पाहुना टोली काउरन बजार प्रगति संघ बङ्गलादेशलाई टाई ब्रेकरमा पराजित गर्दै एन्फा मोरङ २३ औं बुढासुब्बा टुबोर्ग गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ।
धरान १६ स्थित रंगशालमा जारी प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेलमा बङ्गलादेश टोलीलाई ३–१ गोल अन्तरले हराउँदै एन्फा मोरङले अन्तिम चारमा स्थान बनाएको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय सिधै टाई ब्रेकरबाट लिइएको हो। मोरङको जितसँगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ। मोरङले अब बिहीबार हुने सेमिफाइनलमा क्यामरुनी क्लब एभेनियरको सामना गर्नेछ।
पेनाल्टी सुट आउटमा मोरङका धिरे विष्टको पहिलो प्रहार बङ्गलादेशका गोलकिपर कोबिजले रोके पनि सञ्जय धिमाल, सान याक्खा र मनिष धिमालले गोल गरेका थिए। बङ्गलादेशका खोका बाबुले पहिलो प्रहार गोलमा परिणत गरे पनि उनीपछि पेनाल्टी प्रहार गर्न आएका खेलाडीहरु फोरिड, सागोर र साहिन गोल गर्न असफल भए। उनीहरुको प्रहार मोरङका गोलकिपर रमिजय गच्छदारले रोकेका थिए। गोलकिपर गच्छदार खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार पनि हात पारे।
खेल अवधिमा दुवै टोलीले थुप्रै गोल गर्ने अवसरहरु खेर फालेको थियो। पहिलो हाफको खेल सुरु भएलगत्तै बङ्गलादेशका साहिनको प्रहार मोरङका गोलकिपरले रोकेका थिए भने १५ औं मिनेटमा ग्लोरिले मोरङका गोलकिपर विट हुँदा पनि गोल गर्न चुकेका थिए। ३३ औं मिनेटमा डिबक्स भित्रैबाट ग्लोरिको प्रहार गोलकिपरले असफल बनाउँदा ३६ औं मिनेटमा साहिलको पासमा सानो डिबक्सभित्रै वान भर्सेस वानमा पनि सद्दामले बाहिर प्रहार गरेका थिए। दोस्रो हाफको खेल सुरु भएको २ मिनेटमा कप्तान सोहेलको प्रहार मोरङका गोलकिपरले रोके भने २६ औं मिनेटमा राजुको फ्रिकिक क्रसबार नजिकैबाट बारिएको थियो। यस्तै, ४१ औं मिनेटमा जाजाले गोल गर्ने अवसर सृर्जना गरिदिए पनि ग्लोरीले खेर फाले। उनले गोलपोष्टमा प्रहार गर्न ढिलाई गर्दा मोरङका किपरले बल समातेका थिए।
मोरङका सञ्जय धिमालले पनि पहिलो हाफको पहिलो मिनेटमा नै काउन्टर अट्याक गरेका थिए। तर उनको प्रहार बङ्गलादेशका गोलकिपर कोबिजले रोकेका थिए। १७ औं मिनेटमा गिल्सन गिरीको पासमा सागर बिकले बाहिर प्रहार गरे। २१ औं मिनेटमा सञ्जय धिमालले प्रहार गरेको बल बङ्गलादेशका जाजाले गोलकिपरलाई पास दिँदा बिट भएर गोल भएपनि रेफ्रीले फल दिएपछि गोलको मान्यता पाएन। यस्तै, ३८ औं मिनेटमा कोमल खवासको फ्रिकिक क्रसबार नजिकैबाट बाहिरियो भने ४० औं मिनेटमा सागर खड्काले डिबक्स नजिकैबाट गरेको प्रहार पनि बाहिरियो। दोस्रो हाफमा सान याक्खा, कोमल खवास, सञ्जय धिमालले गोल गर्ने प्रयास गरेपनि सफल भएनन्।
मोरङका कोच रानु राना मगरले युवा खेलाडीहरु भएपनि राम्रो खेलेको तर फिनिसिङ कमजोर भएको बताए। ठुलो प्रतियोगितामा युवा खेलाडीले पहिलो खेल खेलेको खुलाउँदै उनले डिफेन्स र मिडफिल्डरहरुले उत्कृष्ट खेलेको बताए। बङ्गलादेशका मेनेजर दिलावर सरदारले टिममा रहेका ४ जना क्यामरुनका खेलाडीहरुले धोका दिएको आरोप लगाए। एक जना खेलाडी मैदानमा उत्रन नमानेको र खेलेका ३ जना खेलाडीले पनि कमजोर खेलेर मोरङलाई जिताउन मद्दत गरेको उनले बताए। आफ्नो टिमले जितेमा बिहीबार क्यामरुनको एभेनियरसँग सेमिफाइनल खेल्नुपर्ने भएकोले क्यामरुनी खेलाडीहरुले म्याच फिक्सिङ गरेको पनि आरोप सरदारले लगाए। प्रतियोगितामा बुधबार काकडभिट्टा ट्रेनिङ सेन्टर झापा र युनाइटेड कर्साङ फुटबल क्लब, भारतबीच पहिलो सेमिफाइनल खेल हुनेछ।