यूएई विरुद्ध नेपालको सानदार जित
२८ फागुन २०७९
•
१ मिनेट पाठ
यूएई विरुद्ध नेपालको सानदार जित
आइसिसी विश्वकप लिग–२ क्रिकोणात्मक एकदिवसीय श्रृखलामा युएईविरुद्ध नेपालले सानदार जित हासिल गरेको छ । नेपाललाई जित्न २४८ रनको लक्ष्य पाएको यूएई २२ दशमलब  ५ ओभरमा ७१ रन बनाउँदा अल आउट हुन पुग्यो र खेल१७७ रनले हार्न पुग्यो । यो जितसंगै नेपालले एक दिवसीय क्रिकेटको मान्यता जोगाउन सफल भएको छ । ३४ खेलबाट ३६ अंक बटुल्दै अमेरिकालाई पछि पार्दै लिग तालिकाको चौथो स्थानमा उक्लीन सफल भएको छ । यो हारसंगै यूएईले एक दिवसीय मान्यता जोगाउन प्लेअफ खेल्नु पर्ने भएको छ । आजको जित पछि नेपाललेअव बाँकी दुई खेल जितेर शीर्ष तीनमा रहने सम्भावना वलियो बनाएको छ । तेश्रो स्थानामा रहेको नामिविया भन्दा नेपाल अव ३ अंकले पछि छ । बाँकी दुई खेल जिते नेपालले नामिवियालाई पछि पार्न सफल हुनेछ ।  


अर्को समाचार
लिग-२: यूएईमाथि नेपालको सानदार जित
१२ वैशाख २०८३
•
१ मिनेट पाठ
लिग-२: यूएईमाथि नेपालको सानदार जित
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरमा सम्पन्न ९७औं खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३७ रनले पराजित गरेको छ।




नेपालले प्रस्तुत गरेको २०१ रनको विजयी लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६३ रनमा समेटिएको हो।

नेपालको जितमा तीव्र गतिका बलर करण केसीले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। उनले ९.२ ओभर बलिङ गर्दै २ मेडन राखेर मात्र १९ रन खर्चिएका थिए।

त्यस्तै, सन्दीप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १/१ विकेट हात पारे।

लक्ष्य पछ्याउने क्रममा यूएईका लागि हरप्रित सिंहले ५२ बलमा सर्वाधिक ३९ रन बनाए। यूएईका कप्तान मोहम्मद वसिमले ३४ र अक्षदीप नाथले ३० रनको योगदान दिए पनि अन्य ब्याटरले सम्हालिएर खेल्न नसक्दा टोली हार व्यहोर्न बाध्य भयो।

ओपनर आर्यंश शर्मा र निलांश केशवानीले समान १८/१८ रन मात्र जोड्न सके। यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २०० रन बनाएको थियो।

नेपाललाई सम्मानजनक योगफलसम्म पुर्‍याउन दीपेन्द्र सिंह ऐरीले ९० बलमा ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले।

ओपनर कुशल भुर्तेलले २४, करण केसीले २२ र बसिर अहमदले २० रन जोडे। नेपालका कप्तान रोहित पौडेल २ रनमै पभेलियन फर्किँदा विकेटकिपर आसिफ शेख ७ र भीम सार्की १० रनमा आउट भएका थिए।

यूएईका तर्फबाट बलिङमा जुनैद सिद्धिकी र अजय कुमारले उत्कृष्ट प्रदर्शन गर्दै समान ३/३ विकेट लिएका थिए। त्यस्तै, खुजैमा तनवीरले २ विकेट तथा हैदर अली र मोहम्मद शाहदादले १/१ विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस