आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत पपुवा न्युगिनी विरुद्धको खेलमा नेपाललाई पहिलो बलमै झट्का लागेको छ।
१८० रनको लक्ष्य पछ्याएको नेपालले पहिलो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको छ। अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र आसिफ शेख छन्। यो समाचार तयारपार्दासम्म नेपाल दोस्रो ओभर खेल्दै सात बनाएर खेलिरहेको छ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्यूगिनीले ४९ दशमलब २ ओभरमा १७९ रन बनाउँदा सबै विकेट गुमाएको थियो। पपुवा न्यूगिनीलाई १७९ रनमा सिमित राख्न सोमपाल कामी र दिपेन्द्रसिंह एैरीले दुई दुई विकेट लिए । त्यसैगरी सन्दीप लामिछाने, कुसल मल्ल र करन केसीले एक एक विकेट लिए । त्यसैगरी पपुवा न्यूगिनीका ३ खेलाडी रन आउट भए ।
नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ।