कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको बुढ्ढी खेल मैदानमा जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
जिल्ला खेलकुद विकास समिति र बुद्धुभुमी नगरपालिकाद्धारा आयोजित प्रतियोगिताको सांसद सुरेन्द्रराज आचार्यले उद्घाटन गर्दै खेलकुदको विकासमा तीन तहका सरकारले ध्यान दिनु पर्ने बताए।
उनले खेलकुद मार्फत जिल्लाको पहिचान स्थापित गराउन यस क्षेत्रमा लगानी समेत बढाउनु पर्ने बताए। उनले आफूले जिल्लाको खेलकुदको विकासमा बजेट विनियोजन गराउन सरकारसँग ध्यानाकर्षण गराउने बताए।
सो अवसरमा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले खेलकुदको विकासमा पालिकालहरुले समेत ध्यान दिनु पर्ने बताए। उनले जिल्लाको खेलकुदको समग्र विकासकालागि आफूले प्रदेशमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उद्घाटन सत्रमा खेलाडीहरूले मार्च पास गरेको थिए। यस्तै करातेका खेलाडीले साहसिक प्रदर्शन गरेको थिए। थारु समुदायले मयुर नाचले स्वागत गरेका थिए। ३ दिन सम्म चल्ने प्रतियोगितामा ७ पालिकाका विद्यार्थीहरू सहभागी रहेको खेलकुद विकास समितिका सदस्य सदस्य सचिव मीन प्रसाद पोख्रेलले बताए।
प्रथम हुनेलाई शिल्ड सहित नगद ५० हजार द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार प्रदान गरिनेछ। यस्तै मार्च पासमा उत्कृष्ट हुने टिमलाई १० हजार नगद प्रदान गरिनेछ। प्रतियोगितामा भलिबल, टाईकान्डो, कराते, उसु, कबर्दी र एथलेटिक्सका खेलको प्रतिस्पर्धा हुनेछ। प्रतियोगीताका लागि कुल ४ लाख बजेट आएको र सोही बजेटमा प्रदेशमा हुने प्रतियोगीलाई समेत सहभागी हुनलाई व्यवस्था गर्नु पर्ने पोख्रेलले बताए।
टेन्ट र नगद पुरस्कारको व्यवस्था भने बुद्धुभुमी नगरपालिकाले गरेको समितिका अध्यक्ष राजेश उपाध्यायले बताए।