२३ औँ बुढासुब्बा गोल्डकप: एन्फा मोरङलाई हराउँदै क्यामरुन फाइनलमा
१८ फागुन २०७९
•
२ मिनेट पाठ
२३ औँ बुढासुब्बा गोल्डकप: एन्फा मोरङलाई हराउँदै क्यामरुन फाइनलमा
एन्फा (रातो जर्सी) र क्यामरुन (निलो जर्सी) का खेलाडीहरू मैदानमा भिड्दै। तस्बिर ः रोहित राई।
एन्फा मोरङलाई पराजित गर्दै एभेनियर फुटबल क्लब, क्यामरुन धरानमा जारी २३ औँ बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।




धरान १६ स्थित रङ्गशालामा बिहीबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुन उपाधि नजिक पुगेको हो। पहिलो गोल क्यामरुनका टिम्बाले गरेका थिए भने दोस्रो गोल मोरङका खेलाडीले आत्मघाती गोल गरेका थिए।

पहिलो हाफको ४४ औँ मिनेटमा सावा अलीले क्रसपास दिँदा मोरङका गोलकिपर बिट भएका थिए। सावाको प्रहार क्रसबारमा ठोक्किएर रिबाउण्ड भएको मौकामा टिम्बाले खाली पोष्टमा गोल गरेका थिए। दोस्रो हाफको ४२ औँ मिनेटमा क्यामरुनले आत्मघाती गोल उपहार पाएको थियो। मोरङका खेलाडी सुजन चौधरीले डिबक्सभित्र बल रोक्ने प्रयास गर्दा आफ्नै पोष्टमा गोल भएको थियो।

बुढासुब्बा गोल्डकपमा क्यामरुनको टोली फाइनल पुगेको यो दोस्रो पटक हो। यसअघि २०७५ मा भएको २१ औँ संस्करणमा पनि डाफिन्स क्यामरुन फाइनल खेल्दै विजेता भएको थियो। जारी प्रतियोगितामा फाइनल पुगेको एभेनियर एफसि क्यामरुनले शनिवार काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापाको सामना गर्नेछ। झापाले बुधवार युनाइटेड कर्साङ फुटबल क्लब भारतलाई ३–१ ले हराउँदै अन्तिम दुईमा स्थान बनाएको थियो।

खेलको म्यान आफ दि म्याच क्यामरुनका डिन घोषित भए। उनले नगद १० हजार पनि हात पारे। खेलमा क्यामरुनले थुप्रै गोल गर्ने अवसरहरू खेर फालेको थियो। पहिलो हाफको १४ औँ मिनेटमा रिचर्ड विल्सनको प्रहार क्रसबार माथिबाट गएको थियो भने ३० औँ मिनेटमा रिचर्डले नै डिबक्स भित्रैबाट वान भर्सेस वानमा पनि गोल गर्न चुकेका थिए। उनको प्रहार मोरङका गोलकिपरले असफल बनाइदिए। दोस्रो हाफको २५ औँ मिनेटमा डिनको कडा फ्रिकिक प्रहार गोलकिपरले समाते भने ३५ औँ मिनेटमा रिचर्डको पासमा कियाली रजाकको प्रहार गोलकिपरले पञ्च गरिदिएका थिए।

क्यामरुनको तुलनामा मोरङले खेलमा थोरै मात्र गोल पोष्टमा आक्रमण गरेको थियो। पहिलो हाफको ११ औँ मिनेटमा कोमल खवासको फ्रिकिक प्रहार क्यामरुनका गोलकिपर तासन एलाइनले समाते भने २० औँ मिनेटमा सञ्जय धिमालको काउन्टर अट्याक पनि सही दिशा लिन सकेन। ४२ औँ मिनेटमा सान याक्खाको प्रहारलाई पनि गोलकिपरले असफल बनाइदिए। दोस्रो हाफको ४ मिनेटमा सागर बिकको पासमा सागर खड्काको प्रहार क्यामरुनका गोलकिपरले समाते भने २४ औँ मिनेटमा सुजन चौधरीको प्रहार क्रसबार नजिकबाट बाहिरिएको थियो।
अर्को समाचार
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
१० मिनेट अघि
•
१ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
महेन्द्रनगर, कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन्।




पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको  जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए।

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न तौल समूहमा सुदूरपश्चिम प्रदेशबाट ११ खेलाडी सहभागी छन्। महेन्द्रनगरमा रोयल व्यायमशालासमेत सञ्चालन गर्दै आएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा आबद्ध खेलाडी हुन्। शारीरिक सुगठनमा कञ्चनपुरका तीन खेलाडी सहभागी छन्। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस