ऐतिहासिक यात्रा तय गर्ने लक्ष्य
०२ चैत्र २०७९
•
४ मिनेट पाठ
ऐतिहासिक यात्रा तय गर्ने लक्ष्य
आइसिसी विश्वकप लिग–२ कै अन्तिम खेलमा नेपालले पाहुना टोली संयुक्त अरब इमिरेट्स(युएई) विरुद्ध जितसहित ऐतिहासिक यात्रा तय गर्ने लक्ष्य राखेको छ।




पछिल्ला ११ खेलमा १० खेल जितेको नेपाल उच्च मनोबलमा साथ घरेलु मैदानमा उत्रनेछ। जहाँ नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा घरेलु समर्थकको साथ पनि पाउनेछ। यता, युएई भने पछिल्ला समय खराब लयबाट गुज्रिँदा सीधा विश्वकप छनोट खेल्ने सम्भावनासँगै एकदिवसीय मान्यता पनि गुमाउन पुग्यो। यसबीच युएईले पछिल्ला ११ खेलमा ९ हार सामना गर्‍यो। तर, बुधबार पिएनजीमाथि ६ विकेटको रबाफिलो जित निकाल्दै युएईले नेपाललाई पनि सचेत गराएको छ। यो जितले युएईमा केही आत्मबल बढेको पक्कै छ। त्यसैले नेपालका लागि बिहीबार युएई सहज प्रतिद्वन्द्वी नरहन सक्छ।

बिहीबारको खेल युएईका लागि जितबाहेक अर्थहीन छ। यो जितले युएईको कुनै गन्तव्य त छैन। तर, नेपालविरुद्ध जित निकाल्दै युएई पनि प्लेअफको बलियो दाबेदारका रूपमा प्रस्तुत हुन चाहन्छ। यता, नेपालका लागि भने यो खेल सुनौलो अवसर हो। जहाँबाट नेपालले सीधा माध्यमबाट विश्वकप छनोट खेल्ने लक्ष्य राखेको छ। यी दुईबीचको नतिजासँगै सन् २०१९ अगस्टदेखि सुरु विश्वकप लिग–२ को पहिलो संस्करण पनि सम्पन्न हुनेछ। यो लिग–२ को १२६औं खेल हो, जुन नेपालका लागि निर्णायक प्रतिस्पर्धा बन्यो। एक समय नेपाल सीधा विश्वकप छनोट त परै जाओस्, एकदिवसीय मान्यता जोगाउन पनि संघर्षपूर्ण अवस्थामा थियो।

यद्यपि, एक महिनाभित्र नेपाली क्रिकेटका लागि अविश्वसनीय रह्यो। अझ भनौं नेपालका पक्षमा अद्भुत नतिजा आए र जहाँबाट नेपाली क्रिकेटले नयाँ रेखा कोरेको बुझ्दा फरक नहोला। गत माघ २३ गते नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भारतका मोन्टी देशाईले सफलताको नयाँ रेखा कोरेका हुन्। उनले गुट–उपगुटमा रहेको नेपाली राष्ट्रिय टोलीभित्र एकता मात्र ल्याएनन् एक महिनाको बीचमा उत्कृष्ट नतिजा पनि दिलाए। २४ खेलबाट १८ अंकसहित नेपाल छैटौं स्थानमा रहँदा उनले सो जिम्मेवारी समालेका थिए। जहाँबाट नेपालको सीधा विश्वकप छनोट यात्रा र एकदिवसीय मान्यता दुवै संकटमा देखिएका थिए।

यद्यपि, प्रशिक्षक देशाई र स्वयम् नेपाली खेलाडीले भने सम्भव गराए। तर, बिहीबार यसलाई पूर्णता दिने अर्को अवसर प्रशिक्षक र खेलाडीसमक्ष छ। पत्रकारसँगको पहिलो भेटघाटका क्रममा प्रशिक्षक मोन्टीले नेपालको एकदिवसीय मान्यता जोगिन सक्ने प्रतिक्रिया दिएका थिए। सोहीअनुरूपमा आइतबार नै युएईलाई नै हराउँदै नेपालले एकदिवसीय मान्यता पनि जोगायो।

यसबीच लिग–२ मा नेपालको विजययात्रा पनि यादगार नै रह्यो। १२ खेल बाँकी छँदा जिम्मेवारी समाल्न आइपुगेका देशाईले ११ मध्ये १० खेल जिताए। अब युएईविरुद्ध नै निर्णायक खेल जिते नेपालले अर्को अविश्वसनीय यात्रा तय गर्नेछ, जुन मोन्टीको प्रशिक्षण करियरमा समेत सदैव यादगार रहनेछ।

शनिबार युएईमाथि जित निकाल्दै आगामी चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको नेपालले सोही टोलीविरुद्ध बिहीबार सफलता निकालेमा घरेलु समर्थकलाई पनि अर्को खुसी प्रदान गर्नेछ। नेपालको जितमा स्पिनर सन्दीप लामिछानेसँगै ओपनरले कस्तो सुरुआत गर्छन् भन्ने पनि निर्भर हुन्छ। कुल ७१ विकेट लिएका सन्दीप लिग–२ को दोस्रो सर्वाधिक विकेटकर्ता हुन्। साथै बलिङमा उनले साथ पाए युएईका ब्याटर पूर्ण दबाबमा रहनेछन्। यस अघिका १० जितमा जस्तै बिहीबार नेपाली ब्याटरले धैर्यता राख्दै ५० ओभर नै ब्याटिङ गर्ने लक्ष्य राख्नु पर्छ।

सात राष्ट्र सम्मिलित लिग–२ को शीर्ष तीन टोलीले जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्ने पाउनेछन्। यसैबीच स्कटल्यान्ड र ओमान शीर्ष दुईमा रहँदै छनोटमा स्थान बनाइसकेका छन्। तेस्रो स्थानका लागि नेपाल र नामिबियाका दाबेदार हुन्। ३६ खेल पूरा गरेको नामिबियाको ३९ अंक र ३५ खेलबाट नेपालको ३८ अंक छ। बिहीबार युएईविरुद्ध जित निकाल्दा नेपालले नामिबियालाई एक अंकले पछि पार्दै जिम्बाब्वेको यात्रा तय गर्नेछ।

१० राष्ट्र सम्मिलित विश्वकप छनोट जिम्बाब्वेमा आगामी जुन १८ देखि सुरु हुनेछ। उक्त छनोटमा सुपर लिगका पुछारका पाँच टोली, लिग–२ को शीर्ष तीन र प्लेअफका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालको जित सम्भव भएमा नामिबियाले घरेलु भूमिमा हुने प्लेअप खेल्नेछ। लिग–२ का पुछारका चार टोलीले आगामी मार्च २४ देखि नामिबियामा हुने प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। कुल ६ राष्ट्रको प्रतिस्पर्धाबाट दुई टोलीले जिम्बाब्वेमा हुने छनोटमा प्रतिस्पर्धा गर्नेछन्। 
अर्को समाचार
बीस वर्षअगाडिको प्रभाव दोहोर्‍याउने लक्ष्य
०३ मंसिर २०७९
•
४ मिनेट पाठ
बीस वर्षअगाडिको प्रभाव दोहोर्‍याउने लक्ष्य
पहिलो पटक एसियाका ६ राष्ट्रसहित सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्म यात्रा तय गरेको दक्षिण कोरिया आफ्नै महादेशमा हुने कतार विश्वकप फुटबलमा प्रतिस्पर्धा गर्दै छ।  




कुनै पनि एसियन राष्ट्रले पछिल्ला २० वर्षयता दक्षिण कोरियाको ऐतिहासिक यात्रा दोहोर्‍याउन सकेको छैन, जुन २००२ को विश्वकपमा डच प्रशिक्षक गुस हिडिन्कले दक्षिण कोरियालाई दिलाएका थिए। दक्षिण कोरियाले घरेलु भूमिमा पोर्चुगल, इटाली र स्पेन जस्ता फुटबलका महारथीलाई स्तब्ध बनाउँदै अन्तिम चारको यात्रा तय गरेको हो। सेमिफाइनलमा पनि कोरिया जर्मनीसँग १–० को साँघुरो हारले स्तब्ध भएको थियो। यस पटक आयोजक कतार, जापान, दक्षिण कोरिया, साउदी अरबिया, इरान र अस्ट्रेलिया एसियाली प्रतिस्पर्धी हुन्। यो पटक यी एसियाली राष्ट्रहरू २० वर्षअगाडिको प्रभाव दोहोर्‍याउने लक्ष्यमा छन्।

उनीहरूले यसका लागि तयारी पनि गरेका छन्। कोरिया सन् २००२ पछि एक पटक मात्र नकआउट चरणमा पुगेको छ। कोरिया यस पटक पनि त्यो ऐतिहासिक यात्रा दोहोर्‍याउन चाहन्छ। तर, उसका स्टार स्ट्राइकर सन ह्युङ मिनको अनुहारमा चोटका कारण कोरियालाई ठूला धक्का लागेको छ। यसै महिनाको सुरुआतमा टोटेनह्यामसँग अभ्यास गर्दा उनको आँखामा चोट लागेको थियो। त्यसैले कतारमा पछिल्लो समय उनी अनुहारमा कालो मास्क लगाएर कोरियाली टोलीसँग अभ्यास गरिरहेका हुन्छन्। अझै पनि ३० वर्षे सनले समूह चरणका सबै खेल खेल्छन् या खेल्दैनन् भन्ने प्रस्ट छैन। समूहचरणमा कोरियाले पोर्चुगल, घाना र उरुग्वेसँग खेल्दै छ।

‘अझै आँखामा चोट हुन सक्ने दबाबका बाबजुद म यहाँ आएको छु,’ सनले भने, ‘अहिले नै सबै खेल खेल्न सक्छु भन्ने अवस्था छैन। हरेक दिन आँखामा कस्तो सुधार आउँछ, त्यसबाट मात्र मेरो यात्राबारे थाहा हुन्छ।’ यता अर्को एसियन राष्ट्र जापान तीन पटक विश्वकपको नकआउट चरणमा पुगेको इतिहास छ। यस पटक जापान समूह ‘ई’ मा जर्मनी, स्पेन र कोस्टारिकाजस्ता बलिया प्रतिद्वन्द्वीका बीच छ। चार वर्षअगाडि जापान अन्तिम १६ को खेलमा बेल्जियमजस्तो टोलीसँग ३–२ ले स्तब्ध भएको थियो, पछि उक्त प्रतिस्पर्धालाई त्यो विश्वकपकै उत्कृष्ट खेलको संज्ञा दिइयो।  

रसियामा जापान २–० को अग्रता जोगाउन नसक्दा बाहिरिएको हो। यद्यपि, यस पटक विश्वकपअगाडि जापानको तयारी त्यति राम्रो देखिएको छैन। बिहीबार राति मैत्रीपूर्ण खेलमा जापान क्यानडासँग २–१ ले स्तब्ध हुन पुग्यो। ‘यो खेलले हाम्रो अवस्था बाहिर ल्याइदियो। हामीले धेरै ठाउँमा काम गर्न आवश्यक रहेछ भन्ने यो खेलले देखाएको छ। हामी यसलाई सुधार गर्छौं,’ जापानका कप्तान माया योसिदाले भने। आयोजक कतारले यसअघि कहिल्यै पनि विश्वकप खेलेको छैन। तर, सन् २०१९ को एसियन कप विजेता कतारले केही सम्भाव्यता भने देखाएको छ। सन् २०२१ मा उत्तरी अमेरिका गोल्ड कपमा कतारलाई अतिथि राष्ट्रका रूपमा बोलाइएको थियो, जहाँ सन् २०२२ को विश्वकप आयोजकले सेमिफाइनलसम्म यात्रा तय गर्‍यो।  

कतारका स्ट्राइकर अल्मोइज अली प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि रहे। कतारको पछिल्ला सफलताका नायक हुन्, स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेज। उनी पछिल्लो १६ वर्षदेखि कतारी फुटबलमा जोडिँदै आएका छन्। उनले नै ‘जे पनि गर्न सकिन्छ’ भन्ने कतार टोलीलाई आत्मविश्वास दिलाउँदै आएका छन्। यद्यपि, कतारको समूहमा नेदरल्यान्ड्स, इक्वेडर र सेनेगलजस्तो टोली छन्। ‘सन् २०१९ मा कतारले पनि एसियन कप जित्न सक्छ भन्ने विश्वास कसैले गरेका थिएनन्। मैले विश्वकप नै कतारले जित्छ भन्न खोजेको चाहिँ होइन। तर, यी तीन प्रतिद्वन्द्वीलाई कतारले राम्रो चुनौती दिन चाहिँ सक्छ भन्ने मेरो आसय हो,’ केही समय अगाडि सान्चेजले स्पेनिस खेल दैनिक मार्कासँगको अन्तर्वार्ताको क्रममा भनेका थिए।  

इरान लगातार तेस्रो पटक विश्वकप खेल्न लागेको हो र उसले पनि राम्रै तयारी गरेको छ। इरानले गत सेप्टेम्बरमा पूर्वप्रशिक्षक कार्लोस क्विरोजलाई ड्य्रागन स्कोसिचको स्थानमा नियुक्त गरेको छ। इरानमा पछिल्लो समय सरकारविरुद्ध आन्दोलन हुँदै आएको छ। २२ वर्षीया मासा अमिनी सरकारद्वारा निर्धारण गरिएको पोसाक बुर्काबिना हिँडेपछि उनको हत्या भएको थियो। त्यसयता इरानी सरकारविरुद्ध आन्दोलन हुँदै आएको छ। यद्यपि, इरानका कप्तान एलिरेजा जहानबक्सले बिहीबार आफ्ना खेलाडीको ध्यान विश्वकपतर्फ मात्र केन्द्रित रहेको धारणा राखेका छन्। ‘हामी यहाँ फुटबल खेल्न आएका हौं। सबै खेलाडीको ध्यान यसतर्फ नै केन्द्रित छ,’ फेएनुर्डका खेलाडी एलिरेजाले भने।

यता, अर्को एसियन राष्ट्र अस्ट्रेलियाले प्लेअफमार्फत विश्वकपमा स्थान बनाएको हो। अस्ट्रेलियाले प्लेअफमा पेरुजस्तो बलियो राष्ट्रलाई स्तब्ध बनाउँदै कतार विश्वकपमा स्थान बनाउन सफल भयो। अस्ट्रेलियाका वर्तमान प्रशिक्षक ग्राहम आर्नोल्डले पछिल्ला प्रशिक्षकले जस्तो स्टार खेलाडीलाई टोलीमा राखेका भने छैनन्। तर, सेल्टिकका आरोन मोएको कप्तानीमा रहेको अस्ट्रेलियाले पनि बलियो टोली तयार पारेको छ। साउदी अरेबियाले छनोट चरणमा जापानलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो। तर, साउदी आफ्नो समूह ‘सी’ मा अर्जेन्टिना, पोल्यान्ड र मेक्सिको जस्ता बलियो राष्ट्रको चुनौती सामना गर्नुपर्नेछ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस