विदेशी पाहुना टोली एभेनियर एफसि क्यामरुन २३ औँ बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ।
धरान १६ स्थित रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेण्निङ सेन्टर (केएफटिसि), झापालाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। खेलको एक मात्र निर्णायक गोल दोस्रो हाफको २० औँ मिनेटमा सावा अलीले गरेका थिए। उनले डिबक्स नजिकबाट दोस्रो बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो।
पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोलीले थुप्रै गोल गर्ने मौका खेर फालेको थियो। दोस्रो हाफको ४२ औँ मिनेटमा मिलन राईको पासमा विशाल दर्जीको प्रहार क्रसबारमा ठोक्किएर रिबाउण्ड हुँदा झापाले खेलमा बराबरी गर्ने अवसर गुमाएको थियो। इञ्जुरी समयमा आशिष खड्काको फ्रिकिकमा विकास राईले सानो डिबक्स भित्रैबाट गरेको हेड सिधै क्यामरुनको गोलकिपर यो यानको हातमा पुगेको थियो।
क्यामरुनका प्रशिक्षक आशिक थापा मगरले उपाधि जित्ने लक्ष्य पुरा भएकोमा खुशी व्यक्त गरे। झापाले पनि ५ जना विदेशी खेलाडी मैदानमा उतारेपछि प्रतिस्पर्धात्मक खेल भएको तर पाएको एउटा मौका सदुपयोग गर्दा जित भएको उनले बताए।
झापाली कोच मुन्ना सुब्बाले आफ्ना केही खेलाडी घाइते भएको र रेफ्रीले सही निर्णय नलिँदा आफ्नो खेलाडीहरू रिसाएर खेल्नुपरेको उनको भनाइ थियो।
क्यामरुनका खेलाडीहरूले फल गर्दा पनि रेफ्रीले नदिएको र रातो कार्ड दिनुपर्ने गरी फल गर्दा पनि नदिएको भन्दै असन्तुष्टि जनाए। साथै, खेलाडीहरूले मौका पाउँदा पनि गोल नहुँदा हार भएको उनले बताए।
च्याम्पियन क्यामरुनी टोलीले ट्रफीसँगै नगद १० लाख पनि हात पारेको छ। उपविजेता झापाले नगद ५ लाख थाप्यो। प्रतियोगिताको उत्कृष्ट खेलाडी झापाका मिलन राई घोषित हुँदै नगद १ लाख थापे भने प्रतियोगितामा ३ गोल गरेका झापाका निशान लिम्बुले हाइ स्कोररको पुरस्कार नगद ३५ हजार पाए। प्रतियोगिताको उत्कृष्ट डिफेन्डर क्यामरुनका सङ्गु, उत्कृष्ट गोलकिपर एन्फा मोरङका प्रनजय गच्छदार, उत्कृष्ट स्ट्राइकर झापाका यमी घोषित भए भने उत्कृष्ट मिडफिल्डर क्यामरुनका जोय अल्डो, उत्कृष्ट कोच क्यामरुनका आशिक थापा घोषित भए।
व्यक्तिगत विधातर्फ उत्कृष्ट भएकाहरूले जनही नगद २५ हजार हात पारे। फाइनल खेलका म्यान अफ दि म्याच घोषित हुँदै क्यामरुनका रिचर्ड विल्सनले नगद १० हजार थापे भने उदयीमान खेलाडीको पुरस्कार धरानका विनोद राई घोषित हुँदै नगद १० हजार पाए।
विजेता खेलाडीहरूलाई आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राई, प्रमुख अतिथि एवं एन्फा केन्द्रीय अध्यक्ष पंकज नेम्बाङ, विशिष्ट अतिथि धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडाअध्यक्षहरु लगायतले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए।