विराटनगरमा जारी अन्तर विद्यालय हव लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा विजयी हुँदै सत्यनारायण र सरस्वती मावि फाइनलमा प्रवेश गरेका छन्।
प्रतियोगिताको बुधबार भएको सेमिफाइनल खेलमा सत्यनारायण मावि र सरस्वती मावि फाइनलमा पुगेका हुन्।
पहिलो सेमिफाइनल खेलमा सत्यनारायणले राइजिङ नेपाललाई १ सय ११ रनको अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरमा सबै विकेट गुमाई १ सय ५६ रनको विशाल स्कोर खडा गरेको थियो। जस्मा म्यान अफ म्याच आकाश यादवले ५२ रन जोड्दा दिपक यादवले ३० रन र महमद हरुनले २६ रन जोडे। राइजिङका महमद साहिलले ३ विकेट लिँदा राहुल राँय र अरमान अन्सारीले समान २–२ विकेट लिए।
१ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको राइजिङले १५ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ४५ रनमा सीमित भयो। जस्मा महमद फरहानले सर्वाधिक १० रनको योगदान दिए। सत्यनारायणका कृष्ण यादन र सोनु सिंहले ३–३ विकेट तथा अयर यादव र रुपेश सोनीले २–२ विकेट लिए।
बुधबारै भएको अन्तिम सेमिफाइनल खेलमा सरस्वतीले बुढानिलकण्ठलाई ८० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित ३० ओभरमा ८ विकेट गुमाई १ सय ९५ रनको स्कोर खडा गरेको थियो। जसमा म्यान अफ म्याच रामनारायण यादवले ५० रन, राकेश खडकाले ४७ रन र शिवनन्दन यादवले २१ रन बनाए।
बुढानिलकण्ठका कादिर शेखले ३ विकेट लिँदा विकाश मण्डले २ विकेट लिए। १ सय ९६ रनको लक्ष्य पछ्याएको बुढानिलकण्ठले २५ ओभरमा सबै विकेट गुमाई १ सय १५ रनमा सीमित भयो। जसमा बुढानिलकण्ठका अनभ भट्टराईले सर्वाधिक ५७ रनको योगदान दिए। सरस्वतीका सुमन यादवले ३ विके, रामनारायण यादव र शिवनन्दन यादवले २–२ लिए।
लिगकम नक आउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजी तथा सामुदायिक स्कुल सहभागी रहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए।