धरान अफरोड द्धवाथलन: किरण लिम्बु र हुमी बुढा विजयी
२० फागुन २०७९
•
२ मिनेट पाठ
धरान अफरोड द्धवाथलन: किरण लिम्बु र हुमी बुढा विजयी
अफरोड द्धवाथलनका विजेताहरूलाई पुरस्कार वितरण गरिसके पछि धरानका मेयर हर्क साम्पाङ। तस्बिर: रोहित राई
प्रथम धरान एक्स्ट्रीम अफरोड द्धवाथलन २०२३ मा खुला पुरुषतर्फ धरानका किरण लिम्बु विजयी भएका छन् भने महिलातर्फ प्युठानकी हुमी बुढा मगर विजयी भएकी छिन्।




शनिबार बिहान धरानमा आयोजित द्धवाथलनमा पुरुषतर्फ प्रथम भएका किरण लिम्बुले १ घण्टा ३ मिनेट ३१ सेकेण्डमा निर्धारित दुरी पार गरे। त्रिभुवन आर्मी क्लबका मनबहादुर बुढा मगरले १ घण्टा ४ मिनेट ८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो हुँदा १ घण्टा ६ मिनेट १ सेकेण्डमा दुरी पार गरेका लक्ष्मण मल्ल तेस्रो भए। यस्तै, नवराज न्यौपानेले १ घण्टा ७ मिनेट ३० सेकेण्डमा दुरी पार गर्दै चौथो भए।

खुला महिलातर्फ प्रथम भएकी हुमी बुढा मगरले १ घण्टा २५ मिनेट ४४ सेकेण्डमा दुरी पार गरेकी थिइन्। दोस्रो भएकी इन्द्रकला नेम्बाङले १ घण्टा २८ मिनेट २० सेकेण्डमा दुरी पार गरिने भने इन्द्रकुमारी तामाङले २ घण्टा २४ मिनेट ४१ सेकेण्डमा दुरी पार गरिन्।

यस्तै, भेट्रानतर्फ धरानका निवर्तमान नगर प्रमुख तिलक राईले १ घण्टा ३९ मिनेट २४ सेकेण्डमा दुरी पार गरेर प्रथम हुँदा पदमबहादुर थापाले १ घण्टा ४३ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए। प्रतियोगितामा खुला महिला र पुरुष तथा भेट्रानले कुल १८ किलोमिटर दुरी पार गरेका थिए। सुरुमा ५ किलोमिटर दौड पुरा गरे लगत्तै १० किलोमिटर पहाडी क्षेत्रमा साइक्लिङ गरेर पुनः ३ किलोमिटर दौड गर्नुपरेको थियो।

जुनियरतर्फ काठमाण्डौंका १४ वर्षीय विवेश थापा मगरले २४ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गरेर प्रथम भए भने बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीका १४ वर्षीय करण लिम्बुले २४ मिनेट ३७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो र धरानका ११ वर्षीय दिपसागर तामाङले २४ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका थिए। जुनियरहरुको लागी सुरुमा २ किलोमिटर दौड, रङ्गशालामा ५ किलोमिटर साइक्लिङ र पुनः १ किलोमिटर दौड गरिएको थियो।

खुला महिला तथा पुरुषतर्फका प्रथम, दोस्रो, तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमशः नगद ३५ हजार, २५ हजार, १५ हजार र ३ हजार ५ सयसँगै मेडल र प्रमाणपत्र हात पारेका छन्। जुनियरतर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १०, ८ र ६ हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र पाए। भेट्रानतर्फका विजेताहरूलाई उपहार दिइएको थियो। विजेताहरूलाई आयोजक ट्रायथलन धरानका अध्यक्ष डा.समिर चौधरी, प्रमुख अतिथि एवं मेयर हर्क साम्पाङ, धरान १६ का वडा अध्यक्ष मुरारी भट्टराई, धरान रनका अध्यक्ष रमु राई, नेपाल ट्रायथलन एशोसिएशनका प्रशिक्षक सन्दिप अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए।
अर्को समाचार
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
१० मिनेट अघि
•
१ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
महेन्द्रनगर, कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन्।




पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको  जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए।

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न तौल समूहमा सुदूरपश्चिम प्रदेशबाट ११ खेलाडी सहभागी छन्। महेन्द्रनगरमा रोयल व्यायमशालासमेत सञ्चालन गर्दै आएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा आबद्ध खेलाडी हुन्। शारीरिक सुगठनमा कञ्चनपुरका तीन खेलाडी सहभागी छन्। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस