहिलो गोल गरेका थिए । खमिरको पासमा उनले दर्शनीय दोस्रो गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच घोषित हुदै निशानले नगद १० हजार पनि हात पारे।
बुढासुब्बा गोल्डकपको सर्वाधिक उपाधि विजेता मध्येको एक पुलिसले भोला सिलवाल, सुमन सुवेदीसँगै अधिकांश युवा खेलाडीहरुलाई मैदानमा उतारेको थियो । सिनियर तथा अनुभवी खेलाडी जुमानु राई दोस्रो हाफमा मैदानमा प्रवेश गरेपनि हारबाट टिमलाई जोगाउन सकेनन् ।
प्रतियोगितामा मंगलबार अन्तिम क्वार्टरफाइनल खेल एन्फा मोरङ र केबिपिएस वंगलादेशबीच हुनेछ ।